संसदको अवरोध हट्यो, प्रधानमन्त्रीले संसदमा धारणा राख्ने सहमति
प्रतिनिधिसभाको बैठक सुचारु गर्ने सहमति प्रमूख तीन दलबीच भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा भएको प््रमूख प्रतिपक्षी दल नेकपा एमाले अयक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको छलफलपछि संसदको अवरोध हटाएर बैठक सुचारु गर्ने सहमति बनेको हो ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले पछिल्लो विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न तयार भएको छ । तर आत्मालोचनासहित संसदलाई आश्वस्त नपारे सदन अवरुद्ध हुनसक्ने उसले बताएको छ ।
एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा माओवादी केन्द्का अध्यक्ष प्रचण्डले अफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले भारतलाई समेत भनेको भनेर दिएको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने बताउँदै आएको थियो । यसले संसदको अपमान गरेको भन्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएतापनि सरकाराले गरेका भ्रष्टाचारीमाथिको कार्वाही पछि एमालेले निहुँ बनाएको भन्दै चौतर्फी आलोचना भएको थियो । ।
सहमतिको प्रयासमा प्रधानमन्त्री प्रचण्डले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । सहमति अनुसार ३ बजे संसद बैठकमा प्रधानमन्त्रीले आफ्नो धारणा राख्नेछन् ।
अब केहीबेरमा बस्ने बैठकमा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग्ने छ । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिनेछन् ।
एमालेको अवरोधका कारण बहुचर्चित र अत्यावश्यक रहेको मिटर व्याजलार्य न्याय दिने विधेयक संसदबाट पारित हुन नपाई निस्क्रिय बनेको अवस्था छ ।