जनयुद्धबारे अडकलबाजी गरेर जथाभावी बाेल्ने छुट कसैलाई छैन : सांसद नेपाल
बागमती प्रदेश सभा सदस्य अमृता नेपालले जनयुद्धबारे अनेक अडकलबाजी गर्नेर भ्रमात्मक कुरा गर्ने छुट कसैलाई नभएको बताएकी छिन् ।
माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहालकी जिवनसंगिनी सीता दाहालकाे असामयिक निधनपश्चात प्रतिनिधिसभाकी सांसद ताेसिमा कार्कीलगायत केही व्यक्तिहरूले जनयुद्ध र प्रचण्डबारे भ्रमात्मक ढंगले दिएकाे अभिव्यक्तिप्रति कडा टिप्पणी गर्दै माओवादी सांसदसमेत रहेकी नेपालले फेसबुक स्टाटसमा लेखेकी छिन् – `जनयुद्धबारे अनेक अडकलबाजी गरेर फतर फतर गर्ने छुट माननियलाइ छैन। तिमीले पढेको जनयुद्ध र हामीले भोगेको जनयुद्धमा आकाश जमिनको फरक छ।´
उनलेे ताेसिमा जस्तो अल्पज्ञानी सांसदकाे कारण लाज पनि लजाएकाे टिप्पणी गर्दै जनयुद्धको बहस गर्ने भए जनयुद्ध लडेकाे मानिससँग गर्न अन्यथा अनावश्यक फतरफतर नगर्न चेतावनी दिएकी छिन् ।
हेर्नुहाेस् उनकाे स्टाटस-
एउटा अपरिपक्व माननीयका कारण लाज पनि लजाउन थाल्यो । जनयुद्धमा बन्दुक बोकेर हिड्नु केटाकेटीको खेल थिएन र होइन । ब्यबस्था परिवर्तनको लागि टाउकोमा रातो कफन बाधेर मृत्यु र मुक्तिको कसम खाएर बन्दुक बोकेको हो र थियो जनयुद्धबारे अनेक अडकलबाजी गरेर फतर फतर गर्ने छुट माननियलाइ छैन। तिमिले पढेको जनयुद्ध र हामीले भोगेको जनयुद्धमा आकाश जमिनको फरक छ। अल्पज्ञानले सहि ठाँउमा पुगिँदैन। जनयुद्धको एक सिपाही हुनुको नाताले जनयुद्धको बहस जनयुद्ध लडने मानिस सँग गर । त्यसको लागि तयार छु।