किन बढ्दैछ आत्महत्या ? कसरी रोक्ने ?
कोरोनाले गर्दा मानिसमा डर, त्रास पनि कम्ति छैन । अनावश्यक खालका भ्रामक प्रचार प्रसार पनि उत्तिकै छन् । सामाजिक दुरी कायम गर्ने नाममा अत्यन्तै अमानविय खालको ब्यवहार पनि मौलाएको छ । संसारै भरि यस्तो त्रासदीपूर्ण बातावरणले गर्दा मानिसमा अत्यन्तै कहालीलाग्दो अवस्था छ ।
खिमा रिजाल/काठमाडौं
चिनको बुहानबाट शुरु भएको कोरोना भाइरसबाट विश्व नै आक्रान्त बनिरहेको छ । नेपाल पनि यस माहामारीबाट अछुतो रहने प्रश्नै आउँदैन । मुलुकभर लकडाउन गरिएको छ । लकडाउनले सबैको दिन चर्यामा परिवर्तत ल्याइदिएको छ । अत्यावस्यक उपभोग्य सामाग्री बाहेक प्राय स्कुल कलेजदेखि सबै ठप्प पारिएको छ । मानिसको दैनिकि बदलिएको छ । देशैभर ठप्प भैरहदा घरको कोठा, कम्पाउण्डमा सिमित भैरहनु पर्ने अवस्थाले बास्तवमा नै मानिसमा उकुसमुकुस भएको छ । परिवारसँग कति बस्नु, नेट कति चलाउनु, युटुव कति हेर्नु, टिभी कति हेर्नु, जानु कहि छैन यस्ता कुराले मानिसमा अत्यन्तै छटपटाहट पैदा गरेको छ । परिवारका सदस्य कोहि विदेशमा कोरोनाको कहरले जागिरबाट निकालिएको पिडा, कोहि कोरोनोले मरेको पिडा, कोहि बल्लतल्ल आफ्नो देशमा आएपनि परिवारका सदस्यसँगको भेटघाट विना नै क्वारेन्टाइनमा बस्नु पर्ने बाध्यता यी र यावत कुराहरुले गर्दा मानिस अत्यत्नै मानसिक रुपमा कमजोर बनेको अवस्था छ ।
कोरोनाले गर्दा मानिसमा डर, त्रास पनि कम्ति छैन । अनावश्यक खालका भ्रामक प्रचार प्रसार पनि उत्तिकै छन् । सामाजिक दुरी कायम गर्ने नाममा अत्यन्तै अमानविय खालको ब्यवहार पनि मौलाएको छ । संसारै भरि यस्तो त्रासदीपूर्ण बातावरणले गर्दा मानिसमा अत्यन्तै कहालीलाग्दो अवस्था छ ।
यी समग्र परिस्थितिमा कसरी आत्महत्याको बाटो मानिसहरुले रोज्ने गरेका छन् र यसका निराकरण कसरी गर्न सकिन्छ त ? यसै सन्दर्भमा केही केसहरुलाई म यहाँ प्रस्तुत गर्न चाहन्छु
केस – पहिलोे
यसै शिलशिलामा एकजना अधबैसे महिलाले एउटा मोटी मोटी डम्म परेकी बच्चीलाइ लिएर म कहाँ आउनु भयो । उहाँले केहि दिनदेखि बच्चाको दिनचर्या अलिकति फरक देखिएकोले मनोपरामर्शको लागि केहि आशा गरेको आशय ब्यक्त गर्नु भयो ।
ती बच्चा सम्भ्रान्त परिवारको सदस्य थिइन । बच्चालाई कुनै कुराको कमी थिएन । हाम्रो जस्तो गरिवीले सताएको मुलुकमा उनले सबै सुख सुविधा भोगेकी थिइन । नाम कहलिएको महङ्गो निजि विद्यालयमा पढेकी थिइन । मैले उक्त बालिकाको सेसन शुरु गरे । बच्चा अत्यन्तै त्रसित थिइन कि आफ्ना कुराहरु परिवारले थाहा पाउँछ कि भनेर । जब गोपनियताको विस्वास बढ्यो । उनीबाट सुचना आउन थाल्यो ।
