यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
विपन्नका लागि काठमाडौंमा २८ सय २० बेड निशुल्क, कहाँ कति बेड ? विपन्नका लागि काठमाडौंमा २८ सय २० बेड निशुल्क, कहाँ कति बेड? सरकारले विपन्नका लागि निःशुल्क गराएका अस्पतालको शैय्याको संख्या २ हजार २८ पुगेको छ । शुक्रवारदेखि कान्तिबाल अस्पतालले ६० शैया, परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले ४५० शैया, ट्रमा सेन्टरले १५० शैय्या र शहिद गंगालाल हृदयरोग केन्द्रले ९० शैया निःशुल्क गर्ने निर्णय गरेका छन् । यसरी अहिले सम्म विपन्नका लागि निःशुल्क घोषणा गरिएका शैयाको संख्या २ हजार २८ पुगेको छ ।. वीर अस्पतालले आफ्ना ७०० शैया र कोशी अस्पतालले ३३० शैय्या विपन्नका लागि निःशुल्क गन यस अगाडिनै घोषणा गरिसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले बिस्तारै देशभरिका केन्द्रीय अस्पतालहरुमा पनि विपन्नका लागि निःशुल्क शैया थप्दै जाने बताए ।. उनले ती शैय्यामा उपचार पनि निःशुल्क हुने जानकारी दिनुभयो । शैया निःशुल्क गरेपछि अस्पतालहरु माथि पर्ने आर्थिक भार कम गर्ने केही बजेट सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरि काम भईरहेको मन्त्री बस्नेतले बताए ।. स्वास्थ्य उपचार पाउनु जनताको संवैधानिक अधिकार भएकाले बजेट अभाव भयो भन्दै सरकार पन्छिन नमिल्ने भएकाले यो निर्णय सबै अस्पतालहरुले कार्यन्वयन गरेरै छाडेने दावी मन्त्री बस्नेतले गरे। निजी अस्पतालहरुलाई पनि जिम्मेवार बनाउन नियम अनुसार उनीहरुले पनि कुल शैयाको १० प्रतिसत शैया विपन्नका लागि निःशुल्क छुट्याउनु पर्ने नियम पनि कडाईका साथ आफूले लागू गराइरहेको मन्त्री बस्नेतले बताए।.
विपन्नका लागि काठमाडौंमा २८ सय २० बेड निशुल्क, कहाँ कति बेड ?
मूलखबर संवाददाता
काठमाडौं
सरकारले विपन्नका लागि निःशुल्क गराएका अस्पतालको शैय्याको संख्या २ हजार २८ पुगेको छ । शुक्रवारदेखि कान्तिबाल अस्पतालले ६० शैया, परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले ४५० शैया, ट्रमा सेन्टरले १५० शैय्या र शहिद गंगालाल हृदयरोग केन्द्रले ९० शैया निःशुल्क गर्ने निर्णय गरेका छन् । यसरी अहिले सम्म विपन्नका लागि निःशुल्क घोषणा गरिएका शैयाको संख्या २ हजार २८ पुगेको छ ।
वीर अस्पतालले आफ्ना ७०० शैया र कोशी अस्पतालले ३३० शैय्या विपन्नका लागि निःशुल्क गन यस अगाडिनै घोषणा गरिसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले बिस्तारै देशभरिका केन्द्रीय अस्पतालहरुमा पनि विपन्नका लागि निःशुल्क शैया थप्दै जाने बताए ।
उनले ती शैय्यामा उपचार पनि निःशुल्क हुने जानकारी दिनुभयो । शैया निःशुल्क गरेपछि अस्पतालहरु माथि पर्ने आर्थिक भार कम गर्ने केही बजेट सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरि काम भईरहेको मन्त्री बस्नेतले बताए ।
स्वास्थ्य उपचार पाउनु जनताको संवैधानिक अधिकार भएकाले बजेट अभाव भयो भन्दै सरकार पन्छिन नमिल्ने भएकाले यो निर्णय सबै अस्पतालहरुले कार्यन्वयन गरेरै छाडेने दावी मन्त्री बस्नेतले गरे। निजी अस्पतालहरुलाई पनि जिम्मेवार बनाउन नियम अनुसार उनीहरुले पनि कुल शैयाको १० प्रतिसत शैया विपन्नका लागि निःशुल्क छुट्याउनु पर्ने नियम पनि कडाईका साथ आफूले लागू गराइरहेको मन्त्री बस्नेतले बताए।