लमजुङ दाेर्दी जिताैरेमा जिप दुर्घटना : १ मृत्यु, ११ गम्भीर घाइते (नामावली)

मूलखबर संवाददाता
काठमाडौं

लमजुङ जिल्लाको दोर्दी गाउँपालिका ४, जितौरे नजिकै कपासे भन्ने स्थानमा मंगलबार साँझ जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ११ जना सख्त घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको टाउकोमा गम्भीर चोट लागेको छ ।

दुर्घटनामा परेर दोर्दी ५, छतिगाउँकी अन्दाजी ७० वर्षीया सुनि गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट उपचारका लागि नौथर शेरास्थित मेडिकलमा ल्याउादै गर्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

बेंसीसहरबाट दोर्दी ५, पाचोक जाँदै गरेको ग१ज २१२७ नम्बरको बोलेरो जिप साँझ सवा ६ बजेतिर सडकबाट किसेदीखोलामा खसेको हो ।

घाइते सबैलाई बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याएर उपचार थालिएको छ ।

दुर्घटनामा परेर दोर्दी ५ का २० वर्षीय प्रकाश गुरुङ, १५ वर्षीय निराजन गुरुङ, १७ वर्षीय सुरेश गुरुङ र दोर्दी ४ का ४८ वर्षीय पञ्चबहादुर तामाङको टाउकोमा गम्भीर चोट लागेको छ ।

दोर्दी ५ का ३५ वर्षीय दुखित गुरुङ, ५ वर्षीय दिप्सन गुरुङ, १० वर्षीया आशिका गुरुङ, ४२ वर्षीया मसिना गुरुङ, १६ वर्षीय निरञ्जन गुरुङ, ८ वर्षीया निर्जला गुरुङ र चालक दोर्दी ५ कै ३७ वर्षीय मक्कनसिंह गुरुङ सख्त घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण स्पष्ट नभएपनि कच्ची बाटाेमा गाडिकाे टायर फँसेपछि गाडि सडकबाट ५ मिटर तल किसेदी खाेलामा खसेर दुर्घटना भएकाे थियाे ।