पहिलो सेसनबाट केहि सुचना प्राप्त गर्ने र सम्बन्ध विस्तारको कुरा गरियो । उनि उमेरले मात्रै ११ बर्षकी थिइन । कक्षा ६ मा पढ्थिन । उनि ९ बर्षको हुँदाबाट उनलाई आत्महत्याको विचार आउन थाल्यो । अनि जब पढ्न जान्दिनन त्यतिबेला जिवनको महत्व नै नभएको महशुष गर्न थालिन । परिवारका सदस्यले पढाइ किन खस्किन थाल्यो भनेर चासो गर्दा, कहिलेकाहि बुवाआमाले गाली गर्दा उनलाई दिनमा ५।६ पटक पनि त्यो विचारले सताउन थाल्यो । विस्तारै राति नसुत्ने, खानामा अनियमितता हुँदै गयो । यो दुइबर्षमा उनले ५ पटक आत्महत्याको प्रयास गरिन । उनले सधै डोरी प्रयोग गरि मर्ने योजना बनाउने तर असफल हुने गरि प्रयास गरिन ।
उनको जिकिर मलाइ यो घरमा कसैले माया गर्दैन भन्ने थियो ।आमा त उनको शब्दमा सत्रु हो भन्ने थियो । उनले यो विचमा युटुभमा थुप्रै सरल, सुरक्षित र सजिलो तरिकाले कसरी आत्महत्या गर्न सकिन्छ भनेर खोज्न थालिन । कहिलेकाही बुवा दाइको मायाले सताउँदा फेरी त्यो विचारबाट बाहिर आउन सावधानीको अभ्यास पनि युटुभमा नै खोजेर गर्न शुरु गरिन तर उनको त्यो विचार आउने कुरामा कमी भएन । तर जब कोरोनाले देश ठप्प भयो उनलाइ त्यो विचारले थप गाज्न थाल्यो । लकडाउनको ३ महिनामा उनले दुइपटक आत्महत्याको प्रयास गरिन । उनको अनुभवमा स्कुल जान बन्द छ । घरको सबैजना आ आफ्नो काममा ब्यस्त छन् । स्कुल कहिले खुल्छ त्यो पनि थाहा छैन । कम्पाउण्ड बाहिर कहि जानु छैन । टिभि, युटुव कति हेर्नु, खाली मान्छे मरेको मात्रै सुनिन्छ । अनि कहिलेसम्म बस्ने यसरी केहि टुङ्गो छैन बरु मर्न पाए आनन्द भनेर प्रयास गरेको सफल भएन, उनि घटनालाई यसरी सम्झन्छिन ।
रातभरी साथी सम्झेर रोयो, सुत्न, खान, उठ्न जाँगर छैन अब त बाचेर पनि केहि गर्न सक्दिन होला । मेरो अनुहार त भगवानले राम्रो बनाउनु भयो तर बुद्धि दिनु भएन । त्यसकारण म जति धेरै बाँच्यो त्यति नै पृथ्वीलाई भार हो । यसरी बाँचिरहनु भन्दा म मरेभने घरका सबैलाइ आनन्द हुन्छ भनेर यो कदम उठाए, उनि लामो सुस्केरा तान्दै बताउँछिन् । उनको घटना हेर्दा र उनको बुझाई हेर्दा परिवारले माया गर्दैन भन्ने कुराले पहिलाबाट नै आत्महत्याको सोच आएको थियो कोरोनाको कहरले यसमा थप मलजल गरेको देखिन्छ र आत्म दाह गर्न कोशिष गरेको पाइन्छ । यो उनले उनको कुरा बुवाआमालाई भनिदैन । यो हाम्रो नियमभित्र पर्छ भनेर विस्वास गरिसकेपछि बताएको उनको विचार हो । उनले युटुवमा सुरक्षित र सजिलोसँग आत्म दाह गर्ने भिडियो कसैले नबताएको तर खोज्दै गर्दा उनले ३०।४० पटकसम्म त्यो भिडियो हेर्ने गरेको बताउँछिन् । कम्तिमा यो दुइ बर्षमा आफूलाई त्यो विचारबाट बाहिर ल्याउन उनि आफैले पनि निकै कोशिष गरेको बताउँछिन ।
केस दोश्रो
