सुन्दर सुर्खेतको नविर्सने स्मरण : खोलामा पुग्दा पुल गायब
म नयाँ नयाँ ठाउँमा यात्रा गर्न र त्यहाको जनजीवन हेर्न रुचाउने मान्छे हुँ । आफूले खर्च गरेर घुम्न त्यति सक्षम नभए पनि जागीरको दौरान धेरै जिल्ला घुम्ने मौका प्राप्त भयो जसको मैले धेरै भन्दा सदुपयोग गर्ने प्रयास गरेँ ।
यसै क्रममा सुर्खेतको बीरेन्द्रनगरसम्म पुग्ने मौका २०७४ प्राप्त भएको भए पनि मेरो मनमा सुर्खेतका कुनाकाप्चा घुम्ने असाध्यै ठूलो रहर वाँकि नै थियो ।
सुर्खेत पूर्व पश्चिम पातलो गरि करीव १५० किमिसम्म फैलिएको छ । दक्षिणमा होचो चुरे पर्वतमाला र उत्तरमा महाभारतको २४०० मिटरको उचाईसम्म फैलिएको यो जिल्ला पूर्वमा जाजरकोट र सल्यान तथा पश्चिममा कैलाली , डोटी र आछामसंग जोडिन्छ । यसको दक्षिणमा वाँके र वर्दिया पर्दछन् भने उत्तरमा दैलेख पर्दछ । यस जिल्लामा वीरेन्द्रनगर र यस्तै ३/४ वटा ससाना उपत्यकाहरु छन् ।
चुरे क्षेत्रमा ठूला ठूला जंगलहरु भएको यसको पश्चिम पट्टी तीन तिरवाट कर्णली नदीले वेरेको छ भने भेरी नदी पूर्ववाट केहि क्षण सल्यानको सिमाना हुदै वगेर सुर्खेलाई तेर्सो गरि चिर्दे कर्णालीमा गएर मिसिन्छ ।
यसरी वर्णित सुर्खेत गएर पुरै जिल्ला घुम्ने अवसर चाहिँ यौटा स्वास्थ्य परियोजनाको जागीरले मिलाइदियो । दैलेख सहित सुर्खेत हेर्ने गरि नियुक्त भए पछि २०७५ सालको वैशाख १२ गतेको दिन सुर्खेततर्फ यात्रा गरियो ।
सुर्खेत वीरैन्द्रनगरमा कार्यक्रमको केहि दिनको
अभिमूखिकरण सकेपछि एक एक गर्दे जिल्लाका विभिन्न गाउँ नगरपालिका घुम्ने मौका मिल्यो । विसं २०७६ को जेष्ठसम्ममा जिल्लाका सवै ५ वटा नगरपालिका र ४ वटा गाउँपालिकाका ९९ वटै वडाहरुमा पुग्ने मोका प्राप्त भयो, जुन मौका पाउने व्यक्ति सुर्खेतमै पनि केहि नेता वाहेक अरु नहोलान् ।
घुम्दै जाँदा थाहा भयो , वीरेन्द्रनगर शहर हेरेर अनुमान गरे भन्दा सुर्खेत निकै फरक रहेछ । घुम्ने क्रममा विभिन्न अविस्मरणीय अनुभव भए, जुन सम्पूर्ण रुपमा यहाँ उल्लेख गर्न सकिन्न । तर ति मध्ये केहि यहाँ प्रस्तुत गरेको छु ।
२०७५ को वैशाख २४ वीरेन्द्रनगरवाट पश्चिमतर्फ रहेको पंचपुरी नगरपालिको सदरमुकाम वावियाचौर तर्फ प्रस्थान गरें । गाडीमा वीरेन्द्रनगरवाट जुम्ला जाने पक्कि सडक हुदै चुरेको जंगलै जंगल र वगर हुदै ३० किमि अगाडीको वड्डीचौरसम्म र त्यहावाट कच्चि सडक हुँदै करीव ३ घन्टा यात्रा गरेपछि ६० किमी परको वावियाचौर पगियो र त्यहाँ साँझेदारहरुसंगको भेटघाट पश्चात त्यहीँको एकमात्र अलिक स्तरिय केसी होटेलमा वसियो । घनाजंगल वीच सानो उपत्यकामा रहेको वावयिाचौर वजार ठीकैको आकारको थियो ।
