संसद बैठक : जसले विधेयक निष्क्रिय पारे उसैले भने -`विधेयक खै ?´
शुक्रबारकाे प्रतिनिधिसभाकाे बैठकमा मिटरव्याजी विरूद्व कार्वाही गर्ने विधेयक नल्याएको भनेर केही सांसदहरूले सरकारकाे विराेध गरे । विराेध गर्नेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नै थिए ।
अचम्म त के भयो भने हिजाे जसका कारण संससद अवराेध गरि सरकारले अध्यादेशमार्फत ल्याएकाे मिटरव्याजविराेधी विधेयक पारित नगरी निष्क्रिय हुन पुग्याे उसैले आज संसदमा विधेयक नल्याएको भनेर सरकारकाे विराेध गरे ।
बुधबारकाे संसदमा एमाले सांसद रघुजी पन्त, पदम गिरी, रास्वपा सांसद रवि लामिछाने लगायतले विधेयक नल्याएको भनेर विराेध गरेका थिए ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र सांसद ज्ञानु बस्नेतले प्रधानमन्त्रीपत्नी सीता दाहालकाे निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको निधनले राष्ट्रले एक असल अभिभावक गुमाएकाे बताएका थिए ।