एकताको लागि तेस्रो प्रस्ताव र नेतृत्वको अावश्यकता

मूलखबर संवाददाता
काठमाडौं
समाजवाद उन्मुख संविधानको निर्माण पश्चात् उक्त समाजवाद स्थापना गर्ने उद्देश्यले शुरुमा चुनावी गठबन्धन पछि कम्युनिस्टहरुको बृहत एकता र समाजवाद उन्मुख सरकार निर्माण तथा सत्ताका कामकारबाहीहरु अनि समाजवादी ब्यवस्थाका अाधारहरु तयार गर्न २०७५ जेष्ठ ३ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले ) र नेपाल कम्युनिस्ट पार्टी (माअोवादी केन्द्र ) बिच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को निर्माण भएको थियोे तर पार्टी एकता हुदा बखतका सहमति कार्यनयन नभएको  देखि  सरकार तथा पार्टी नेतृत्वले गरेका मनोमानी गतिविधिहरुलाई लियर पार्टीका दुई अध्यक्षहरु बिच मतभेदहरु उत्पन्न हुदै गई अहिले एकअर्कालाई अारोप प्रतिअारोप लगाउदै पार्टीमा एकले अर्कोलाई अस्तित्व समाप्त पारि पार्टी फुटाउने तानाबानहरु बुनिरहेको अबस्था छ।यस विषयमा दुबै अध्यक्षहरुलाई चरमउत्कर्षमा पुर्याउन अन्यनेता तथा कार्यकर्ताहरुको पनि जोडबल रहेको छ।
  नेपाल कम्युनिस्ट पार्टी भित्र भईरहेको लामो अन्तर्विरोध र पार्टी फुटको सन्निकटले अाम नेपाली जनता ,पार्टी कार्यकर्ता ,समर्थक र शुभचिन्तकहरु असिमित पिडामा छन् ।ऐतिहासिक अावश्यकता र महत्त्वले भयको पार्टी एकता र बनेको नेपाल कम्युनिस्ट पार्टी नफुटोस् र अाम नेपाली जनताको मत खेरा नजाओस् भन्नेमा नै छ तर अहिले नेतृत्वपंक्ति पार्टीका नेताकार्यकर्ता र जनताको त्यो अाशालाई लत्याउदै लहड र हठमा अडिई पार्टी फुटाउने र प्राप्त उपलब्धि गुमाउने दिशामा अग्रसर छन् ।
 प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा वलीले अर्का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डसहित ५ जाना सचिवालय सदस्यीयले संयुक्तरूपमा पेश गरेको प्रस्ताव लाई अारोपपत्रकोरुपमा मात्र बुझिरहनु भयको छ।उक्त अारोपपत्रको प्रतिउत्तर हिजो पेशगर्नु भयो  । त्यो प्रतिउत्तर कठोर र निर्मम ढंगले अाअायको छ।त्यसैगरी पार्टी केन्द्रीय समिति र संसदीय दलमा बहुमत पुर्‍याउन हस्ताक्षर अभियान चलाउदै हुनु हुन्छ  ।त्यसबाट अाफु जोगिन नसके अध्यादेश ल्यायर भयपनि पार्टी फुटाउने ,संकटकाल लगाउने र मध्यवधि चुनाव गर्ने सम्मका सम्मका तयारी सम्मको धरातलमा जान्न त भन्दै हुनुहुन्छ तर अान्तरिक तयारी त्यतै तर्फ रहेको देखिन्छ  ।साथै वहाले नयाँ जाल सामर्थ्य सहितको पार्टी नयाँ पुस्तालाई हस्तान्तरण फाल्नु भयको छ।त्यसतै अर्का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलगायत माधब नेपाल र झलनाथ खनाल सहितको संयुक्त प्रस्ताव कुनै हालतमा फिर्ता नहुने उक्त प्रस्ताव स्थाई कमिटी हुदै अाबश्यक परे तल्ला कमिटीसम्म पनि लगिने ,अहिलेको अबस्थामा पार्टी एकताबद्ध राख्न अर्का अध्यक्ष केपी शर्मा वलिले दुबै पदमा त्याग गर्नु पर्ने अन्यथा एकता कायम रहन नसक्ने साथै नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को भविष्य खतरामा पर्ने त्यसको लागि पार्टी र संसदिय दल दुबैमा बहुमत पुर्यायर पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउने तर यसपालि कुनै हालतमा सम्झौता नगर्ने सम्मका तयारी देखिन्छ ।
