प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्तिुबारे संसद्मा स्पष्टीकरण दिने,तत्काल राजीनामा दिनुनपर्ने सत्ता गठबन्धनको निष्कर्ष
प्रधानमन्त्री पुष्पकमल प्रचण्डले केही दिन पहिले आफूले दिएको विवादास्पद अभिव्यक्तिबारे प्रतिनिधिसभामा स्पष्टीकरण दिने हुनुभएको छ । सरकारमा सहभागी राजनीतिक दलहरूको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसद्मा आफ्ना कुरा राख्नुपर्ने निष्कर्ष निकालेको हो ।
माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री दाहालले संसद्मा आफ्नो अभिव्यक्तिबारे प्रस्ट पार्ने समझदारी बनेको बताउनु भएको हो । उहााले भनुभयो प्रधानमन्त्रीले सदनमा आएर आफ्ना विषयवस्तु राख्ने समझदारी बनेको छ । राजीनामा त कल्पना पनि गर्न सकिँदैन । के भनेर राजीनामा दिने रु भन्ने भएकाले प्रधानमन्त्रीले आफ्ना विषयवस्तु सदनमा नै राख्ने भन्ने कुरा भयो ।
नेपालमा पहिलोपल्ट ट्रक भित्र्याउने व्यवसायी प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री दाहालको आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागेको छ भने रास्वपालगायतका दलहरूले जवाफमा मागेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सत्तारुढ गठबन्धनको बैठकमा उक्त प्रसंग आफूले नभई सिंहलाई उल्लेख गरेको र अहिलेको प्रसंग नभएको प्रष्टीकरण दिनुभएको थियो । बुधबारको प्रतिनिधिसभा बैठक एमाले, रास्वपा र राप्रपाको अवरोधका कारण स्थगित भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रधानमन्त्री प्रचण्डलेले बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा,कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डे, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्तिका अध्यक्ष तथा मन्त्री रञ्जना श्रेष्ठ, माओवादी महासचिव देवप्रसाद गुरुङ, जसपा नेता राजेन्द्र श्रेष्ठलगायतको उपस्थिति थियो ।