
अाज एकैदिन ३९६ अस्पताल शिलान्यास गरिँदै, ५८ अरब बजेट
अाज नेपालकाे इतिहासमा पहिलोपटक एकैदिन ३९६ अस्पताल बन्ने प्रक्रिया शुरू हुँदैछ । यसलाई स्वास्थ्य क्षेत्रमा क्रान्तिकाे रूपमा चित्रण गरिएको । आज सातै प्रदेशमा एकैपटक ३९६ आधारभूत अस्पताल शिलान्यास गर्न लागिएको हाे ।
स्वास्थ्य मन्त्रालयका अनुसार अस्पताल नभएका सबै स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल बनाउने योजना कार्यान्वयनमा गएको हाे । मन्त्रालयले ५८ अर्ब बजेट अनुमान गरिएको आयोजनाबाट एकै डिजाइनका सबै अस्पताल दुई वर्षभित्र सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
