एक्सन रुमबाटै प्रधानमन्त्री द्वारा राष्ट्रिय गौरबको आयोजनाको अनुगमन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेरी–बबई डाइभर्सन आयोजना र सुनकोसी– मरिन डाइभर्सन आयोजनाको जानकारी लिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एक्सन रुमबाट जुम मिटिङमार्फत प्रधानमन्त्रीले आयोजनाका विषयमा अवलोकन गर्नूुभएको हो । उहाँले ती दुई आयोजनाको प्रगति विवरणको समेत जानकारी लिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ले बताउनुभयो। अवलोकनका क्रममा प्रधानमन्त्री प्रचण्डसहित उर्जा मन्त्री शक्तिबहादुर बस्नेत र मुख्यसचिव बैकुण्ठ अर्याललगायत सहभागी हुनुभएको थियो।