समस्या समाधानका दुईमात्रै बाटा : रुपान्तरण वा प्रतिस्थापन- नारायणकाजी श्रेष्ठ

मूलखबर संवाददाता
काठमाडौं

सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले देखिएको समस्याको मूल जरो सरकार र पार्टीको नेतृत्वका कार्यशैली र सोच भएको बताउँदै त्यसको समाधानको लागि दुई मात्रै विकल्प भएको बताउनुभएको छ ।

पार्टीको जिवनमा देखा परेका समस्या र समाधानको मार्गका विषयमा राजधानीमा पत्रकारहरुसँगको भेटमा नेता श्रेष्ठले सरकार र पार्टी पुर्व निर्धारित योजना र मान्यतामा अगाडि वढ्न नसकेको बताउँदै त्यसको समाधान रुपान्तरणबाटै हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले व्यक्त गर्नुभएको विचारको सम्पादित अंश :

नेपालमा ठूलो युगान्तकारी परिवर्तनपछाडि हामीले संविधानमा उपलब्धीहरुलाई संस्थागत गर्‍यौं । त्यसपछाडि संविधान अन्तरगत निर्वाचनमा गयौं । र, निर्वाचनमा जनताले दिएको जनादेशअनुसार हामीले करिब दुई तिहाई बहुमत हासिल गरेर अहिले सरकार चलाइराखेका छौं ।

नेकपाले यो ऐतिहासिक परिवर्तनलाई सामाजिक(आर्थिक क्षेत्रमा विस्तारित गरेर सामाजिक न्यायसहितको समृद्धिको लक्ष हासिल गर्ने र समाजवादको आधार तयार पार्ने उद्देश्यलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने र त्यसै आधारमा तयार पारिएको घोषणापत्रलाई सरकारले कार्यान्वयन गर्ने लक्ष राखेको छ ।

र, अहिले यसैअनुसार एकीकृत पार्टीलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउने रसरकारलाई अहिलेको सन्दर्भमा, जुन नयाँ ऐतिहासिक चरणमा हामी प्रवेश गरेका छौं, सामन्तवाद(साम्राज्यवादविरोधी पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसकेको नयाँ ऐतिहासिक चरणमा प्रवेश गरेको सन्दर्भमा हामीले पुँजीवादी/जनवादी क्रान्तिका उपलब्धीहरुलाई सामाजिक(आर्थिक क्षेत्रमा विस्तारित गरेर समृद्ध नेपाल बनाउने, समाजवादको आधार तयार पार्ने र अन्ततः समाजवादको निर्माण गर्ने दिशातिर जाने भन्ने ढंगबाट अगाडि बढेका छौं ।

हामीले करिब अढाई वर्षजति सरकार सञ्चालन गर्‍यौं । र, अहिले नेपाली समाजमा पनि र स्वभाविकरुपमा सरकार बनाउने पार्टीमा अहिले बहस भइराखेको छ । यो बहस र छलफल, अन्तरविरोध, अन्तरसंघर्षका रुपमा पनि पार्टीभित्र चलिरहेको छ । र, त्यसको मुख्य केन्द्रमा नेपाली समाजको सामाजिक(आर्थिक रुपान्तरण गरेर सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य हासिल गरेर समाजवादको आधार तयार पार्ने काममा हामी सफल भयौं कि भएनौं ? कति भयौं, कति भएनौं ? यसको समीक्षा गर्नुपर्‍यो । र, जति कमजोरीहरु छन्, तिनलाई सच्याउनुपर्‍यो र हामी यो दिशातिर जानुपर्‍यो । हाम्रो राजनीतिक दस्तावेजले पनि त्यही भन्छ । हाम्रो घोषणापत्रले पनि त्यही भन्छ । जनादेश पनि त्यही छ । त्यसकारण जनादेशको अपेक्षाअनुसार, घोषणापत्र अनुसार, राजनीतिक दस्तावेज अनुसार कामहरुलाई त्यस दिशातर्फ अगाडि बढाउने अभिमूखीकरण गर्ने उद्देश्य लियौं कि लिएनौं र उपलब्धीहरु हासिल गर्‍यौं कि गरेनौं त भन्दा हामी सन्तुष्ट हुने गर्ने ठाउँ भएन ।

तत्काल कोभिड (१९ देखा पर्‍यो । विश्वव्यापी महामारी र प्रकोप देखापर्‍यो । यसको रोकथाम, नियन्त्रण र उपचारको प्रक्रियालाई कसरी अगाडि बढाउने, अर्थतन्त्र र समाजका विभिन्न क्षेत्रका विभिन्न आयामहरुमा पारेका असरहरुलाई कसरी सम्बोधन गर्ने रु र, विशेषतः अर्थतन्त्रको पुनरुत्थान कसरी गर्ने र अन्ततः सामाजिक न्यायसहितको समृद्धि कसरी हासिल गर्ने रु तत्कालका रुपमा हामीले बहस गर्नुपर्ने यी विषयहरु हुन् ।

अहिले हेर्दाखेरि कोभिड -१९ को रोकथाम, नियन्त्रण र उपचारका सन्दर्भमा अझै हामीले गम्भीर हुनुपर्ने अवस्था छ । र, मुख्यतः अर्थतन्त्रलाई कसरी पुनरुत्थान गर्ने र अन्ततः हामी कसरी सामाजिक न्यायसहितको समृद्धिको ठाउँमा पुग्छौं भनेर गम्भीररुपमा छलफल गर्दाखेरि अर्थतन्त्र पुनरुत्थानको दिशातिर अहिलेको बजेट र सरकारले चालेका कार्यक्रमहरुले त्यो दिशातिर लैजान्छ त भन्दाखेरि आशा गर्ने ठाउँ देखा परिरहेको छैन ।

