कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

रत्न राज्यलक्ष्मी क्याम्पसमा अखिल क्रान्तिकारीको स्ववियु सभापति संगमकुमार लामा

मूलखबर संवाददाता
काठमाडौं
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु सभापतिको उम्मेदवार संगमकुमार लामा बनेका छन् ।
त्रिभुवन विश्वविद्यालयले अगामी चैत ५ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने मिति तय गरेको छ । त्यसका लागि त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनका लागि १३ बुँदे निर्देशन जारी गरिसकेको छ ।
अखिल क्रान्तिकारीले लामालाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले जानकारी दिए ।
उनका अनुसार लामा आरआर क्याम्पस कमिटीका अहिलेका अध्यक्ष पनि हुन् । स्नातकोत्तर तहमा अध्यनरत लामालाई स्ववियु सभापति बनाउने टुंगो लागे पनि अरु पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषय टुंगोमा नपुगिसकेको र जतिसक्दो चाडैँ अरु उम्मेदवार पनि टुंग्याइने अध्यक्ष सापकोटाले बताए ।
छान्नुहोस् र सुन्नुहोस्