त्यस्तै कपिलबस्तु कि एकजना महिलामा पनि आत्मदाह गर्ने विचार आयो । उनको एउटा सानो छोरा छ । विवहा गरेको एक महिनासम्म त उनको जिवनसाथीसँग राम्रो सम्बन्ध थियो । एकमहिना पश्चात उभिन नसक्नेगरि दिनहुँ रक्सी खाने कुट्ने, पिट्ने, चरित्रमाथि दोषारोपण गर्ने आदि गर्न थाले । चारबर्षसम्म यो क्रम चलिरह्यो । बिस्तारै अव यसरी जिवन चल्दैन एक्लै बस्नु पर्छ भन्ने निष्कर्षमा पुग्छिन र उनि बच्चा बोकेर एउटा होस्टेलमा खाना बनाउने र त्यहि पैसाबाट छोरा र आफू बच्ने, बच्चा पढाउने गर्ने गर्दिरहिछन् । यिनै दिनचर्यामा उनलाई असुरक्षित महशुष हुने रहेछ र आत्महत्याको विचार आउने गरेको बताउछिन् ।
अब यति जानिरहदा आत्महत्या के हो भनेर बुझ्न पर्ने हुन्छ ।
आत्महत्या
आत्महत्या भन्नाले कुनै व्यक्तिले जानि जानि आफ्नो जिवन आफै समाप्त पार्ने वा आफैले आफुलाई मार्ने वा जिवनको आत्मदाहा गर्ने योजना बनाउँछ भने त्यस्तो क्रियाकलापलाई हामी आत्महत्या भनेर भन्ने गर्दछौ । त्यस्तो योजना बनाएको ब्यक्तिले विभिन्न उपायद्धारा आफ्नो जिवन आफैले समाप्त पार्दछ । यसरी जिवनको समाप्त गर्ने कार्यलाई गैह्कानुनी आत्मदाह मानिएको छ । आफैले आफैलाई मार्नु गैह्कानुनी प्रावधान हो भन्ने थाहा पाएपनि विश्वमा प्रतिबर्ष ८ लाख मानिसहरु आत्महत्याको कारण मृत्युको शिकार हुने गरेको तथ्याङ्क पाउन सकिन्छ जसमध्ये प्राय सबै देशहरुमा १५ देखि २४ बर्षका मानिसहरुमा बढि यो समस्या देखिने गरेको पाइन्छ । जब मानिसले जिवन निरर्थक देख्छ, समस्या समाधानका कुनै उपाय देख्दैन त्यति बेला उसले आत्महत्याको बाटो रोज्ने गर्दछ । यो एउटा मानसिक समस्या हो ।यसलाई चिकित्सकिय आपतकालिन अवस्था पनि मानिएको छ । संसारमा बर्षेनी लगभग ८ लाख व्यक्तिहरुले आत्महत्या गर्दछन् । हरेक ३ सेकेन्डमा १ जनाले प्रयाश र ४० सेकेन्डमा १ जनाले सफल रुपमा आत्महत्या गर्दछन् । ससारमै १५–२९ बर्ष उमेर समुहमा आत्महत्या मृत्युको दोस्रो प्रमुख कारणको रुपमा रहेको छ । आत्महत्या विश्वव्यापी घटना भएता पनि, ७८% आत्महत्याका घटनाहरु विकासोन्मुख देशहरुमा हुने गरेकोे तथ्याङ्क छ । आत्महत्या गरेर जती व्यक्तिहरुको मृत्यु भईरहेको हुन्छ त्यसको तुलनामा आत्महत्याको प्रयास गर्नेको संख्या २० गुणाले बढी हुने गर्दछ । प्राय महिलाहरु पुरुषहरुको तुलनामा बढी आत्महत्याको प्रयास गर्दछन् तर तथ्याङ्कका अनुसार पुरुषहरुले खतरनाक तरिका अपनाउने हुनाले महिलाको अनुपातमा बढि सफल रुपमा आत्महत्या गरेको पाईन्छ । विश्वमा आत्महत्याका माध्यमहरुमध्ये विष सेवन, झुण्डीएर तथा शरिरमा आगो लगाएर गर्ने आत्महत्या प्रमुख रहेका छन् । महानगरीय प्रहरी कार्यालय काठमाडौमा प्रत्येक हप्ता कम्तिमा १० वटा आत्महत्या सम्बन्धि घटनाहरु दर्ता हुने गरेको छ जसमा अधिकांश महिला हुने गरेका छन् । नेपाल विश्वमा आत्महत्याको जोखिममा सातौ स्थानमा र महिलाहरुमा तेस्रो स्थानमा पर्दछ । नेपाल लगायत बिकासशिल मुलुकहरुमा आत्महत्या सम्बन्धि विभिन्न सामाजिक लान्छना, धार्मिक कारण र सामाजिक मनोवृत्ति, उपयुक्त अभिलेखिकरणको अभाव तथा सिमित अनुसन्धान आदिका कारण भरपर्दो रुपमा तथ्याङ्कको कमि छ ।
