
युक्रेनको ज्यापोरिजियाका मेयर बर्खास्त
रुसी सेनाले युक्रेनको ज्यापोरिजियाका मेयरलाई बर्खास्त गरेको छ । किभ इन्डिपेन्डेन्ट समाचार वेभसाइटका अनुसार रुसी सेनाले ज्यापोरिजिया क्षेत्रका इनोर्होडार शहरका मेयर डिमिट्रो ओर्लोभलाई बर्खास्त गरेर नयाँ मेयरलाई नियुक्त गरेको छ ।
ज्यापोरिजिया क्षेत्रमा रहेको इनोर्होडार शहरमा आणविक भट्टी रहेको छ जहाँ रुसी सेनाले मार्च महिनामा क्षेप्यास्त आक्रमण गर्दा आगलागी भएको थियो ।
यस नगरलाई रुसी फौजले आंशिक रुपमा आफ्नो नियन्त्रणमा लिएको अल जजिराले उल्लेख गरेको छ । रुसी फौजले बहालवाला मेयरको स्थानका उपमेयरलाई सो शहरको मेयरको रुपमा नियुक्ति दिएको जनाइएको छ ।
