माओवादी केन्द्रद्वारा बजेट पास गर्न सांसदलाई ह्वीप

मूलखबर संवाददाता
काठमाडौं, १२ असार ।

सत्तारुढ नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१को बजेट पारित गर्नको लागि आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
बजेटमाथिको छलफल करिब अन्तीम चरणमा पुग्दै गर्दा मंगलबार माओवादी मुख्य सचेत हितराज पाण्डेले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट)को पक्षमा मतदान गर्न प्रधानमन्त्रीको निर्देशनअनुसार ह्वीप जारी गरिएको हो । बजेट भोलि पारित गर्ने कार्यसूची रहेको छ।

पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा भोलि २०८० असार १३ गते बुधबार आ. व. २०८०/०८१ को विनियोजन विधेयक (वार्षिक बजेटको विनियोजन कार्यक्रम) निर्णयार्थ प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ। त्यसैले भोलि असार १३ गतेको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक ९वार्षिक बजेट०को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन ९ह्वीप०जारी गरिएको व्यहोरा अनुरोध छ ।’