काेराेना संक्रमित एक स्वास्थ्यकर्मीको डायरी -‘तिहार ! तिमीलाई मिस गर्ने छैन, म’

रामहरि अधिकारी
काठमाडौं

रेडियोमा दशैको सुमधुर मंगल धुन साथै दशै तिहारको शुभकामना सन्देशहरु बज्न थालिसकेको थियो । बजारमा किनमेल गर्नेको भिड पनि दिन प्रतिदिन बाक्लीँदै थियो, “दशै लागिसक्यो तँ कहिले आउछेस्, घर” ? ममी सोध्नुहुन्थ्यो । ‘फुलपातीको अघिल्लो दिन आइपुग्छ’ु, म ढुक्क बताईदिन्थे । ओहो ! अबको एक हप्तामा त घर पुगिन्छ । निकै उत्साहित थिएँ म ।

मेरो नाम सुष्मा श्रेष्ठ । घर काभ्रेको कुन्तावेशीमा जन्मेकी, गाउँ अनि पछि काठमाडौँमा हुर्केकी । मध्यम वर्गिय परिवारको कान्छी छोरी म, वाजे, वज्यै, बुबा आमाको लाडप्यारमा दाई र दिदीसंग खेल्दै, लड्रदै र झगडा गर्दे हुर्किएँ । बुबा आमाले आफूले शिक्षाको महत्व राम्ररी वुझ्नु भएकोले मलाई पढाई लेखाइमा सधैँ उत्पे्ररीत गर्नुभयो । मैले लगातार पढ्रदै गएर जनस्वास्थ्यमा स्नातक (वि। पि। एच्।)सकेँ । यही बीचमा रोट्र्याक्ट क्लव जस्ता सामाजिक संस्थामा पनि काम गरेँ, सामाजिक अभियानमा सहभागी भएँ । वि। पि। एच्। पढीसकेपछि पनि सामाजिक सेवामा निरन्तर लागि रहेँ र स्वयम्सेवी भएर पनि काम गरेँ । यसै क्रममा मेरी स्टोप्स इन्टरनेशनल नेपालको सुनौला परिवार नेपालमा जिल्ला कार्यक्रम अधिकृत भएर दैलेख जाने मौका प्राप्त भयो ।

मैले घरमा यो कुरा वताउँदा सवैजनाले पीर मान्नुभयो । उहाँहरुले मलाई सानै देख्नु भएको थियो । शहरी वातावरण जन्मे हुर्केकी केटी म कसरी त्यति परको जिल्लामा एक्लै काम गर्न सकुँला, नेवारी परिवारमा जन्मेको मैले त्यहाँका फरक जाति जनजातिसित कसरी भिज्न सकुँला भनेर उहाँहरु सवैको चिन्ता थियो ।

तर जनस्वास्थ्यको विद्यार्थी भएर मैले समग्र देशका समुदायको वारेमा धेरथोर जानकारी लिएकी थिएँ । सामाजिक संस्थामा काम गर्दा गरीव दुखिहरको जीवन नजिक वाट हेरेकी थिएँ । मलाई आफू भौतिक रुपमा नपुगे पनि सन्चार माध्यमको विकासले गर्दा देशका हरेक भाग पुगेजस्तो लाग्थ्यो ।

अनि फेरी देश दर्शन गर्ने, आफ्नो देशको कुनाकन्दरा अवलोकन गर्ने र जति सकिन्छ गरीब दुःखीको सेवा गर्ने मनभित्र तिव्र चाहना त छँदै थियो । अहिले देश दुनियाँ नघुमे कहिले घुम्ने अनि देशको जनस्वास्थ्यमा अहिले योगदान नगरे कहिले गर्र्ने भाव मनमा आयो ।
मैले मेरो घरका सवैलाई मेरो निर्णय सुनाए, ‘म दैलेख जान्छु । आखिर म आफ्रनो ख्याल राख्न सक्ने भैसकेको छु, किन आत्तिनु हुन्छ ? तपाइँहरुकी छोरी त अव सक्षम भैसकी, साना तिना दुखलाई ह्यकुलाले दवाउन सक्ने ।’
भन्न त भनेँ, तर मनमा कता कता यौटा त्रास पनि थियो ।

वुवा मामु लगायत सवैले भारी मनले विदा गर्नु भयो । म दैलेख प्रस्थान गरेँ । नयाँ ठाउँ, नौला मान्छेहरु, बोलि–चालि, रहन–सहन सवै नौलो ।

तर मेरो संस्थाले पनि मलाई त्यहाँ गर्नु पर्ने काम र जिम्मेवारीको बारेमा वुझायो र फिल्डका साथीहरुलाई त्यहाँ आवश्यक पर्ने सहयोग गर्न भन्यो । साथीहरुले आफ्नो मायाँ ममता र सहयोगद्धारा एक्लो महसुस हुन दिएनन् । गाउँपालिका, नगरपालिकामा काम गर्ने स्वास्थ्यकर्मी साथीहरु र अन्य साझेदार दाजुभाई दिदी वैनीहरुले पनि मलाई राम्रो सहयोग गर्नु भयो ।

सवैको सहयोगले म मेरो काममा म अभ्यस्त हुँदै गएको वेलामा संसार भर कोभिड १९ को महामारी शुरु भयो । अन्य देशमा हुँदै नेपालमा पनि यो महामारी आइपुग्यो ।

तर यौटा जिम्मेवार संंस्थाको जिम्मेवार कर्मचारी भएको कारण सरकारको सुरक्षा सम्वन्धि निर्देशनको पालना गर्दे जसरी सकिन्छ त्यसरी नै आफ्नो काममा लागि रहेँ ।

चैत्रको अन्तिम हप्ता देशव्यापी लकडाउन शुरु भएपछि म पनि घर आएँ । तर घर आए पनि मेरो जिम्मेवारी संगै थियो । घरमै वसेर पनि टेलिफोन, इमेल र अप्रत्यक्ष वैठकहरु मार्फत संस्था, समुदाय र कर्मचारीहरुसग निरन्तर सम्पर्र्कमा रहेँ ।

लकडाउनले गर्दा मेरी स्टोप्स्दारा दिदै आइरहेको परिवार नियोजनको सेवा तीन महीनासम्म पुणरुपले ठप्प नै भएको थियो। र भारतबाट वैदेसिक रोजगारीमा गएकाहरु प्।mर्किए लगतै परिवार नियोजन सेवाको माग पनि ह्वातै बढेको थियो । यस्तोमा सघै कोरोना सक्रमणको डरले केही नगरी बस्न पनि त उचित थिएन । त्यसैले लकडाउन खुकुलो भएपछि म पनि परिवारले नजान गरेको आग्रहलाइ नकारेर आफ्रनो कार्यक्षेत्रमा फर्किएँ । सुरक्षाका विधिहरुलाई अपनाउँदै आफ्रनो कामलाई निरन्तरता दिइयो ।

नेपालका अन्य भाग झैँ दैलेखमा पनि संक्रमण वढ्रदै गयो । दिन दिनै मान्छेहरु मरेको समाचार आउन थाल्यो ।
मेरा आफ्रनै आफन्त र साथीहरु पनि संक्रमित भएका्े मन झसंग हुन्थ्यो । तर यौटा सच्चा इमान्दार स्वास्थ्यकर्मीले यस्तो वेला आफ्रनो कर्तव्यवाट विचलित हुन हुँदैन भनेर आफ्रनो काममा निरन्तर लागिरहेँ ।

मनमा अलिकति त्रास आउँदा वित्तिकै कोभिड १९ संग जुधिरहेका तमाम स्वास्थ्यकर्मीहरुको वारेमा सुनेका कुरा दिमागमा आउँथ्यो । त्यति वेला सानो दूधे वच्चालाई घरमै छोडेर लगातार महिनौ सम्म घरै आउन नपाई कोभिड १९ का विरामीको स्याहार गर्ने नर्सहरु, मास्क र पिपिइ निरन्तर पहिँरेको कारण नाकमा घाउ नै हँदा पनि विरामीको सेवा गर्न नछोडेका चिकित्सकहरु, महिनौँ कोरोनाको महामारीमा खटेको वेला घरवेटीले डेर।मा ताल्चा लगाइदिएका जनस्वास्थ्यकर्मीहरु सवैलाई सम्झिन्थेँ । अनि मलाई आफ्र्रनो समुदायको सेवामा निरन्तर खटिने उत्प्रेरणा जाग्दथ्यो ।

असोज २८ गते राती अचानक मेरो टाउँको बेस्सरी दुख्यो, निदाउन खोजेँ राती समय समयमा व्युँझिदा पनि दुखि रहेको हुन्थ्यो तर विहान उठ्दा फ्रेस थिएँ । ल्यापटप र मोबाइलको धेरै प्रयोगले होला, पहिला पनि समय समयमा यस्तो हुन्थ्यो त्यसैले खासै वास्ता गरिएन । भोली पल्ट विहान उठ्दा फेरी जीउ नराम्रो गरी दुखि रहेको थियो । सुताई नमिलेर होला भन्ने भयो । पर्सि पल्ट जीउ दुख्न कम भई सञ्चो भयो तर सुख्खा खोकी र सामान्य रुघा लाग्यो, अव चाँही मन डरायो । जिल्ला स्वास्थ्य सेवामा फोन गरेर बुझ्दा शनिवार श्वाव नलिने र आइतबार आउन भनियो । आइतवार विहान स्वाव दिएँ । रिपोर्ट बेलुका सम्म आउने जानकारी दिइयो । बेलुका प.हे.न. अञ्जना जी संग बुझ्दा रिपोर्ट पेन्डिङमा रहेको र पोजेटिभ आउने चान्स भएको थाहा पाएँ र भोली पल्ट बेलुका पिसिआर टेस्ट पोजेटिभ भएको यकिन भयो ।

हस्पिटलको आईसोलेसन पनि क्षमता भन्दा बाहिर भइ सकेकोले म घरमै आइसोलेसनमा बस्ने सोचेँ । घरबेटी संग एउटै परिवार जसरी बस्दै आएकोले उहाँहरुले पनि आपत्ती जनाउनु भएन । उहाँहरु स्वयं स्वास्थ्यकै कार्यकर्ता भएकोले पनि बुझ्नु हुन्थ्यो । बाथरुम, पानीको व्यवस्था स्वयं चाहिएको सामाग्री उपलब्ध गराउन सहज हुने भएकोले खासै समस्या हुने देखिएन । बेलुका घरमा खवर गरेँ । दुई चार दिनमा घर पुग्छे भनेर बाटो हेरी बस्नु भएको ममी चिन्तित हुनु निश्चित नै थियो । कोरोना पोजेटिभमा, त्यसमा पनि त्यति टाढा अर्काको ठाउँमा कतै केही भइ हाल्यो भने कसले हेर्छ ? भनेर चिन्ता लिई रहनु भएको थियो । ” मलाई केहि हुँदैन । अव १४ दिन यहि एकान्तवास वस्छु । आवश्यक परे मेरो कार्यालय अनि साथीहरु सवैले सहयोग गर्छन् । यसपालीको दशैँ मिस गर्ने भएँ, अरु केहि पीर छैन । बरु बाबा अनि अरु सवैलाई सम्झाइदिनु होला । ” भनेर सम्झाउँथे । उहाँहरु पनि खानपिनमा र आफ्नो स्वास्थ्यमा दिनु भनी रहनु हुन्थ्यो ।

भोलीपल्ट संगै काम गरी रहेका दुई जना स्टाफलाई पनि स्वास्थ्य परिक्षण गर्न पठाएँ तर एक जनाको रिपोर्ट पोजेटिभ आयो, जो म संगै फिल्डमा हिड्नु भएको थियो । विगत ७ – ८ दिन देखि हामी लगातार फिल्डमा थियौं । मास्क र सेनिटाइजर कहिल्यै छुटेन । सेवा दिने क्रममा पनि सबै प्रोटोकल अनुसार गरिन्थ्यो । डिस्टेन्स् पनि मेन्टेन् गरेकै हुन्थ्यो तर गाउँमा खाँदा बस्दा, जस्तो छ त्यस्तैमा निर्वाह गर्नु पथ्र्यो । सबै साबधानी अपनाइ रहँदा पनि कसरी संक्रमित भयौं हामी ? आफै अनभिज्ञ भयौं । साथीहरु फोनमा भन्थे, “सबैलाई यस्तो गर्नु पर्छ, यस्तो गर्नु हुन्न” भनी सिकाउने मान्छे आफु चाँही के हो ?, अब केहो के हो नि ! भाइरसले मान्छे नचिन्ने रहेछ त के गर्नु मनमनै भन्थें, दशै मनाउन घर जाने तैयारीमा लागि रहेकी म, अकस्मात आइसोलेसनमा बस्नु परिरहेको थियो । “सोचझैँ जिन्दगी रैनछ”…. भन्ने गीत आइरहेको थियो दिमागमा ।
एक मनले सोच्थें, बरु परिक्षण नै नगरेको भए घर त जान पाउँथें । फेरी सोच्थें, होइन, यदि परिक्षण नगरेको भए मैले नजानेरै कति जनामा संक्रमण फैलाउँथे । घरमा पचहत्तर बर्ष नाघेको बाजे, अजि हुन्थ्यो । मैले स्वास्थ्य परिक्षण गरेर ठिक गरें । सामान्य रुघा खोकी हो, निको भइहाल्छ भनेर वास्ता नगरेको भए झनै समस्या हुन्थ्यो ।

आइसोलेसनका दिनहरु विहान उठ्ने, तातो पानी खाने, बेसार पानी खाने, बाफ लिने, सामान्य व्यायाम र श्वास प्रश्वासको व्यायाम गरेरै शुरु हुन्थ्यो । हरियो सागपात, गेडागुडीको झोल, तातो पानी र रोग प्रतिरोधात्मक शक्ति बढाउने खानाको मात्रा एकदम बढाएँ । डाक्टर साथीहरुको सल्लाह अनुसार भिटामिन र अन्य औषधिहरु पनि लिएँ ।

दैलेखमै कार्यरत अर्काे एक संस्थाको दाइलाई फोन गरेर म संक्रमित भएको कुरा वताएँ । उहाँले नआत्तिन भन्नुभयो र आकस्मिक अवस्थामा काम लाग्छ भनेर दैलेखमा रहेका चिकित्सक र अन्य आवश्यक कर्मचारीहरुको नम्वर दिनु भयो । अनि विभिन्न स्वास्थ्य सम्वन्धि सल्लाहहरु दिनु भयो ।

अनि उहाँले आफूलाई जतिसक्दो व्यस्त राख्नु भनी आाफूले लेखेका साहित्यिक कराहरु पठाइदिनु भयो र मलाई पनि यसैगरि आफ्रना अनुभवहरु लेख्न सुझाव दिनुभयो । साथीहरुपनि “आफ्नो मनोबल उच्च राखेर खानपानमा ध्यान दिए चाँडै निको भइन्छ” भनी सान्त्वना दिइरहेका हुन्थे ।

दशैको दिनमा भिडियो कलबाटै आशिर्वाद लिई रहँदा र फेस बुकमा सबैको टिका र जमरा लगाएको परिवारिक फोटो हेर्दा मनमा नराम्रो लाग्यो तापनि समय परिस्थिति यस्तै छ । यसरी नै चल्नु पर्यो भनेर चित्त बुझाएँ । आखिर म मात्र एक पनि त थिइन ! घर परिवारसँग बारम्बार कुराकानी र आफनै विभिन्न कामहरुमा व्यस्त रहिरहँदा समय कटाउन खासै गारो भएन । सोची रहन्थें, मैले त सजग भएर समयमै परिक्षण गरें, आफुबाट अरुलाई संक्रमित हुनबाट जोगाएँ तर कति धेरै मान्छे होलान् जो कोरोनालाई सामान्य रुखा खोकी मानी वास्ता नगरेरै संक्रमण फैलाइ रहेका होलान् । रोग प्रतिरोधात्मक शक्ति बलियो भएकाहरुलाई संक्रमण भएत यससँग लड्न सक्लान् तर वृद्ध, बच्चा, गर्भवती, सुत्केरी जसको रोग सँग लड्ने क्षमता कम हुन्छ उनीहरुमा संक्रमण हुन गए पक्कै पनि अवस्था विकराल छ । त्यसैले आफु सजग हुनु अत्यन्तै जरुरी छ । रोगसँग डराउनु पर्छ तर आत्तिनु चाँही हुदैन । परिवारको माया, साथी, आफन्त, प्रेरणा र आफ्नो नजिकका व्यक्तिहरुबाट उचित साथ र सहयोग पायो भने कोरोना सँग लड्ने मनोबल उच्च हुने र साहस मिल्दोरहेछ ।

१६ औं दिनसम्मको आइसोलेशन पश्चात स्वाद र वास्ना आउन थालेको साथै श्वास–प्रश्वास सहज र खोकी निकै कम भएकोले रिपोर्ट नेगेटिभ आउने पुर्णआशा सहित फेरी एक पटक स्वाव परिक्षणकोलागि दिएँ । तर अफसोस रिपोट पुन पोजेटिभ नै आयो । अव त दशैँ मात्रै होइन, तिहार पनि यस्तै हुने होकि भन्ने डर भयो । तर आशा छ, अब एक हप्ता पछि चाहिँ रिपोर्ट नेगेटिभ आउने छ । मेरो मनोवल उच्च छ, म छिटै यो कोरोनालाई जित्ने छु भन्ने अठोट छ । मेरी आमाले पकाएको सेलरोटी मिस गर्ने छैन म । तिहार, तिमीलाई मिस गर्ने छैन, म ।

प्रस्तुतिः राम हरि अधिकारी
मितिः २०७७ कार्तिक २१