चुनाव विशेष : बागमती प्रदेशको बहिरंग बयान
बैशाख ३० गते सातवटै प्रदेशमा रहेका स्थानिय तहको एकै पटक निर्वाचन हुँदै छ । निर्वाचन आयोगको तयारी र विभिन्न दलहरुको दौडधुप हेर्दा आकास्मिक केही दुर्घटना भएन भने बैशाख ३० गते स्थानीय तहको निर्वाचन पक्कै हुनेछ । बैशाख ३० गते हुने निर्वाचनमा हामीले प्रदेश नम्बर १ र मधेस प्रदेशको चुनावी अवस्था र परिणाम आंकलन समिक्षा गरेका थियांै । यो पटक हामी बागमती प्रदेशको चुनावी रौनक, दलहरुको अपेक्षा र हाम्रो अनुमान र विश्लेषण गर्ने छौं । वागमती प्रदेश नेपालको राजधानी प्रदेश पनि हो । यो प्रदेशमा ४५ नगरपालिका र ७४ गाउँपालिका छन । ४५ नगरपालिका मध्ये तीन वटा महानगरपालिका (काठमाडौ, ललितपुर र भरतपुर) यसै प्रदेशमा छ । एउटा उप–महानगरपालिका हेटौंडा उप–महानगरपालिका पनि यसै प्रदेशमा पर्दछ ।
गौरीशंकर हिमालदेखि पहाडी क्षेत्र हुँदै भारतको सिमानासम्म फैलिएको यो प्रदेशमा साविकका १३ जिल्लाहरु पर्छन । २०७४ को निर्वाचनमा एउटा महानगरपालिका, एउटा उप–महानगरपालिका, २९ वटा नगरपालिकासहीत ३४ गाउँ पालिका जित्दै नेकपा एमाले प्रदेशमा पहिलो पार्टी भएको थियो ।
एमालेले यो प्रदेशमा महानगर, उप–महानगर, नगर र गाउँपालिकासहीत कुल ६५ स्थान जितेको छ । यस्तै प्रदेशमा नेपाली कांग्रेसले एउटा महानगरपालिका, ८ वटा नगरपालिका र २५ वटा गाउँ पालिकामा जित हासिल गरी दोस्रो स्थान लिएको छ । एउटा महानगर, ८ वटा नगरपालिका र २५ वटा गाउँ पालिका गरि कुल ३४ वटा स्थानीय तह नेपाली कांग्रेसको पोल्टामा गएको देखिन्छ ।
त्यस्तै माओवादी केन्द्रले एउटा महानगर, तीन नगरपालिका र १३ गाउँ पालिकामा निर्वाचित भई तेस्रो स्थान हासिल गरेको थियो । माओवादीले जितेको कुल स्थानीय तह २० हो । यो प्रदेशमा भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी, धादिङको एउटा गाउँ पालिका रापप्रा र रसुवाको एउटा गाउँ पालिका नयाँ शक्ति पार्टी (हाल जसपा)ले जितेका छन । २०७४ को वागमती प्रदेश स्थानीय तहको विश्लेषण गर्दा नेकपा एमाले बलियो देखिन्छ ।
प्रदेशमा पर्ने १३ जिल्ला मध्ये धेरै जिल्लाहरुमा एमाले पहिलो भएको थियो । काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौं, भक्तपुर, धादिङ, चितवन र मकवानपुर जिल्लाहरुमा २०७४ को स्थानीय निर्वाचन परिणामले एमाले बलियो देखिन्छ । नुवाकोट, सिन्धुली, ललितपुर जस्ता जिल्लाहरुमा एमाले अलि कमजोर देखिन्छ । नगरपालिकाको परिणाम हेर्दा धेरै नगरपालिकाको परिणाम एमालेको पक्षमा गएको थियो । काठमाडौं महानगरपालिका, हेटौंडा उप–महानगरपालिकाको चुनावी परिणाम पनि एमाले कै पक्षमा गएको थियो । कांग्रेसको पक्षमा ललितपुर र नुवाकोट देखिन्छ ।
केही जिल्लामा एमाले बराबरको परिणाम आएको देखिन्छ । माओवादीको पक्षमा आएको परिणाम हेर्दा भरतपुर महानगरबाहेक जहाँ जनयुद्धको समय धेरै रापताप परेको थियो । त्यस्ता ठाउँहरुमा माओवादीको पक्षमा परिणाम आएको देखिन्छ । भरतपुरको माडी नगरपालिका, मकवानपुरको थाहा, सिन्धुपाल्चोकको चौतारा, रामेछापको दोरम्बा, सुनापाती, सिन्धुलीको सुनकोसी, मरिण आदि ।
आउँदो निर्वाचनको विवेचना :
२०७४ को स्थानीय निर्वाचनमा बागमती प्रदेशमा नेकपा एमाले पहिलो हुनुमा विविध कारणहरु छन । २०७४ सालमा नेकपा एमाले ब्यवस्थित एमाले थियो र उसको सगठन तल्लो इकाईसम्म गठन भएको थियो । त्यो निर्वाचनमा नेकपा एमाले विवादरहीत र सग्लो एमाले थियो । भुकम्प पछि भारतले गरेको नाकाबन्दी र नेपाली नागरिकले कठिन परिस्थितिका बाबजुद भारतसग झुक्न हुन्न भन्ने प्रण गरेका थिए । त्यो बेला ओली सत्तामा थिए र जबर्जस्त राष्ट्रवादीको पगरी पाएका थिए । यद्यपि ओली भारत विरोधी थिएनन् काकतालीले राष्ट्रवादी हुन पुगेका थिए ।