भोलिपल्ट त्यहाँवाट १० किमि परको चौकुने गाउँपालिकाको सदरमुकाम गुठु वजार पुगियो । झन्डै ४० किमि लामो गाउँपालीकाको केन्द्र भने वल्लो छेउमा रहेछ । गुठु चिटिक्क मिलेको पुरानो तर अहिले भने करवि करीव सुनसान वजार रहेछ । यो वजार राजमार्ग वन्नु भन्दा पहिला कर्णालीका जिल्लाहरुवाट चिसापानी हुँदै राजापुर नून वोक्न जाने वाटो रहेछ ।
पछि माओवादीले वाटो खनेर त्यो वजारलाई पूनर्जिवित गर्ने प्रयास गरेको भन्ने सुनियो । मलाइ त्यो पुरानो नून बोक्ने वाटो हेर्न जाने रहर भयो । स्थानियहरुले वाटो विग्रेको, २०७१ को वाढीले वगाएपछि भेरी नदीमा पुल नभएको, घाममा हिँड्न गाह्रो हुने आदि कारणले गर्दा एक्लै त्यो वाटो नहिड्न सुझाए ।
तर म मेरो जिद्धिमा अडिएँ र शनिवार विहानै ७ वजे गुटुवजारवाट एक्लै दक्षिणतिर लागेँ । मान्छे हिँड्न छोडेकोले चुरेको घाँच र वगरै वगरको वाटो विल्कुल सुनसान थियो । वाटो विरीँदा सोध्ने मान्छे समेत कोहि भेटिएन । करीव ४ घन्टा पानी समेत नपिइकन हिडेपछि भेरी नदी देखियो । तर अन्धाधुन्द हिँडेकोले डुंगा चढ्न जामुको घाट पुग्नु पर्नेमा अन्तै पुगिएछ ।
वगरमा आधाघन्टा जति घुमेपछि पारीपट्टि यौटा डुंगा देखियो र हातले इशारा गरेर डुंगा वोलाएँ अनि त्यो चढेर पारीपट्टी पुगेँ ।
पारीपट्टि वगरमा आधाघन्टा हिँडेपछि तातापानी गाउँ आइपुग्ग्यो । चुरेको उत्तरपट्टि भावरको जंगलको घाँचमा रहेको त्यो गाउँका अधिकांश वासिन्दा आछामी दलितहरु रहेछन् ।
काठका जर्जर घरहरुमा वस्ने ति दलितहरुमा वालविवाह, छाउपडी जस्ता कुरितीहरु पनि व्यापक रुपमा विद्यमान रहेछन् ।
एकजना महिलाले राती सुतिरहेको वेला आफ्नो वच्चालाई टोक्न आँट्दा आफैँले मारेर फालेको गोमन सर्प देखाइन् । त्यो विषालु मृत सर्प देख्दा त्यहाँको जनजीवनको भयावह चित्र अगाडी आयो ।
त्यहावाट हिड्दै कुइने पुगेँ जहाँबाट कर्णाली र भेरीको विशाल र आकर्षक वगर पार गर्दै कर्णालीको लामो झोलुंगे पुल तरेर हिड्दै १० किलोमीटर परको चिसापानी पुग्दा साँझको ८ वजेको थियो । कर्णालीको रेशमी मार्ग जस्तै वाटो हिँडेर नयाँ अनुभव सँगाल्न पाएको खुशिमा दिनभरको थकाई विर्सेर भुक्लुक्क सुतियो ।
यस्तै अर्को अविस्मरणीय सम्झना चिंगाड खोलाको यात्राको छ । २०७५ भदौमा चिंगाड गाउँपालिकाको अवलचिंग गएको थिएँ । त्यहाँका वुढापुरानाहरुले पहिले त्यतावाट चिंगाड खोलै खोला रामघाट हुदै तराई झर्ने गरेको कुरा वताए ।
