
काठमाडौं उपत्यकामा थप १४२८ संक्रमित
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप १४२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ६३० महिला र ७९८ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये काठमाडौंमा १५ हजार ९२८, ललितपुरमा २२५९ र भक्तपुरमा ११४३ जना सक्रिय संक्रमित रहेका छन् ।
