चितुवासँग लडेर यसरी बाँचे हरिबहादुर

मूलखबर संवाददाता
काठमाडौं

‘मलाई चितुवाले आक्रमण गर्दै गरेको छोरा रणजंग थापाले देखेछन् र मलाई वचाउन आए ।’ हरिबहादुरले भने ‘मसँग भएको खुर्पाले त्यसलाई हान्न भ्याएको थिए ।’ उनले दब्रे हातले चितुवाको आक्रमण छिक्दै दाईने हातमा भएको खुर्पाले चितुवालाई आक्रमण गरेको बताए । ‘छोरा आएपछि दुवै जना चितुवासंग १० मिटेन जति कुस्ति खेल्यौ ।’ हरिबहादुरले भने ‘ खुर्पाको चोटले चितुवा थाक्दै हुँदै गयो र आक्रमण गर्छ छाड्यो ।’

हरिबहादुरका अनुसार यो बिहान करिब पौने ८ बजेतिरको घटना हो ।  आइतबार बिहान खेत डिलैको खनियो घाँस काटेर फर्किए । घरमाथि जंगलबाट बाँदरको आवाज आइरहेको थियो । धपाउन भनी उनी खेततिर गए ।

‘म हैट, हैट गर्दै अघि बढ्दै थिएँ । खेतको डिलमा उक्लिएको चितुवा एक्कासी म माथि जाइलाग्यो । मैले न गुहार भन्ने मौका पाएँ, न केही सोंच्न नै सकें’ उनले भने, ‘एक्कासी कोपार्न आएको चितुवाले मलाई लडायो । हातमा हँसिया थियो । अन्दाधुन्द हानेँ । चितुवाको टाउको र मुखमा लागेछ । मैले भाग्ने प्रयास गरेँ । चितुवाले झनै झम्ट्यो । मैले फेरि हँसियाले अन्दाधुन्द हानें । पछि चितुवा गल्यो ।’ उनका अनुसार १० देखि १५ मिनेटजति घम्साघम्सी भएकोमा चितुवा विस्तारै गल्न थाल्यो । चितुवा केही पर गएर लम्पसार पर्‍यो । उनी दौडेर चिच्याउँदै घर आए । उनले चितुवा मरेको लख काटे ।

जंगल नजिकै घर भएका बेसीशहर नगरपालिका– ९ साम्दी गाउँ निवासी ६७ वर्षीय हरिबहादुर थापालाई बिहान घाँस काट्न खेतमा जाँदा आहारा खोज्दै हिडेको पोथी चितुवाले एक्कासी आक्रमण गरेको थियो ।

‘बुवाको साथमा खुर्पा नभएको भए, उहाँलाई चितुवाले सिध्याउथ्यो, म टुहुरो हुनबाट बचेँ ।’ छोरा रणजंग थापाले भने । चितुवाको आक्रमणबाट वचेका बुवा हरिबहादुरको दाहिने हातमा र चोर औंलामा चोट लागेको छ भने शरिरका अन्य भागमा चितुवाको नंग्राले सामान्य कोरेको उनका छिमेकी शिव थापाले बताए ।

घाइते हरिबहादुरको उचपारका लागि जिल्ला सामुदायिक अस्पताल बेसीशहर ल्याइएको थियो । उनको प्राथमिक उपचारपछि रेविजको खोप जिल्लामा नभएका कारणले काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नयाव उपरीक्षक गंगाबहादुर थापाले बताए ।
जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ९ को साम्दी गाउँमा आइतबार सो घट्ना भएको जिल्ला वन कार्यालयले बताएको छ । सो घट्ना विहान ८ बजेको समयमा भएको जिल्ला वन कार्यालयको भनाई छ ।

उक्त घटनामा मरेको चितुवाको लम्बाई ५ फुट ६ इन्च, उचाई १ फुट ११ इन्च र र गोलाई १ फुट १० इन्च रहेको डिभिजन प्रमुख मोहन काफ्लेले बताए । ‘यस्तो अवस्थामा कानुन नलाग्दैन । तर पनि हामीले थप अनुसन्धान भने गर्छौ ।’ काफ्लेले भने ।

 

सो चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर प्रहरी, सञ्चारकर्मी, स्थानीय लगायतको रोवहरमा खाडल खनेर पुर्ने काम डिभिजन कार्यालयले गरेको छ ।

राहत सहयोग सम्बन्धी निर्देशिका २०६९ मा बन्यजन्तुबाट मानिसको मृत्यु भएमा आश्रित परिवारलाई १० लाख रुपैयाँ, घाइते भएमा २ लाख रुपैयाँ र त्यति रकम पनि अपुग भएमा संघ सरकारले थप रकम दिने प्रावधान छ । जंगली बन्यजन्तुहरु चितुवा, हात्ती, बाघ, भालु, अर्नाले पु-याउने मानवीय, पशुधन र अन्नबालीको क्षतिको राहत उपलब्ध गराउने प्रावधान रहेको छ ।
बन्यन्तुको आक्रमणबाट मानिस तथा पशुको मृत्यु वा घाइते भएमा, अन्नबालीको नोक्सानी भएमा वा भण्डारण गरेको अन्नपातको नोक्सानी भएमा सम्बन्धित कार्यदलको सिफारिसको आधारमा राहत उपलब्ध गराउने उल्लेख छ । पशुधनको क्षति भएमा स्थानीय बजार मूल्य अनुसार राहत उपलब्ध गराउने व्यवस्था छ ।

यो घट्नामा घाइतेको अवस्था सामान्य रहेकाले उपचार पश्चात् सबै प्रक्रिया पुरा गरेपछि उपचार खर्च दिन सकिने डिभिजन प्रमुख काफ्लेले जानकारी दिए ।