बालुवाटार जग्गा प्रकरणमा अनुसन्धान : भाटभटेनी साहु गुरुङसहित मालपोतका ४ कर्मचारी पक्राउ
सरकारले बालुवाटार जग्गा प्रकरणको अनुसन्धानलाई पुन अगाडि बढाएको छ । ललिता निवास प्रकरणमा संलग्न भएको अभियोगमा भाटभटेनीका सञ्चालक मिन बहादुर गुरुङ पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट मंगलबार विहान पक्राउ गरेको हो ।
त्यसैगरी आजै अपराध अनुसन्धान ब्युरोले मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको छ।
सो प्रकरणमा एमालेका नेता तथा पुर्व मन्त्री विष्णु पौडेलसमेतको नाम मुछिने गरेको छ । अनुसन्धानको दायरा फराकीलो बनाउँदै गएको प्रहरीले अब फेरी अनुसन्धानको दायरा खुम्चाउँदै पक्राउको अभियान शुरु गरेको हो ।