डिजेलमा १० र पेट्रोलमा ३ रुपैयाँ र हवाइ इन्धनमा १० रुपैयाँ मुल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेको छ । जस अनुसार डिजेलमा प्रतिलिटर १० ले र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाएको छ ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीलेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो ।
मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ६० रुपैयाँमा बिक्री हुनेछ ।