संसद बैठक सोमबार ३ बजेसम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक सुचारु गर्ने प्रमूख तीन दलबीच सहमति भएतापनि बैठक सोमबार ३ बजेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा भएको प्रमूख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको छलफलपछि संसदको अवरोध हटाएर बैठक सुचारु गर्ने सहमति बनेको थियो ।
तर सभामुखले सूचना टाँसेर थप गृहकार्यको लागि भन्दै संसद बैठक सरेको जानकारी गराएका हुन् ।