चिंगाड पछि मलाई लेकवेशी नगरपालिका जानु थियो । त्यतिवेला तारन्तार वर्षाले गर्दा जताततै पहिरो ग्एकोले सडकहरु अवरुद्ध भएको थियो ।
वीरेन्द्रनगरवाट लेकवेशीको सदरमुकाम कल्याण जाने वाटोमा पर्ने चिंगाड खोलामा पुल थिएन र खोला वढेकोले त्यहाँको वससेवा पनि वन्द भएको थियो । त्यसैले म त्यहाँ जान वीरेन्द्रनगर झरेर छिन्चु हुँदै रामघाटसम्म गाडीमा र त्यसपछि हिँडेर कल्याण जानु पर्ने हुन्थ्यो । मलाई पुरानो वाटो र त्यताको वस्ति पनि हेरीने, कल्याण पनि चाँडो पुगिने भएकोले त्यतैवाट कल्याण जान कसो होला भनेर गाउँलेहरुसंग सोधेँ । तर मान्छे हिँड्न छोडेकाले वाटो झाडिले पुरै छोपेको अनि जताततै पहिरोले गर्दा हिँड्न नसकिने भएकोले त्यो वाटो नहिँड्न सुझाए ।
तर म कसैलाई पनि त्यो वाटो जाँदैछु नभनि भोलिपल्ट विहान ६ बजेनै खुसुक्क हिँडे ।
अवलचिंगवाट वाटोका मान्छेहरुलाई सोध्दै चिंगाड खोलातिर झरेँ । तल खोलामा ढांडखेत भन्ने ठाउँनेर झोलुंगे पुल देखिएकोले त्यतैको दिशामा झर्दै गएँ ।
तर खोलामा पुग्दा पुल गायव थियो । म पुल नभएको ठाउँतिर पुगेछु । सोध्ने मान्छे कोहि थिएन । खोला तर्न सक्छु कि भनेर खोलाको छेउमा जाँदा त खोला विशाल रहेछ, तर्ने सम्भावना नै थिएन । पानी पर्न थाल्यो , ओत लाग्ने ठाउँ पनि कतै थिएन । वरपिरी हेर्दा जंगल र भिरमात्रै देखियो ।
अव भने गाउँलेको कुरा नमानेर ठूलो गल्ति गरिएछ भन्ने लाग्यो । तर अरु उपाय पनि थिएन ।
त्यसैले एक घन्टा जति भिरैभिर लहराहरुमा झुन्डिदै र लड्दै पड्दै हिँडेपछि वल्ल पुल देखियो । पुल तरेर पारीपट्टि जाँदा त बाटो नै छैन, जताततै झाडी मात्र । मैले अव वाटो नखोजि जताजता खोला जान्छ, त्यतै जाने निर्णय गरेँ ।
चिप्लेर पछारीँदा पाइन्टको वस्ने ठाउँमा फुट्यो, धन्न झोलामा जांगे थियो, त्यहि लगाएँ । मलाई आफू लडिएला भन्दा पनि लडेर झोलाको ल्यापटप फुट्ला वा र चश्मा खसेर फुट्ला भन्ने पिर भयो । अलि वेर पछि भोक पनि लाग्न थाल्यो । तर घर गाउँ केहि देखन्न थियो । कता गएर के खानु ।
केहि वेरमा खोलाको अलिक मास्तिर यौटा खेत देखियो । मैले खेतभन्दा माथि रजेना गाउँ भएको अनुमान गरेँ । अनि म खेत तिर लागेँ । खेतमा कोहि किसान रहेछन् भने उनीहरुको घरमा गएर केहि खाउँला भन्ने थियो । नभन्दै एकजना किसान खेतवाट उकालो लाग्दै गरेको भेटेँ ।
उनलाई उनको घरमा खाना खान पाइन्छ कि भन्दा घरमा खाना नभएको वताए । मैले उनी जे खान्छन् मलाई त्यहि भए हुन्छ भनेँ र उनको पछि लागेँ । करीव १२ वजेतिर ति गरीव किसानको घरमा पुगेर मकैको भातको साथ गजवको दहि खान पाइयो । हिँड्ने वेला उनले वाटोमा खानु भनेर तीनवटा मुंग्रे केरा दिए ।