तत्कालीन समयमा माओवादीको संगठन ब्यवस्थित नहुनु र टुटफुटको सामना गर्नु परेको समय जस्ता कारणले गर्दा नेकपा एमाले २०७४ को स्थानीय निर्वाचनमा पहिलो भएको देखिन्छ । तर २०७४ बाट २०७८ सम्म आउँदा वागमतीमा धेरै पानी बगिसकेको छ । अहिलेसम्म आउँदा २०७४ को जस्तो सग्लो एमाले छैन । नेकपा एमाले पार्टी निर्माण गर्ने माधवकुमार नेपाल लगायत धेरै नेताहरुले अर्को पार्टी गठन गरिसकेका छन । र, पहिला एमालेमा रहेका धेरै मानिसहरु अहिले माधवकुमार नेपालले गठन गरेको नेकपा (एकिकृत समाजवादी) तिर लागि सकेका छन । ओली एमालेको तल्लो तहसम्मको संगठन भत्किएको छ । जति निर्वाचन नजिकदै छ त्यति एमाले छाड्नेको लर्काे लागेको छ । माधवकुमार नेपालको समाजवादीले एमालेलाई हराउने मत आफुहरुसंग प्रयाप्त रहेको बताउँदै आएको छ ।
माओवादी र एमाले एकीकरण पश्चात करिब दुई तिहाइ बहुमतको नेतृत्व गरेका ओलीलाइ आफू सत्तामा रहन कम्युनिस्ट पार्टीको बिभाजनमा मुख्य भुमिका खेलेको र नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पारेको आरोपको सामना पनि यो स्थानीय तहको निर्वाचनमा एमालेले गर्नुपर्ने छ । २०७४ को स्थानिय निर्वाचनमा एमालेबाट निर्वाचित धेरै जनप्रतिनिधि समाजवादी तिर लागेको क्षतिपूर्ति पनि एमालेले पुरा गर्नु छ । यति मात्रै नभएर ओलीले आफू सत्तामा नटिक्ने भएपछि असंवैधानिक तवरले दुई दुई पटक संसद विघटन गरि संविधान मिच्ने कार्य गरेको र कुटनैतिक मर्यादा बिर्सेर ‘र’ का एजेण्टलाई भेटी मुलुक विरुद्ध गतिविधिमा संलग्न भएको पनि नागरिकहरुले विर्सेका छैनन् ।
विचारहीन एमाले :
खासगरी माधवकुमार नेपालको टिमले एमाले छाडेपछि एमाले विचारहीन पार्टी भएको छ । मुखमा जवज र वृद्ध भत्ताभन्दा बाहेक जनतामा लाने एजेण्डा एमालेसंग अरु केही छैन । गणतन्त्र, सघीयता, धर्मनिरपेक्षता, समावेसिता जस्ता उपलब्धिका विरोधी ओलीले गर्ने भाषणहरुमा पनि उनी वैचारिक लडाइँ भन्दा पनि गालिगलौज र उखान टुक्कामा सिमित हुनुले एमाले र उसको नेतृत्व विचारहीन छ भन्ने कुरामा नागरिकहरु प्रष्ट भैसकेको छन । २०७४ सालको निर्वाचनमा भन्दा अहिले माओवादी केन्द्र धेरै सुदृढ भैसकेको छ र वागमती प्रदेशको स्थानीय तह जहाँ एमालेले जितेको छ त्यस्को निकटतम प्रतिष्पर्धा माओवादी वा कांग्रेसको छ । त्यो पनि थोरै मतको अन्तरले । गठबन्धन नभएको अबस्थामा पनि यो प्रदेशको स्थानीय तहको निर्वाचनमा माओवादी र कांग्रेस निर्वाचन परिणाममा धेरै माथि उक्लने देखिन्छ । अझ पाँच दलीय गठबन्धन भयो र गठबन्धन अनुशासित हिसावले लागू भएको खण्डमा यो प्रदेशमा एमालेलाई धेरै सकटमा पार्ने देखिन्छ ।
०७४ वागमती प्रदेश स्थानीय तहको परिणाम (प्रमुख राजनैतिक दल)
क्रसं जिल्ला नपा गापा नेका एमाले माओवादी नयाँ शक्ति राप्रपा
नपा गापा नपा गापा नपा गापा नपा गापा नपा गापा
१ दोलखा २ ७ ० १ २ ६ ० ० ० ० ० ०
२ रामेछाप २ ६ १ ० १ ४ ० २ ० ० ० ०
३ सिन्धुली २ ७ ० ३ २ १ ० ३ ० ० ० ०
४ रसुवा ० ५ ० २ ० २ ० ० ० १ ० ०
५ धादिङ २ ११ १ २ १ ७ ० १ ० ० ० १
६ नुवाकोट २ १० ० ७ २ १ ० २ ० ० ० ०
७ काठमाण्डु ११ ० ४ ० ७ ० ० ० ० ० ० ०
८ भक्तपुर ४ ० ० ० ३ ० ० ० ० ० १ मज ०
९ ललितपुर ३ ३ २
(म) १ १ १ ० १ ० ० ० ०
१० काभ्रे ६ ७ १ ३ ५ २ ० २ ० ० ० ०
११ सिन्धुपा ३ ९ ० ३ २ ५ १ १ ० ० ० ०
१२ मकवानपुर २ ८ ० २ १ ५ १ १ ० ० ० ०
१३ चितवन ६ १ ० १ ४ ० २ ० ० ० ० ०
जम्मा ४५ ७४ ९ २५ ३१ ३१ ४ १३ ० १ १ १