प्रचण्डले बोलाएपछि खुमलटार पुगे अर्थमन्त्री

मूलखबर संवाददाता
काठमाडौं, २३ वैशाख
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलबीच आज अध्यक्ष निवास खुमलटारमा भेटघाट भएको छ।
आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गर्नुभएको छ।