बागमती प्रदेश मुख्यमन्त्रीका स्वकीय सचिवमा कोरोना पुष्टि

मूलखबर संवाददाता
काठमाडौं, २२ असोज ।

बागमती प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिवमा कोरोना भाइरस कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

मुख्यमन्त्री डोरमणिा पौडेलका प्रमुख स्वकीय सचिव अनुप पौडेलका अनुसार स्वकीय सचिव सुमित्रा काफ्लेमा सङ्क्रमण पुष्टि भएको हो । ​

स्वीकय सचिव काफ्लेमा सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ ।

यसअघि नै परिवारका सदस्यमा संक्रमण देखिएकाले काफ्ले १५ दिनदेखि नै घरमा थिइन् । पछिल्लो समय उनले मुख्यमन्त्रीसँग भेटघाट नगरेकाले मुख्यमन्त्रीलाई संक्रमणको खतरा नभएको उनको सचिवालयले जनाएको छ । ​

स्वाकीय सचिव काफ्ले अहिले होम आइसोलेशनमा छन् । काफ्लेमा सामान्य रुघाखोकीबाहेक अन्य लक्षण देखिएको छैन । अगाडिदेखि नै क्वरेन्टिमा रहेकाले कसैलाई जोखिम नभएको उनको भनाइ छ ।

मुख्यमन्त्री कार्यालयले नियमित काम प्रभावित नहुने बताएको छ। संक्रमित व्यक्ति स्वास्थ्य मापदण्ड अपनाएर होम आइसोलेसनमा बसेकाले कार्यालयको काम नियमित हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमण बढ्दै जाँदा मुख्यमन्त्री पौडेलले भेटघाटलाई भने कम गरेका छन् ।