निजामति पुरस्कार भ्रष्टाचारी चाेख्याउने मेलाे ?

पथिक रेग्मी
काठमाडौं

संघिय सरकारले प्रदान गर्दै अाएकाे निजामति पुरस्कारबाट विभुषित हुनेहरूकाे तस्विरहरू सामाजिक सञ्जालहरूमा बधाईका साथ गर्विलाे ढंगबाट सार्वजनिक भइरहेका छन् ।  यसका सन्दर्भमा प्रकासित नामावलिसँग मेराे खासै सराेकार त छैन तर पनि निजामति पुरस्कार सिहंदरवार र मन्त्रालय वरिपरीकै व्यक्तिकाे हातमा सिमित रहेकाे देख्दा यी शब्द विवश भएर काेर्न मन लाग्याे।

सिहंदरवार यस्ताे दरबार हाे जहाँ राज्यसत्ताकाे व्यापक दुरुपयाेग गर्ने दुईचार जना सिंहहरुकै राज हुने गर्छ। हिजाे चन्द्र सम्सेरकाे पाला देखि त्यहाँ हुर्किएकाे सामन्ति सत्ताकाे मुल्य मान्यता हिजाे पन्चायत, वहुदलिय व्यवस्था, अन्तरिम सरकार, गणतन्त्र र संघिय गणतान्त्रिक सरकारकाे पालामा पनि उस्तै माैलाएर गएकाे देख्न सकिन्छ। दुईचार जना यिनै सिंहहरुकाे चाकडि चाप्लुसि र वरिपरि घुम्ने चम्चाहरुकै नग्न हस्तक्षेपका कारण नेपालकाे सम्पुर्ण कर्मचारि संयन्त्रमा नै असर परिरहेकाे दख्न सकिन्छ । अाफ्ना र अाफ्ना मातहातका भाइ भतिजा र पैसाकाे विटाे वुझाउनेहरुले नै अाज सम्मका निजामति पुरस्कार प्रा्प्त गरेकाे देखिन्छ। हजारौंको बलिदानपश्चात व्यवस्था त फेरियाे तर साेँच, शैलि र दृष्टिकोण फेरिएको छैन भन्ने दृष्टान्त यसपटकको पुरस्कार वितरणले पनि देखायाे ।

ग्रामिण दुर दराजमा रहेर जनता र राष्ट्रकाे अनवरत सेवा गर्ने निम्नस्तरका, पहुँच र व्रिफकेस सिंहदर्वारमा रहेका सिंहहरुलाई पुराउन नसक्ने सुदुर दुरदराजका निजामति सेवाका कर्मचारिहरुकाे निम्ति यस्ता पुरस्कारि अाकासकाे फल अाँखा तारि मर भनेजस्तै भएकाे छ, यी माेसफलका निजामति कर्मचारि सरकारका जिम्मेवारी र उत्तरदायित्व जनतासम्म विस्तारित गर्न गाेरुगाडा जस्तै जाेतिएर रहेका छन भनेअर्कातिर ती विचराहरुकाे कार्य सम्पादन, मुल्यांकन र कामकाे प्रशंसा तालुक निकायले गर्दैन।

कार्यलयहरमा हाकिम पद रहे पनि सारा कार्ययलयकाे कार्यभार एउटा खरिदार र कार्यालय सहयाेगिले पूरा गर्छन्। जनताका काम गरेर नथाक्ने यी प्राणिहरुलाई जनताले फुलमाला पहिराउछन सरुवाकाे विदाईमा जनता अाँखाभरि अाशु वाेकेर रुन अाईपुग्छन प्याराे सद्भाभाव देखाउछन् ।  तालुक निकायका पदाधिकारिहरु त्यसलाई घृणा सम्झन्छन खरिदार र पियनकाे लागि फुलमाला लगाउन तम्सने जनता हाकिम सरुवा हुँदा स्वागत र सन्मानका लागि त्यहाँ उपस्थित हुदैनन् । याे कस्ताे जनमुखि प्रशाशन हाे मैले पनि वुझ्न सक्दिन। निजामति पुरस्कार त ती व्यक्तिले पाउन पर्दथ्याे जाे जनताका प्रिय थिए जसले जनतालाई खुशि पारेका थिए।

