यसपटक पनि अाए उखु किसान अान्दाेलन गर्न काठमाडौं, कहिले पाउलान् अाफ्नाे पैसा ?
विगत झैं यसपटक पनि उखस किसान अाफ्नाे बक्याैता रकम प्राप्त गर्नका लागि काठमाडौंमा अान्दोलन गर्न अाएका छन् ।
पटकपटक अान्दोलन नगरी अाफ्नाे उखुको मूल्य चिनिमिलले नदिने परम्परा जस्तै बनेकाे नियति भाेगेका पीडित उखु किसान चिसाेकाे प्रवाह नगरी यसपटक पनि काठमाडौंमा धर्नाका लागि अाएका छन् ।
चिनी मिलहरूबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसान आन्दोलन गर्न काठमाडौं आइपुगेका छन् ।
उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाईमा आफूहरु काठमाडौं आएको किसान हरिश्याम यादवले बताए । आइतबार बिहान ११ बजेदेखि माइतीघरमा आन्दोलन थाल्ने तयारी छ ।
उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार केही काठमाडौं आलिएसकेका छन् भने अरु आउँदैछन् । यस पटकको आन्दोलनमा एक हजार किसानले सहभागीता जनाउँछन्, मिश्रले भने ।
चिनी मिलबाट वषौंदेखि भुक्तानी नपाएर पीडित बनेका किसानहरु सरकारले समेत झुलाएको गुनासो गर्छन् । गतवर्ष उद्योग वाणिज्य तथा आपर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइदिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो ।
तर एक वर्ष बित्दा किसानले सबै रकम पाएका छैनन् । सरकारी तथ्याङ्क अनुसार उखु मिलसंग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।
श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपयाँ उखु किसानलाई बुझाउन बाँकी छ ।
इन्दिरा र अन्नपूर्ण तथा श्रीराम सुगर मिलले किसनको बक्यौता तिर्न जग्गा बिक्रीको प्रस्ताव राखेको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् ।