प्रधानमन्त्री प्रचण्डद्वारा बाढीबाट प्रभावितकाे खाेजी, उद्वार, राहत र क्षतिपूर्तिको लागि निर्देशन
शनिवार राती परेको वर्षासँगै आएको बाढी पहिरोमा परी धनजनको क्षतिप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गर्नुभएको छ । शनिवार पूर्वी नेपाल र देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको धनजनको क्षति पुगेको छ । पुर्ण विवरण भने अझै आउन बाँकी छ ।
प्रधानमन्त्री प्रचण्डले बेपत्ता भएकाहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीहरूलाई निर्देशन समेत दिनुभएको छ । बाढी–पहिरोबाट सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा क्षति पुगेको विवरण आएको छ ।
पाँचथर जिल्लाकै माझीहरुको घना बस्ती (माझिटार) मा गएराति देखि आएको बाढी तथा पहिरोले
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला सम्वन्य परिसद पाँचथरका सदस्य आशिष माझी र उहाको श्रीमती सहित जिल्लाभर ६ जना सम्पर्क विहिन रहेको र धेरै घरहरु बगाएको खबर छ ।
सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री प्रचण्डले प्रभावित क्षेत्रमा सबैले सहयोग गर्न अपिल गर्नुभएको छ ।