आत्महत्याको कारणहरु
उदासिनताः उदासिनता भएका अधिकाशं ब्यक्तिले आत्महत्याको प्रयास गरेका हुन्छन् । अत्यन्तै नकरात्मक सोचाइ आउनु, सामान्यतया धेरै दिक्दारी लाग्नु, स्वभाव, बानी, ब्यवहारमा आबश्यकता भन्दा बढि उतारचढाव आउनु, आफूलाई एकदमै दयनिय, कमजोर अवस्थाको ठान्नु, जिवनप्रति रुचि नहुनु, भविष्य प्रति कुनै आशा नलाग्नु, आफै प्रति विश्वास नहुनु जस्ता लक्षण देखिनु उदासिनता हो भने उदासिनताले आत्महत्यालाई बढावा दिने गर्दछ ।
रक्सी र अन्य लागू औषधको दुरुपयोग : केहि मानिसहरु तनाव ब्यवस्थापन गर्न, चुनौतिको सामना गर्न, नयाँ अनुभव लिन, उदासिनता, निराशापन, नकरात्मक भावनालाई हटाउनको लागि मद्यपान तथा अन्य लागू औषधको प्रयोग गर्ने गर्दछन् । जसले कार्य शिथिलता ल्याउने तथा स्वास्थ्यमा समेत समस्या ल्याउने गर्दछ । साथै यसको प्रयोगले आर्थिक रुपमा कमजोर बनाउने हुनाले बाँच्ने रहरमा कमी हुदै जाँदा आत्महत्या बढ्ने गरेको पाउन सकिन्छ ।
दीर्घ रोगः कुनै पनि शारिरिक रोगबाट लामो समयसम्म ग्रसित भइरहेर बाँच्नुको अर्थ नदेखि आत्म हत्या गर्छन् । जस्तैः द्धन्द्धले धेरैको अङ्गभङ्ग भएको छ शारिरीक रुपमा अस्वस्थ्य छन् जसले गर्दा पनि आत्महत्याको दर बढेको छ ।
मानसिक स्वास्थ्य समस्याः जब ब्यक्तिमा जटिल मानसिक स्वास्थ्य समस्याहरु जस्तैः साइकोसिस, सिजोफ्रोनिया, गम्भिर प्रकृतिको उदासिनता हुन्छ त्यस्तो ब्यक्तिमा आत्महत्याको दर बढ्ने सम्भावना प्रवल रहन्छ ।
सामाजिक, ब्यक्तिगत वा मनोसामाजिक समस्याहरुः बैवाहिक जिवनको अन्त्य जस्तैः छोडपत्र, द्धन्द्धमा हत्या र बेपत्ता । प्राय द्धन्द्धमा पुरुष मारिने वा बेपत्ता हुने भएकोले पनि यकल महिलाको संख्या ह्वात्तै बढ्यो जसले गर्दा सामाजिक, सांस्कृतिक रितिरिवाज, परम्पराले गर्दा महिलाले अरुसँग राम्रो सम्बन्ध स्थापित गर्न नसक्नु, बेरोजगारि, आफ्ना विचारहरु पोख्न नपाउनु, अझै जिवनसाथीलाई मारेपछि विभिन्न सामाजिक लाञ्छनाको सामना गर्नु पर्ने, बालबच्चाको बाबुआमा मारिएपछिको विछोड जस्ता घटनाले आत्महत्याको दर बढिरहेको सहज अनुमान गर्न सक्छौ ।
आत्महत्या सम्बन्धि कथन र सत्यता
कथन – आत्महत्या सम्बन्धि सोधपुछ गर्दा वा कुराकानी गर्दा,आत्महत्या गर्न झन प्रेरणा मिल्दछ ।
