संघ र प्रदेश सभाका उमेदवारले कति खर्च गर्न पाउँछन् ?

मूलखबर संवाददाता
काठमाडौं

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको निर्वाचनको हकमा ५ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद २५ लाख रुपैयाँ तोकिएको छ । १७ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद २७ लाख रुपैयाँ कायम गरिएको छ भने ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवार वा दलले चुनावी खर्चस्वरुप २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

५२ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद ३१ लाख रुपैयाँ कायम गरिएको छ भने २६ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद ३३ लाख रुपैयाँ कायम गरिएको छ । सबैभन्दा बढी खर्चको सीमा ३३ लाख रुपैयाँ कायम गरिएको छ भने सबैभन्दा कम २५ लाख । यसअघि सबै क्षेत्रका उम्मेदवार वा दलहरूले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था थियो ।

समानुपातिकतर्फका उम्मेदवारले गर्ने खर्चको सीमा छुट्टै तोकिएको छ । समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद प्रत्येक राजनीतिक दलले पेस गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार २ लाख रुपैयाँको सीमा तोकिएको छ ।

प्रदेशसभाका उम्मेदवारहरूको निर्वाचन क्षेत्रअनुसार खर्चको सीमा निर्धारण गरिएको छ । निर्वाचन आयोगले प्रत्येक निर्वाचन क्षेत्रका उम्मेदवारले खर्च गर्न पाउने सीमा आइतबार सार्वजनिक गरेको छ ।       निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी निर्वाचन खर्चको अधिकतम सीमा तोकेको हो ।

प्रतिनिधिसभातर्फका उम्मेदवारले २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने अधिकतम हद तोकेको आयोगले प्रदेशसभाका निर्वाचन क्षेत्रका लागि १५ लाखदेखि २३ लाख रुपैयाँ खर्च सीमा निर्धारण गरेको हो । यो निर्वाचन खर्च प्रत्यक्षतर्फको लागि मात्रै हुनेछ ।

समानुपातिकतर्फका उम्मेदवारले गर्ने खर्चको सीमा छुट्टै तोकिएको छ । प्रदेशसभाका ७० वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद १५ लाख रुपैयाँ कायम गरिएको प्रवक्ता शर्माले जानकारी दिएका छन् । त्यस्तै, १४३ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद १७ लाख रुपैयाँ कायम गरिएको छ भने ५६ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद १९ लाख रुपैयाँ कायम गरिएको छ