बाणिज्य बैंकहरुमा कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म सबै शाखा बन्द हुने

मूलखबर संवाददाता
काठमाडौं,
सामान्य अवस्थामा  दशैं तथा तिहारमासमेत सिमित शाखाका सिमित काउन्टर खुला गरेर सेवा दिएको बैंकहरुले यसपटको तिहारमा पनि कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म सबै शाखा बन्द हुने भएको छ ।
 
बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले एक सूचना जारी गर्दै तिहारमा कुनै पनि शाखा नखुल्ने बताएको  छ ।
 
यद्यपि डिजिटल बैंकिङ र एटिएम सेवाहरु भने सुचारु रहनेछन् । बाणिज्य बैंकहरुमा हालसम्म ६ हजार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बैकिङ क्षेत्रमा हाल ५० हजार भन्दा बढी कर्मचारी कार्यरत रहेको भनिएको छ ।  कोरोनाको बढ्दो क्रास र ठुलो संख्यामा कर्मचारीमा कोरोना हुँदा पनि आफूहरुले सेवा दिइरहेको बैकर्स एसोसिएसनले भनेको छ ।