सत्यता – आत्मियता र कुनै किसिमको आलोचना बिना कुराकानी गर्दा व्यक्तिलाई सहजता महसुश हुने गर्दछ ।
कथन – महिलाको दाँजोमा पुरुषले बढि आत्महत्याको प्रयास गर्दछन् ।
सत्यता – आत्महत्याको प्रयास महिलाले बढि गर्दछन् भने, ३ जनामा २ जना मृत्युको लागि सफल हुने बढि पुरुष हुन्छन् ।
कथन – एक पटक आत्महत्याको सोच वा प्रयास गर्ने व्यक्तिले सधैँ त्यहि सोच राखेका हुन्छन् ।
सत्यता – एक पटक आत्महत्याको सोच वा प्रयास गर्ने व्यक्तिले सधैँ त्यहि सोच राख्छन् भन्ने होइन । यो अस्थाई सोचाई हो । यो सङ्कट अवस्था पार नहुँदा सम्म मात्र रहन्छ ।
कथन – यदि मनिसले आत्महत्या गर्ने निर्णय गर्दछ भने, उसलाई कसैले रोक्न सक्दैन ।
सत्यता – आत्महत्याले केवल सङ्कटको घडिलाई प्रतिनिधित्व गरिरहेको हुन्छ । यो शतप्रतिशत रोकथाम गर्न सकिन्छ । मानिसको सङ्कट अबस्था पार हुदै जाँदा समस्यालाई हेर्ने दृष्टिकोण बदलिन सक्छ । सामान्यतया आत्महत्याको प्रयास गर्ने व्यक्तिलाई पछि गएर पछुतो हुने वा बाँच्नको लागि तयार हुन्छन् ।
कथन – धेरै जसो आत्महत्याको कारण भनेको कुनै आघात जन्यघटना हो ।
सत्यता – आत्महत्या लामो समयबाट निरन्तर भईरहेको घटना क्रमहरुको कारणले हुने गर्दछ । जस्तैः लामो समय देखी दुःखी रहनु, निराशापन, आत्म सम्मानमा कमि आउनु, जीवनमा आईपर्ने घटनाहरुलाई सामना गर्ने क्षमतामा कमि आउनु र भविष्यप्रति कुनै आशा नहुनु ।
कथन – आत्महत्या गर्न खोजेको व्यक्तिहरुले, कुनै पनि कुराहरुलाई अत्याधिक प्रतिकृया गर्दछन् ।
सत्यता – कुनै एक व्यक्तिलाई सानो वा सजिलो लाग्ने घटना अर्को व्यक्तिलाई अप्ठ्यारो वा ठुलो लाग्न सक्दछ ।
कथन – आत्महत्या रिस, राग, बदला र कायरताको परिणाम हो ।
सत्यता- आत्महत्या गर्ने धेरै व्यक्तिहरुले आफु अरुको लागि केहि काम नलाग्ने अथवा आफु अरुको लागि बोझ भएको महशुस गर्दछन् र आफ्नो अन्त्य भए आफन्तहरुलाई सजिलो हुन्छ भन्ने सोची आत्महत्या गर्दछन् ।
आत्महत्या सम्बन्धि केहि प्रश्नहरु
के आत्महत्या गर्ने व्यक्तिले कुनै प्रकारको चेतावनी सङ्केत दिन्छन् ?
१० जनामा ८ व्यक्तिले आत्महत्या अगाडी कुनै न कुनै माध्यमबाट सङ्केत दिएका हुन्छन् ।
के आत्महत्या गर्ने व्यक्तिले सधै सुसाइड नोट छोडेका हुन्छन् ?
धेरै जसो समयमा सुसाइड नोट लेखिएको हुदैन ।
के आत्महत्याको कुरा गरिरहने व्यक्तिले आफुप्रति ध्यानआकार्षण गर्नको निम्ति त्यसो गरिरहेका हुन्छन् ?
यो त्यसको उल्टो हुने गर्दछ । ७० % मानिसहरुले आत्महत्या गर्नु अघि केहि चेतावनी सङ्केत दिन खोजिरहेका
हुन्छन अथवा आत्महत्याको प्रयास गरेका हुन्छन् । कुनै व्यक्तिले आत्महत्याको कुरा कुनै प्रकारबाट प्रस्तुत गर्दछन् भने, त्यस कुरालाई गहनरुपमा लिनुपर्दछ ।
के आत्महत्या ईच्छा हो ?
