कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार बस्दै, यस्ता छन् एजेन्डा

मूलखबर संवाददाता
काठमाडौं, १ साउन

सत्तारूढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले मंगलबारदेखि बस्ने केन्द्रीय कार्य समिति बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि १० वटा एजेण्डा तय गरेको हो ।

यस्तो छ कांग्रेसको एजेण्डा :

१. समसामयिक विषय ।

२. सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव ।

३. कार्यसम्पादन समिति बैठकबाट यसअघि भएका निर्णयहरु अनुमोदन ।

४. पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत ।

५. नीति अधिवेशन सम्बन्धी प्रस्ताव ।

६. विभाग गठनसम्बन्धी प्रस्ताव ।

७. एउटा अभियान घोषणासम्बन्धी प्रस्ताव ।

८. अनुशासन समितिको प्रतिवेदनसम्बन्धी प्रस्ताव

९. प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने ।

१०. सरकारमा पार्टीको भूमिकाबारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने ।