नख्खु जेल विद्रोहका नेता लामाको समयमा उपचार नपाएर निधन, विश्वमणीले लेखे यस्तो स्टाटस
नख्खु जेल विद्रोहका नेता तथा पूर्व सांसद वीरबहादुर लामाको आइतबार बिहान निधन भएको छ । लामो समयदेखि बिरामी ७० वर्षीय लामाको पछिल्लो अवधिमा समयमा उपचार नपाएर छट्पटाउँदै पाटन अस्पतालमा निधन भएको हो ।
उनको उपचारको लागि थुप्रैपटक बालुवाटारस्थित प्रधानमन्त्री कार्यलयमा कुरा गर्दा प्रधानमन्त्री ओलीले भेट दिन नचाहेको भन्दै उनका आफन्त र मकवानपुर नेकपाका कार्यकर्ताले गुनासो गरेका थिए ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४ फोखल निवासी लामाको रच्च रक्तचाप र मधुमेह रोगका कारण दुवै मिर्गौलाले काम नगर्ने भएपछि पछिल्लो पटक कात्तिक १४ अस्पताल भर्ना गरिएको थियो ।
वि।सं। २०४९ सालमा तत्कालीन जिल्ला विकास समिति मकवानपुरको सभापति र २०५६ सालमा मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं। ३ बाट प्रतिनिधि सभाको सदस्यमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो ।
तत्कालीन कोअर्डिनेशन कमिटीमा आबद्ध हुँदै कम्युनिष्ट राजनीतिमा लाग्नुभएका लामा आन्दोलनमा सहभागी हुने क्रममा नख्खु जेलमा पर्नुभएको थियो । चर्चित नख्खु जेल विद्रोहका नेताहरुमध्येका एक लामासहितका २०३३ साल चैत १२ गते राति नख्खु जेल ब्रेक गरेर बाहिर निस्किएर भूमिगत राजनीति गर्नुभएको थियो ।
नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका लामा तत्कालीन नेकपा ९एमाले० केन्द्रीय सदस्य भएर काम गर्नुभएको थियो । पहिचानको राजनीतिका पक्षधर लामा नेकपा एमालेबाट अलग हुँदै अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीमा आबद्ध हुनुभयो । सङ्घीय समाजवादी पार्र्टी र उपेन्द्र यादव नेतृत्वको फोरमबीच एकीकरण भएपछि उक्त पार्टी परित्याग गरेर रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीको वरिष्ठ नेता बन्नुभएकोमा पछिल्लो समय राजनीतिमा खासै सक्रिय रहनुभएको थिएन ।
तत्कालीन जिल्ला विकास समिति र सांसद मकवानपुरको विकास निर्माणमा उहाँको महत्वपूर्ण भूमिका थियो । पूर्व सांसद लामाको धार्मिक विधिअनुसार कहिले र कहाँ अन्तिम संस्कार गर्ने भन्ने बारेमा छलफल भइरहेको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिनुभयो ।
उनको निधन समयमा उपचार नपाएरु अस्पतालमा छटपटाइ छट्पटाई भएको भन्दै पत्रकार विश्वमणी सुवेदीले सरकारको आलोचना गरेका छन् । उनले प्रदिप नेपाललाई सम्बोधन गर्दे लेखेको सटाटसमा भनिएको छ ।
आदरणीय कमरेड प्रदीप नेपाल, सुन्नुभयो नि, तपाईंकै जीवनको र सिंगो नेपाली कम्युनिष्ट आन्दोलनले गर्व गर्ने नख्खु जेलब्रेकका योद्धा वीरबहादुर लामाले समयमा उपचार नपाएर, पर्याप्त उपचार खर्च नभएर अस्पतालमा छ्ट्पटाई(छ्ट्पटाई प्राण त्याग्नुपरेको !
तपाईं पनि विमार हुनुहुन्छ । विमारको चिन्ताले हैन, माधव नेपाललाई सम्झाइदेउ, मिलाइदेउ भन्न बालुवाटारको जत्था लर्को लागेर यहाँको गोठाटार डेरामा पुग्यो । संवेदनाहीन, सत्तासुखका आशक्तले देश चलाएको बेला आन्दोलनको विरासतका एउटा नाइके वीरबहादुरका निम्ति कोही भइदिएनन् । मकवानपुरका कमरेडहरुले बाराम्बार बालुवाटारको ढोका ढक्ढकाए । तर, सुन्ने कोही भएनन् । के तपाईंलाई हामी भनौं कि, आफ्नो सत्ता टिकाउन माधव नेपाललाई फकाइदिनु पर्यो भन्नेहरूलाई बोलाएर तीनचोटी थुकेर पठाइदिनुस् ! तर, तिनीहरू घृणालायकका पनि रहेनन् । यस्तो निर्दयी सरकार, यस्ता निकृष्ट पात्रको हालीमुहाली चलेको बेला भोलि हाम्रो पनि यस्तै दिन आउने न हो १
तपाईंबाट आशा छ कि, यो सन्दर्भमा नख्खु जेलमा सुरुङ्ग खनेर जेलब्रेक गरेको, त्यहाँबाट वीरबहादुको गाउँ फाखेल पुगेपछिको जिन्दगी, पार्टी आमाले खुवाएको ढिडोका गौरवशाली प्रसङ्ग फेरि यो पुस्तालाई पस्किनु हुन्छ । यो दुस्खको घडीमा आदरणीय वीरबहादुर कमरेडप्रति भावपूर्ण श्रद्धाञ्जली । उहाँकी छोरी तथा हाम्री बहिनी श्रमिक सहित परिवारजनमा धैर्यधारणको कामना !