आत्महत्या कसैले ईच्छाले गर्ने होइन । यो त्यस व्यक्तिले दुःखबाट मुक्त हुन देखेको एक उपाय मात्र हो । यदि दुःखबाट मुक्तहुन अर्को उपाय केहि छ भन्ने जानकारी पाएमा त्यस व्यक्तिले आत्महत्यालाई कदापी रोज्दैन ।
आत्महत्याका माध्यमहरुः
झुण्डिएर
अग्लो ठाउँबाट हाम फालेर
पानीमा डुवेर
लागु औषधको अत्याधिक प्रयोग वा सेवन गरेर
निसास्सिएर
बिष सेवन गरेर
शरिरमा आगो लगाएर
धारिलो हातहतियारको प्रयोग गरेर
सवारी साधन दुर्घटना गराएर
गोली हानेर आदि ।
आत्महत्याको जोखिममा परेका व्यक्तिहरुले देखाउने संकेत तथा प्रतिक्रियाहरु
कुनै पनि कुरामा प्रतिक्रिया नदिने, आफ्नो सरसफाइमा वास्ता नगर्ने, संवेगात्मक रुपमा शून्य हुने, कुनै कुरामा पनि रुचि नदेखाउने ।
आफूलाई मूल्यहीन महसुस गर्ने ।
एक्कासि धेरै खुसी हुने अनि एक्कासि शान्त हुने ।
आफूले आफैलाई हानीनोक्सानी तथा शारीरिक असर पार्ने व्यवहार गर्ने र आफू मर्नेबारे कुराहरु ग्रिरहने ।
आत्महत्या गर्ने योजना बनाई त्यसको तयारी गर्ने ।
आत्महत्या गर्ने प्रयास गर्नुपुर्व आफ्ना कार्यहरु सिलसिलाबद्ध तरिकामा मिलाउने ।
आत्महत्या गर्नबाट पहिले रोकेका वा रोक्न सक्ने सम्बन्ध तथा भूमिकाहरु टुंग्याउने ।
भविष्यप्रति निराश, आफू वा आफ्नो जीवन आउँदा दिनहरुमा अझ राम्रो हुन सक्छ भनी विचार नगर्ने ।
मेरो कोही छैन, मलाई कसैले सकारात्मक दृष्टिकोणले हेर्दैनन्, अब म कसको लागि बाँचू जस्ता निराशावादी कुराहरु गर्ने र आफूलाई असहाय महसुस गर्ने
आत्महत्यालाई सकरात्मक उपलब्धीका रुपमा लिने ।
आफूले माया गर्ने व्यक्ति वा रेखदेख गर्ने व्यक्तिसँग अप्रत्यासित रुपमा भेटघाट वा कुराकानी गर्ने ।
आफ्नो मूल्यवान् वस्तुहरु अरुलाई बाँड्ने ।
आत्महत्या प्रति सामाजिक लाल्छना
कायर
यो दुखायीबाट राहत पाउनको लागि गरीने हानिकारक कार्य हो ।
स्वार्थी
यो व्यवहारगत समस्या भन्दा पनि मानसिक समस्या हो, जसकारण मानिसको सोच्न सक्ने, महसुस गर्न सक्ने र कार्य गर्न सक्ने क्षमतामा कमि ल्याईदिन्छ ।
आत्मिक मानिसहरु लाज नभएका, पापी, कमजोर हुन्छन् ।
आत्महत्याको जोखिममा परेका व्यक्तिहरुलाई सहयोगः
आराम गर्न दिने ।
बिरामीका कुरा पूर्ण रूपमा सुन्ने र उसका आफ्ना भावनाहरू व्यक्त गर्न प्रोत्साहित गर्र्ने
विश्वासिलो सम्बन्ध बनाउने (सम्बन्ध विस्तार गर्ने) ।
उसका जानकारीहरु गोप्य राख्ने । (आत्महत्या बाहेकका कुराहरु)
उसको भावनाप्रति संवेदनशिल हुने ।
आत्महत्या आफैमा समस्या होइन । यो समस्याको परिणाम हो ।
आत्महत्याको जोखिममा परेका व्यक्तिलाई गर्ने सबै भन्दा राम्रो सहयोग भनेको सम्मानुभुतीक सुनाई हो ।
