
पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प,विस्तृत विवरण आउँन बाँकी
पपुवा न्युगिनीमा आइतबार बिहान ७ः४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र सिईएनसिले जनाएको छ ।
यस केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ । यस समाचारको हालसम्म विस्तृत विवरण र भूकम्पबाट भएको धनजन क्षतिको हालसम्म कुनै समाचार नआएको जनाएको छ ।