याे देसका उच्च प्रशाशक सवै नितिगत भ्रष्टाचारमा लिप्त छन यहि नितिगत भ्रष्टचारकै अाडमा अकुत सम्पति कुम्लाउने गरेका छन्,  जसलाई याे देसकाे न चिन्ता छ न यस देसकाे विकास र सम्वृद्दिकाे मतलव नै छ। देसलाई गति दिने हाे र विकासकाे यात्रालाई अगाडि वढाउने हाे भने नेपाल सरकारले उच्च प्रशाशक र विज्ञलाई सेवा करारमा लिई कार्य सम्पादन सम्झाैता गराउन अावस्यक छ । यस्काे मतलव याे हाे कि निजामति कर्मचारि प्रसासनलाई एकीकृत कर्मचारि प्रसासनमा लैजाँदा पनि केही हदसम्म याे समस्या हल हुन जान्थ्याे जस्ताे लाग्छ।

कि सचिव, सहसचिवहरुकाे खुल्ला प्रतिस्पर्धाकाे अाधारमा सरकारबाट छनाेट हुँदा पनि निजामति सेवा भित्र माैलाएकाे नितिगतजन्य भ्रष्टचार अन्त्य हुनलाई केही सहयाेग गर्दथ्याे। लुट्ने माल अड्डामा वस्ने र सचिवका वरिपरका मान्छेलाई पुरस्कृत गर्ने जुन परम्परा छ, यसले निष्ठामा रहि दुर दराजका सेवामा रहेका निजामति कर्मचारि पुरस्कारका लागि छनाेट नगरिनु, ट्रेडयुनियनकाे दवावमा सिफारिस गरिनु, ठुला दर्जाका कर्मचारिका ज्वाई, चेलाचेलि, अराैटे भराैटे र हनुमानहरुमै सिमित गरिनुवाट सरकारले सामाजिक न्याय गर्न नसकेकाे देखिन्छ। लक्षमण अर्याल, ईस्वर मरहट्टा र प्रेम संजेल जस्ता व्यक्तिकाे हातमा निजामति पुरस्कार नपर्नुवाट के सिद्द हुन्छ भने निष्ठापुर्वक काम गर्ने दुरदराजका कर्मचारिहरुलाई तिनै सिंहदरवारलाई कठपुतलिकाे रुपमा चलाउने अराैटे भराैटेकै हालिमुहालि रहने हुदाँ याे पुरस्कारवाट वर्जित गरिएकाे हुनुपर्छ।

निजामति पुरस्कार पनि नितिगत भ्रष्टचारिलाई चाेखाउने एउटा संयन्त्र नै वनेकाे छ । काम न काजका सिंहदरवारका भतुवाहरुकाे निर्णयमा निजामति पुरस्कार वितरण गर्ने गराउने परिपाटिकाे अन्त्य र एकीकृत प्रसासनिक संयन्त्रकाे स्थापना नगरिएसम्म निवामति सेवाभित्र रहेका अनियमितता,अपादर्सिता, नितगतजन्य भ्रष्टचारकाे अन्त्य गरि शुसासन युक्त, नागरिक समाजप्रति र देश र जनता प्रति उत्तरदायी असल प्रशासनकाे अनुभूति राज्यले पाउन पनि सक्दैन र यहि बासि निजामति प्रसासनबाट राष्ट्रकाे हित, विकास र सम्वृद्दिकाे अाश गर्न पनि सकिदैन याे कुरा सिहंदरवारका दुईचार बाठा कठपुतलि सिंहहरुले बुझुन् ।