दिव्यज्योति युवा क्लबद्वारा पल्लाेटारीका पहिराेपीडितलाई २१ लाख सहयाेग

मूलखबर संवाददाता
काठमाडौं

दिव्यज्योति युवा क्लब मर्स्याङ्दी-९,पामचोकद्वारा मर्स्याङ्दी गाउँपालिकाका पहिरो पीडितहरुका लागि संकलन गरिएको सहयोग रकम रु.२२ लाख ६० हजार १सय ७६ मध्ये पल्लोटारी बिपद ब्यबस्थापन समिती कोषमा रु. २१ लाख १ हजार १ सय ७६/ ३६ पैसा अाज हस्तान्तरण गरिएको छ । त्यसबाट बाँकी रकम गा.पा. का अन्य वार्डका पहिरो पीडितहरुलाई हस्तान्तरण गरिएको उपाध्यक्ष हाेम बहादुर विकले जानकारी दिए ।

उनले समाजसेवामा तल्लीन दिब्यज्योति युवा क्लब परिवारलाई हार्दिक धन्यवाद दिएका छन् ।  उनले  युवाहरुकाे सिर्जनात्मक कामकाे मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

उनले  सहयोगी सबै ब्यक्तिहरु प्रति हार्दिक अाभार व्यक्त गर्दै आर्थिक सहयोग जुटाउन समन्वय र सम्पर्क गर्ने क्लब अध्यक्ष कुमार भण्डारी,सहयोग सङ्कलन समितिका संयोजक बिकास भण्डारी,अगुवाइ गर्ने परशुराम थापा,सन्तोष थापा,सरोज भण्डारी लगायत आमा समुह सबै सदस्यहरु प्रती धन्यवाद व्यक्त गरेका छन् ।