  यी दुबै समुहका दुबै कार्यहरु पार्टी फुटकै अाधरहरु हुन् यदि यहि अवस्था र समयमा फुट्ने फुटाउने हो भने दुबै समुहले फुटको अौचित्य समेत पुष्टि गर्न सक्दैनन् ।फुट्ने फुटाउनेहरुलाई ऐतिहासिक नोक्सानी हुने त छदैछ नेपाल कम्युनिस्ट पार्टी (नेकपा )लाई भोट दिने अाम नेपाली जनता देखि सम्पूर्ण नेता कार्यकर्ता माथि ठुलो कुठाराघात गरेको ठहरिन्छ त्यसैले अहिले कुनै पनि हालतमा पार्टी फुट्नु हुन्न भन्ने ठुलो समूह पार्टी एकताको पक्षमा रहेको छ तर नेताहरुको कार्यशैलीमा परिवर्तन अाउन जरुरी छ मुख्यतः प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा वली र उहाँको समुहको कार्यशैली सुधारिनु जरुरी छ र पार्टीको निर्णय र चुनावी घोषणा मुताबिक सरकार चल्नु जरुरी छ साथै अब नेताहरू बिच जे जति सहमति हुन्छ त्यो लिखितरुपमा नै तल्ला कमिटीसम्म अाउनु पर्दछ ।दुबै अध्यक्षहरुको प्रस्ताव उपर व्यापक अालोचना रअात्मअालोना भई श्सलेसित  कार्यशैली र कार्यदिशा कार्नवयन हुनु पर्दछ भन्ने रहेको छ यसको प्रतिनिधित्व गर्ने र पार्टी फुट्न नदिन पहलकदमी लिन तेस्रो प्रस्ताव सहित तेस्रो नेताको अाबस्यकता अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा )मा खड्किरहेको छ।
   गत साल देखि शुरुभयको पार्टी एकताको बखत भयको दुबै अध्यक्षले अालो पालो गरि सरकार र पार्टी सन्चालन गर्ने सहमति र सम्झौता कार्यनयनको बिषयमा  गतसाल मंसिर ४गते एकता हुदाको बखत जे जस्तो सम्झौता भयपनि अबका दिनमा पार्टीको कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड रहने उहाले पुर्णरुपमा पार्टी संचालन गर्ने र अर्का अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टीको निर्णयका अाधारमा माहाधिबेशन सम्म  सरकारको पुर्णरुपमा नेतृत्व गर्ने अनि माहाधिबेशनबाटनै पार्टी र सरकारको भाबि नेतृत्व  ठोस गर्ने सहमति भयको थियो तर गत बैसाखदेखि पुनः अन्तर्विरोधहरु शुरु भई तत्कालिन अबस्थामा नै पार्टी फुटको संघारमा पुगेको थियो ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा वलीले कोभिड १९ समस्या समाधान ,एमसिसि लगायतका कयौं बिषय थाती राख्दै  संसदअधिबेशन अन्त्य गरि अध्यादेशमार्फत राजनितिक दल सम्बन्धि ऐन २०७३ र संबैधानिक परिषद् र काम कर्तव्य र अधिकार संबन्धि ऐन २०६६ संशोधन गरि अध्यादेश जारी गरियबाट र मदन भण्डारी  फाउन्डेसनको एक कार्यक्रममा गुमेको नेपाल भुमि फिर्ता ल्याउन लागेकाले अत्तालियर भारतसंग मिलि अाफ्नै केही नेताहरूले सरकारबाट हटाउन खोजेका छन् भनी अभिब्यक्ती दिए लगत्तै प्रधानमन्त्री वलीलाई सरकार छोड्न दबाब परेको थियो तर लामो समयको अन्तर्संघर्ष पश्चात् गत भदौको स्थाई कमिटीको बैठकमा  पार्टी स्थायी कमिटी सदस्य तथा गृहमन्त्री राम बहादुर थापा बादलले कार्यदल बनाई पार्टी एकताका अाधारहरु तयार गरि उक्त कार्यदलको प्रतिबेदन अनुशार पार्टी र सरकार चल्ने कुरा सुझायपछि त्यसैमा सहमति भई पार्टी माहासचिबको नेतृत्वमा तिनै समुहका नेताहरु सम्मिलित गराई ६ सदस्य कार्दलले तयार पारेको१६ बुंदे प्रतिबेदनलाई गत भदौ २६ गते को स्थायी कमिटीको बैठकले अाबश्यक संशोधन सहित १५ बुंदे प्रतिबेदन पारित गरि त्यसैका अाधारमा पार्टी र सरकार चल्ने भनी अन्तरबिरोधको अन्तय गरियको थियो ।