त्यतावाट फेरी वाटोमा कहिले गाउँ कहिले जंगल कहिले भिर हुँदै साँझ ६ वजेतिर मझुवा भन्ने ठाउँ पगियो । दुई वटा सानो खोलाको दोभान भएको सो ठाउँमा पसल सहितका दुई तीनवटा झुप्राहरु थिए । त्यहाँसम्म कच्चि सडक पनि आई पुगेको रहेछ । त्यहाँवाट एक डेढ घन्टा जतिमा नेटा भन्ज्यांग पुगिने कुरा थाहा भयो ।
तर त्यतिवेला अत्यन्त भोक र थकाई लागेको र पानी परिरहेको अनि नेटा पगुन्जेल रात परिसक्ने भएकोले त्यहीँको यौटा पसलमा वास मागेँ ।
खान र वस्न त पाइयो । तर त्यो घरका सवै सुत्न अन्त जाँदा रहेछन् । घरवेटी दाईले झ्याल ढोका केहि नभएको माथिल्लो तलाको भुइँमा मकै र परालको थुप्रोसंगै मलाई ओछ्यान लगाइदिए ।
ओछ्यानको वरिपरि घरवेटीले मट्टितेल छर्किन थाले । के गर्या भनेर सोध्दा त्यहाँ सर्पहरु आइरहने हुँदा सर्प ओछ्यानमा नआओस् भनेर त्यसो गरेको वताए । मलाई रातभर सर्प आएर टोक्ने होकि भन्ने डर भैरह्यो ।
भोलिपल्ट कच्चि सडक हुँदै नेटातिर लागियो । अनि नेटामा चिया र राना गाउँमा खाना खाएर अगाढी वढियो ।
आजकाल सडक यातायातको कारण तथा वर्खा भएकोले गर्दा वाटो वताइ दिने मान्छे समेत भेट्न मुश्किल हुन्थ्यो । यस्तो वेला घुमेको सडकवाट नगइ सिधै छड्के उक्लिन्छु भन्दा उल्टो तिर पनि पगियो । कहिले जंगलको वीचमा वाटो हराएर हैरान भयो ।
बाटोमा पर्ने लेकवेशी नगरपालिका अन्तर्गतको डाँडागाउँ र रानागाउँवाट एकातिर वीरेन्द्रनगर अर्कोतिर छिन्चु रामघाट उपत्यका तथा प्रस्तावित मदानेचौरको हवाइमैदान क्षेत्र तथा नागवेली गर्दे वगेको भेरी नदी देख्दा “अहा यहिँ घर वनाएर वस्न पाए पनि हुन्थ्यो” भन्ने भाव मनमा आयो ।
यसरी हिलै र मैलै दिनको ३ वजेतिर कल्याणमा रहेको लेकवेशी नगरपालिका कार्यालय पुगेर मेरो त्यसपटकको साहसिक यात्रा पुरा भयो ।
यस्तै कर्णाली नदीको किनारमा रहेको लगाम वाँसपानी जाँदा हेल्थपोष्ट नभेटेर अनि फर्किँदा वाटोमा गाडी छोडेको ठाउँ पत्ता लगाउन नसकेर हैरान भएको, वेतानमा तीनैतिर कर्णाली नदी देखेर अन्योल भएको, धारापानी जाँदा भिरको वाटोमा गाईको वथानले वाटो छेकेको, शहारे जाँदा झोला हराएको जस्ता कहिल्यै नविर्सने घटनाहरु छन् । यस्तै वजेडीचौर , काफलकोट, खानीखोला, घोरेटा, छाप्रे, रतु, तरंगा, जर्वुटा, साटाखानी, मालारानी, हरिहरपुर, पोखरीकाँडा,लेखगाउँ, सालकोट जाँदाका अनुभवहरु अविस्मरणीय र अत्यन्त रोचक छन् ।
(लेखकका अन्य संस्मरणहरू पढ्दै जानुहाेला)