मापदण्ड पालना नगर्ने ह्याम्ससहित ४ ल्याबलाई २४ घण्टे स्पष्टीकरण माग

मूलखबर संवाददाता
काठमाडौं, ८ मंसिर

काेराेना भाइरस काेभिड १९ काे स्वाव परिक्षण गर्ने चार नीजि प्रयोगशालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले स्पष्टिकरण सोधिएका प्रयोगशालाहरुमा सेन्टर डायग्नोस्टिक ल्यावरोटरी, सुर्या हेल्थ केयर, ह्याम्स अस्पताल र स्टार अस्पतालका प्रयोगशाला रहेका छन् ।

मन्त्रालयले तोकिएको समयसम्म परीक्षण गरिएका नमूना भण्डारण गरी राख्नैपर्ने व्यवस्थाको पालना नगरेको भन्दै ती प्रयोगशालाहरुलाई स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पिसिआर परिक्षण गरिएका नमुना भण्डारण गरिएका नमुना राख्नैपर्ने भए पनि ती कम्पनीले नमुना भण्डारण नगरेको जानकारी दिनुभयो ।

मन्त्रालयका प्रवक्ता गौतमले पीसीआर गर्दा नेगेटिभ रिपोर्ट आएको नमूना एक महिनासम्म र पोजेटिभ आएको नमूना तीन महिनासम्म भण्डारण गरी राख्नुपर्ने व्यवस्थालाई नीजी प्रयोगशालाले उक्त व्यवस्था पालना नगरेको पाइएको बताउनुभयो ।