मौलाकाली केवलकारको इभिनिङ अफर, ५० प्रतिशत छुट सहित आधा सस्तो टिकट

मूलखबर संवाददाता
काठमाडौं

मौलाकाली केवलकारले आफ्नो टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर ल्याएको छ । यही साउन देखि लागू हुने गरी यो अफर ल्याएको कम्पनीले जनाएको हो ।
यस अफर अन्तर्गत प्रत्येक बुधबार दिउसो २ बजेपछि केवलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए । हाल केवलकारको दुइतर्फी साधारण टिकट मूल्य रु. ५५० कायम छ । अफर अन्तर्गत अब यात्रुहरुले रु. २७५ मै दुइतर्फी यात्रा गर्न पाउने छन ।
यो अफरले आम सर्वसाधारणलाई सस्तो मूल्यमा केवलकारमायात्रा गर्ने अवसर मिल्नका साथै दर्शनार्थीहरुलाई दिउँसो पनि मन्दिर जान सजिलो हुने छ । यसबाट मौलाकालिका मन्दिर जाने दर्शनार्थीको संख्यामा पनि उल्लेख्य वृद्दि हुने अपेक्षा गरिएको छ । गर्मीको समयमा दिउसो दर्शनार्थीहरु मन्दिर कम जाने गरेकोमा यो अफरले केही हदसम्म दिउसो मन्दिर जाने क्रम बढाउने हामीले विश्वास लिएको केवलकारका स्टेशन मेनेजर पौडेल बताउँछन् ।
मौलाकालिका मन्दिरमा यसअघिका वर्षहरुको तुलनामा यो सिजनमा भक्तजनको संख्यामा उल्लेख्य वृद्दि भएको छ ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार मौलाकाली केवलकार संचालनमा आएपछि मन्दिरमा पुजाआजा गर्न आउने भक्तजनको संख्या करीब २५ प्रतिशतले बढेको छन । गर्मी, वर्षात् , खेतीपाती लगायत विविध कारणले अघिल्ला वर्षहरुमा यो बेला मन्दिरमा निकै कम मात्रामा भक्तजन आउने गरेकोमा यसपालि यो बेमौसममा पनि उल्लेख्य भक्तजनको आगमन बताए ।
धार्मिक तथा ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वैशाख १ गतेदेखि संचालनमा आएको मौलाकाली केवलकारले बिदाका दिन बाहेक बिहान ६ बजेदेखि भक्तजनहरुलाई सेवा दिंदै आएको थियो । शनिबार र अन्य बिदाका दिनमा बिहान ५ः३० देखि केवलकार संचालन गर्दै आएको छ ।