यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
जाे बाइडेन बने अमेरिकी ४६ अाैं राष्ट्रपति र ह्यारिस उपराष्ट्रपति, ट्रम्पद्वारा पराजय अस्विकार. अन्ततः विश्व महाशक्ति अमेरिकाकाे नेतृत्व जाे बाइडेनकाे हातमा अाएकाे छ । नाेभेम्बर ३ मा भएको राष्ट्रपतिय निर्वाचनको ४ दिनसम्मको परिणाममा अावश्यक २७० इलेक्ट्राेल मत प्राप्त गरेपछि बहालवाला राष्ट्रपति डाेनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिका लागि विजयी भएका हुन् ।. बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा विजयी भइसकेको प्रोजेक्सन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु सिएनएन, अलजजिरा र एशोसियट प्रेसले पेन्सिलभेनियामा बाइडेन विजयी भइसकेको प्रोजेक्सन गरेका हुन् । सिएनएनले अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयी भएको घोषणा गरेको छ ।. चुनावी परिणामसँगै कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति बनेकी छन् । उनी पहिलो अश्वेत तथा दक्षिण एसियाली मूलकी उपराष्ट्रपति पनि भएकी छन् । ह्यारिसले ट्वीट गर्दै आफू र बाइडेनको मात्र नभई चुनावमा अमेरिका र यसका लागि लड्नेहरूको जित भएको उल्लेख गरेकी छन् । ‘हामीले धेरै गर्न बाँकी छ । अब सुरु गरौं,’ उनले ट्वीटरमा लेखेकी छन् ।. बाइडेनका प्रतिस्पर्धी डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि असफल हुने एघारौं राष्ट्रपति बनेका छन् । नतिजा घोषणाका समय भर्जिनियास्थित रिसोर्टमा गल्फ खेलिरहेका ट्रम्पले जो बाइडेन हतार गरेर विजेता घोषित भएको दाबी गरे । सञ्चारमाध्यमले बाइडेनलाई समर्थन गरेको र उनीहरूले सत्य सार्वजनिक होस् भन्ने नचाहेका ट्रम्पको आरोप छ । ‘सामान्य तथ्य भनेको यो चुनाव अझै सकिएको छैन,’ ट्रम्पद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले आफ्नो अभियानले चुनावी परिणामप्रति सोमबार अदालतमा चुनौती दिने बताए । ‘बाइडेन कहाँ लुकेका छन् ? अमेरिकी जनताले दिएको मत इमानदार रूपमा गणना नगरेसम्म म चुप लाग्नेवाला छैन,’ उनले भने ।.
जाे बाइडेन बने अमेरिकी ४६ अाैं राष्ट्रपति र ह्यारिस उपराष्ट्रपति, ट्रम्पद्वारा पराजय अस्विकार
मूलखबर संवाददाता
काठमाडौं, २३ कात्तिक
अन्ततः विश्व महाशक्ति अमेरिकाकाे नेतृत्व जाे बाइडेनकाे हातमा अाएकाे छ । नाेभेम्बर ३ मा भएको राष्ट्रपतिय निर्वाचनको ४ दिनसम्मको परिणाममा अावश्यक २७० इलेक्ट्राेल मत प्राप्त गरेपछि बहालवाला राष्ट्रपति डाेनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिका लागि विजयी भएका हुन् ।
बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा विजयी भइसकेको प्रोजेक्सन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु सिएनएन, अलजजिरा र एशोसियट प्रेसले पेन्सिलभेनियामा बाइडेन विजयी भइसकेको प्रोजेक्सन गरेका हुन् । सिएनएनले अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयी भएको घोषणा गरेको छ ।
चुनावी परिणामसँगै कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति बनेकी छन् । उनी पहिलो अश्वेत तथा दक्षिण एसियाली मूलकी उपराष्ट्रपति पनि भएकी छन् । ह्यारिसले ट्वीट गर्दै आफू र बाइडेनको मात्र नभई चुनावमा अमेरिका र यसका लागि लड्नेहरूको जित भएको उल्लेख गरेकी छन् । ‘हामीले धेरै गर्न बाँकी छ । अब सुरु गरौं,’ उनले ट्वीटरमा लेखेकी छन् ।
बाइडेनका प्रतिस्पर्धी डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि असफल हुने एघारौं राष्ट्रपति बनेका छन् । नतिजा घोषणाका समय भर्जिनियास्थित रिसोर्टमा गल्फ खेलिरहेका ट्रम्पले जो बाइडेन हतार गरेर विजेता घोषित भएको दाबी गरे । सञ्चारमाध्यमले बाइडेनलाई समर्थन गरेको र उनीहरूले सत्य सार्वजनिक होस् भन्ने नचाहेका ट्रम्पको आरोप छ । ‘सामान्य तथ्य भनेको यो चुनाव अझै सकिएको छैन,’ ट्रम्पद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले आफ्नो अभियानले चुनावी परिणामप्रति सोमबार अदालतमा चुनौती दिने बताए । ‘बाइडेन कहाँ लुकेका छन् ? अमेरिकी जनताले दिएको मत इमानदार रूपमा गणना नगरेसम्म म चुप लाग्नेवाला छैन,’ उनले भने ।