विज्ञ मित्रहरू ! आँक, दुधे खिर्रो र भलायो पनि wetland flora हुन्छन् ?

डा.लिलानाथ शर्मा
काठमाडौं

वनस्पति विभागले ‘ A checklist of wetland flora reported from Nepal’ भन्ने पुस्तक भर्खरै प्रकाशन गरेको छ । म पनि नेपालका सिमसारमा अलि अलि चासो राख्ने बिद्यार्थी हुनाको नाताले बिषय विज्ञले लेखेको पुस्तकमा स्वाभाविक चासो भयो ।  बिशेष र त्यहाँ उल्लेख गरिएका प्रजातिको संख्याको कारणले पनि त्याे अध्ययन गरियो । पुस्तकको कभर निकै आकर्षक छ । लेखकहरुले review र आफ्नै कामको आधारमा प्रकाशन गरेको पुस्तकका बारेमा मलाई लागेका केहि कुरा यहाँ राख्ने प्रयास गरेँ ।

पुस्तकले भन्छ – `७११ प्रजातिका वनस्पतिलाई सिमसारका वा सम्बद वनस्पति भन्न मिल्छ ।´ यो संख्या निकै उत्साहजनक हो नेपालका फुल फुल्ने मध्येका १० % जति वनस्पति सिमसारका हुनु ! तर जुन-जुन वनस्पतिलाइ सिमसारका भनि वर्गीकरण गरिएको छ तिनको सिद्दान्त र परिभाषा प्रस्ट देखिदैन। किन तेती धेरै वनस्पति त्यसरी वर्गीकरण गरिए भन्ने कुरा चाहीँ सहजै बुझ्न सकिन्छ ।

लेखकहरुले सिमसारको परिभाषा राम्रो श्रोतबाट लिनुभएको छ तर त्यो परिभाषाको मर्मलाई वनस्पति वर्गीकरण गर्दा अवलम्बन गरेको देखिदैन ।

चुरेको डाँडोमा घनत्व धेरै हुने र सुख्खा सालको बनमा हुने प्रजातिहरु समेत समावेस भएका छन् wetland flora को रुपमा ।

लेखकहरुले प्रकाशित सामग्रीमा हु-बहु बिस्वाश गर्दा सुख्खा ठाउँमा हुने वनस्पति पनि समावेस भएका छन् । wetland plants भनेर प्रकाशित कतिपय लेखमा एउटा पनि wetland plants छैनन् ।

आँक, दुधे खिर्रो र भलायो पनि wetland flora हुन्छन भने नेपालका लगभग सबै वनस्पतिलाई wetland flora भन्न मिल्छ होला । यदि riparian habitat र wet place लाइ प्रस्ट परिभाषित नगर्ने हो भने । यदी wetland plant को अलि rigorous परिभाषा लेख्ने हो भने त्यो सूचिका धेरै प्रजाति बाहिरिन सक्छन् ।