उक्त १५ बुंदे प्रतिबेदन अहिलेसम्म कार्यनयन भयको छैन ।यसरी सम्झौता हुने कार्यान्वयन नहुने ,निर्णय हुने कार्यनयन नहुने ,छलफलदेखि छलफलसम्म ,सहमति देखि सहमति सम्म र बैठक देखि बैठकसम्म  निर्णयहरु गोलचक्कर लागिरहेको  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष बिचको बिबाद एउटा समुहले जबर्जस्त पदको लागि भनी स्थापित गर्न खोजिरहेको छ भने अर्को समुहले बिचार,कार्यशैली र पार्टी नीति पद्धतिमा चल्नु पर्ने कुरामा जोड गरियको देखिन्छ ।तर दुबै पक्ष कुनै हालतमा पार्टी फुट्दैन र फुटाउनु हुन्न भन्न पनि छोड्नु भयको छैन ।
 पार्टीको ठुलो पंक्ति एकताको पक्षमा रहेको अबस्थामा र पार्टी फुट्दा कसैलाई पनि फाईदा नहुनेअबस्थामा पार्टी फुटाउनु भन्दा अहिलेसम्मका उपलब्धिको रक्षा गर्नु नै महत्त्वपूर्ण कुरा हुनेछ ।किनकि यहिवेला एकातिर दक्षिणपन्थी तथा पुनरुत्थानवादिहरुले धमिलो पानीमा माछा मार्ने कोशिस गरिरहेका छन्।पुर्व राजा ज्ञानेन्द्र शाहाले दलहरुमाथी प्रश्न उठाउदै लिखित सन्देश बाडिरहेकाछन्  त्यस्तै पुर्व पन्चेहरु गत कार्तिक २५ देखि देशका विभिन्न ठाउहरुमा निरन्तर राजा अाऊ देश बचाऊ भन्दै नारा लगाई रहेका छन् र प्रदर्शन गरिरहेका छन् ।ईतिहासमा यति ठुलो त्याग बिरता र बलिदानबाट निर्मित संबिधान र संघियताको मर्म र भावना माथि धावा बोलिरहेका छन् ।
सम्राज्यवादि र बिस्तारवादिहरुले त्यसमा यो वा त्यो रुपले अागोमा घिऊ थप्ने काम गरिरहेका छन् ।यस्तो अबस्थामा पार्टी अन्तरबिरोधलाई ठिक ढंगले हल गरि एकता बद्ध बनाई अगाडि जानूनै बुद्धिमता पुर्ण कार्य हुनेछ ।यसको लागि गत भाद्र महिनामा पारित भएको १५ बु््दे प्रतिबेदन कार्यनयन गर्नु , अहिलेसम्मका कमिकमजोरी उपर दुबै अध्यक्ष र सचिवालय तथा  पार्टी स्थायी समिति सदस्यहरुले अालोचनागर्नु तथा अात्मअालोचित हुनु र अलिखित तथा मौखिक सहमतिलाई लिखित रुपमा ठोस् गरि पार्टी नीति पद्धतिमा सरकार चल्नुनै मुख्य कुरा  हुन अाउछ ।
अहिलेसम्म टठ्स्थ रहि पार्टी एकताको पक्षमा जोडदार संघर्षरत रहनु भयका पार्टी सचिवालय सदस्य तथ गृहमन्त्री राम बहादुर थापालगायतका नेताहरुले यसपटक पनि महत्त्वपूर्ण भुमिका निर्वाहा गर्नु हुनेछ भन्नेमा अाम जनसमुदाय , पार्टी नेता कार्यकर्ता र शुभचिन्तकहरु ढुक्क छन् ।कुनै पनि वस्तुको अन्तय हुन अान्तरिक पक्ष प्रधान हुन्छ र बलियो र एकताबद्ध हुन पनि अान्तरिक पक्ष नै प्रधान हुन्छ ।
अान्तरिक पक्ष मजबुत हुन अान्तरिकपक्षबाट नै  पहलकदमी लिन जरुरी हुन्छ । त्यसैले अहिले पार्टी फुटबाट जोगाउन, अहिलेसम्मकै उपलब्धिको रक्षा गर्न र समाजवादी ब्यवस्थाको स्थापना गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को एकता अनिवार्य छ तर सहि निति निर्णयमा अाधारित रहेर त्यसको लागि  अहिलेको अन्तरबिरोध हल गर्न र भविष्यमा पनि यस्ता समस्याको समाधानको लागि तेस्रो तर बैज्ञानिक र ब्यवहारिक कार्यदिशा सहितको नयाँ नेताको खांचो नेपाल कम्युनिस्ट पार्टी (नेकपामा) अहिले खड्कियको छ।
-लेखक राम कुमार कार्की  नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) जिल्ला सचिवालय सदस्य हुन् ।