आफ्नो मान्छेलाई थाहा दिने कि उहाँ एक्लै हुन हुन्न र म र उहाँको परिवारले तपाई लाई उहाँको वास्ता गर्नु हुन्छ । तर उहाँको स्वास्थ्यको तपाई जिम्मेवारी लिन चाहीँ सक्नु हन्न ।
तपाई आफैले कुनै किसीमको सहयोगको प्रस्ताव गर्न सक्नु हुन्न तर उहाँलाई ठिक गर्नको लागि केहि गर्न, सहयोग सक्नुहन्छ ।
ठिक हुनका निम्ती उहाँ आफैँले व्यक्तिगत प्रतिज्ञा लिन जरुरी छ ।
आत्महत्याको जोखिममा भएका व्यक्तिलाई सहयोग गर्नको निम्ती ठुलो साहशको जरुरत पर्दछ ।
राम्रोसँग कुराहरु नगरेको खण्डमा आत्महत्याको सोचाई प्रतिको भावनाहरु उथल पुथल हुन सक्दछ ।
केस पहिलो – उपचार विधि
उनलाई परिवारको सदस्यले माया गर्छ, सबै मानिसको जिवनको महत्व छ भन्ने महशुष गराउन ८ सेसन बस्नु पर्यो । विभिन्न तरिका अपनाएर उनलाइ त्यो विचारबाट बाहिर ल्याउन कोशिष गरियो । उनि आफैले पनि आफ्नो जिवन बहुमुल्य रहेछ भन्ने महशुष गरेकी छन् । आफूले उठाउन खोजेको कदम गलत रहेछ भन्ने बुझाइ अहिले बलियो बनेको छ । उनले आफू राम्रो गाउँन सक्ने, खेलकुदमा राम्रो क्षमता भएको कुराको पहिचान गरेकी छन् । साथै अहिले पढाइमा पनि राम्रो गरेकी छन् । घरपरिवार, साथीभाइ सबैसँगको सम्बन्ध सम्पर्क राम्रो छ । यो विचार सधै रहि रहने पनि होइन । यस्तो अवस्थामा साथीसमुह, परिवार, समाज सबैको सहयोग जरुरी छ ।
केस दोश्रो- उपचार विधि
सेवाग्राही र हामी ५ सेसन बस्यो । यो वसाइबाट उनलाई जिवन बहुमुल्य छ भन्ने लागेको छ त्यसैले पनि बहुमुल्य जिवनको लागि गर्बका साथ काम गर्ने, छोरा र आफ्नो लागि मात्रै नभै समाजको निम्ति पनि आफू उदाहरणीय बन्ने प्रण गरेकी छन् ।
आत्महत्या आफैमा अत्यन्तै संवेदनसिल विषय भएकोले उनिहरुलाई सोधिने प्रश्नहरुले ब्यक्तिलाई आत्महत्या गर्न उक्साउने खालको हुनु हुँदैन । यसलाइ घटाउन मद्धत पुग्ने तथा उसलाई अरुले पनि बुझेको छ भन्ने महशुष गराउनु पर्दछ । आत्महत्या गर्ने सोच भएको ब्यक्तिलाई सहयोग पु¥याउँदा केहि विषयमा ध्यान दिनु जरुरी देखिन्छ । उनीहरुसँग परिवारको सहमतीमा एक्लै बसेर कुराकानी गर्ने, सहज बन्न र सजिलो महसुस गर्नको लागि प्रशस्त समय दिने, कहिल्यै पनि सेवाग्राहीको चरित्रको बारेमा टिकाटिप्पणी नगर्ने, सेवाग्राहीको सम्पूर्ण अवस्था नबुझि कुनै पनि किसिमको आशा नदेखाउने ताकि सेवाग्राहीमा नकरात्मक भावना पैदा नहोस । परिवारलाई सेवाग्राहीको अवस्थाबारे बारम्बार जानकारी गराइरहने गर्नु पर्दछ ।
यसरी आत्महत्या गर्न मानिसले केहि न केहि लक्षण देखाउने गर्दछ जसको सबैले आआफ्नो ठाउँबाट सहयोग, सम्मान तथा सम्बन्धित ठाउँमा समयमा सुचना आदान प्रदान गर्न सके यसको रोकथाम गर्न सकिन्छ । त्यो सम्भव छ ।
(रिजाल मनोवैज्ञानिक परामर्शविज्ञ हुनुहुन्छ ।)