संसदिय मामिला समाजको अध्यक्षमा सत्याल, महासचिवमा महरा निर्वाचित

मूलखबर संवाददाता
काठमाडौं, १७ असार ।

संसदको विटमा रिपोर्टीङ गर्ने पत्रकारको साझा संस्था संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनाट मनोज सत्याललाई अध्यक्ष र जयसिंह महरा महासचिवमा निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार भएको निर्वाचनमा सत्याल ६३ मत पाएर निर्वाचित भए । उनका प्रतिस्पर्धी विष्णु क्षेत्रीले ४४ र तुलसी सापकोटाले २७ मत पाए । महासचिवमा भने जयसिंह महरा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै उपाध्यक्षमा किरण दाहाल र सिर्जना घिमिरे, सचिवमा गुञ्जनराज गिरी र सविता शर्मा र कोषाध्यक्षमा अमुल थापा निर्वाचत भएका छन् ।

कार्यसमितिको सदस्यमा राजु थापा, पुजन आचार्य, कमलराज भट्ट, रघुनाथ बजगाई, बिनोद कटुवाल, शिला तिमिल्सिना, मीरा बस्नेत र अन्जना लामिछाने चयन भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।