यस्तो अवस्थामा पार्टीले सबै प्रक्रियाको लिड गर्ने पार्टीले आफ्नो सिद्धान्त र घोषणापत्रका आधारमा निर्वाचनमा गयो र जनताले जनादेश दिए भनेपछि यसको सारा समीक्षा गर्ने र कमी कमजोरी जहाँनेर छ, त्यसलाई सच्याउने र उपलब्धीहरु हासिल गर्ने कामको नेतृत्व चाहिँ पार्टीले गर्छ । पार्टी अहिले यही बहसमा छ ।

केन्द्रविन्दुमा चाहिँ अहिलेको कोभिड १९ को रोकथाम र उपचार अनि अर्थतन्त्रको पुनरुत्थान गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने दिशातिर हामी गयौं कि गएनौं भन्दाखेरि सकारात्मक दिशातर्फ नगई यही ढंगले अगाडि बढ्ने हो भने हामी गम्भीर नकारात्मक ठाउँमा पुग्छौं र हामी सकारात्मक ढंगले चुनावमा जाने स्थिति बन्छ कि बन्दैन भनेर हामी गम्भीर बहसमा छौं ।

तर, त्यसका निम्ति पार्टी पनि ठीक ढङ्गले अगाडि बढनुपर्ने हुन्छ । अहिलेसम्मको स्थिति हेर्दाखेरि चाहिँ पार्टीको सांगठानिक काम पनि पूरा भएन । विधि पद्दतिका आधारमा पार्टी सञ्चालन गर्ने कुरा शून्य भयो । पार्टी पूरै निष्कृय, अकर्मण्य, गतिहीन र यस्तै ढङ्गले अगाडि बढ्ने हो भने अकर्मण्य र बिसर्जनको दिशातिर जाने खतरा पैदा भयो । पार्टीमा खाली बैचारिक स्खलन होइन, पूरै भ्रष्टीकरणको दिशामा जाने खतरा पैदा भएको छ ।

पार्टीको कोणबाट हेर्दाखेरि पाँचवटा कुराहरु गम्भीर नकारात्मक पक्षका रुपमा देखा परेका छन्

अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी सरकार चलाउने, त्यो सरकारलाई नेतृत्व गर्ने पार्टीलाई चाहिँ बैचारिक र राजनीतिकरुपले पनि क्रान्तिकारी बनाउने, सांगठनिकरुपले पनि चुस्त विधि(पद्दतिमा सञ्चालन गर्ने बनाउने । र, स्वच्छ बनाउने । त्यस्तो पार्टीले मात्रै अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी सरकार चलाउन सक्छ । र, सरकारलाई पनि यो दिशातिर लैजानुपर्छ भन्ने बहस अहिले हाम्रो पार्टीमा चलिराखेको छ ।

पार्टी र सरकार विचार र नीतिका आधारमा चल्ने कि नचल्ने ? चल्या छ कि छैन भन्दा चल्या छैन । पार्टीको राजनीतिक दस्तावेज पार्टीलाई मतलब छैन छैन । र, पार्टीको समग्र अभिमुखीकरण कता लैजाने भन्दाखेरि नेतृत्वको कारणले गर्दाखेरि पार्टीको राजनीतिक दस्तावेजले निर्दिष्ट गरेका राजनीतिक कार्यदिशा बेबारिसे भएका छन्
तर, यो बहसलाई विकृत गर्ने प्रयत्न प्रतिक्रियावादीले पनि गरिराखेका छन्, पार्टीभित्र पद लेनदेनको बहस छ, सत्ताको लुछाचुँडी भइराखेको छ भनेर उनीहरुले भनिराखेका छन् । र, पार्टीभित्र नकारात्मक प्रवृत्तिका बाहकहरुले पनि ‘ यो त पदको लेनदेन हो, पद मागिराख्या छन्, बार्गेनिङ गरिराख्या छन्, राजनीतिक स्थिरताको पनि विरुद्ध जाने गरी र पार्टी एकताको पनि विरुद्ध जाने गरी संकट पैदा गरेका छन्’ भनेर विकृत पारेर प्रचार गर्ने प्रयत्न गरिराखेका छन् ।

जबकि अहिलेको पार्टीभित्रको यथार्थ के हो ? अहिले हाम्रो छलफल र बहसको सारतत्व के हो ? सारतत्वमा दुईटा छन् ?

एउटा मार्क्सवादी-लेनिनवादी दृष्टिकोण र बिचार सिद्धान्तलाई पक्डेर जने कि यसलाई ट्रेडमार्क जस्तोमात्रै राखिराख्ने ? सारतत्व त्यहाँ छ । कम्युनिस्ट पार्टीको ट्रेडमार्क मात्रै रहन्छ कि मूल चरित्र पनि कम्युनिस्टकै बनाउने ?

अर्को, हाम्रो वर्ग, शोषित(पीडित वर्ग समुदायलाई केन्द्रमा राखेर आम जनतालाई पनि सम्बोधन गर्ने कि, दलाल नोकरशाही पुँजीवादको सेवा गर्ने रु र, दलाल पुँजीवादको कसरी हाम्रो राज्य र समाजमा कसरी प्रभाव बढ्दैछ भन्ने ज्वलन्त उदाहरण पछिल्ला घटनाक्रमहरुले सफेद रुपले देखाएका छन् । त्यसकारण बहस यहाँ छ ।

चौथो( लोकतन्त्रको रक्षा गर्ने कि लोकतन्त्र जहाँसुकै जाओस् भनेर प्रतिगमनलाई आधार बनाइदिने ?

र, पाँचौं- हामी समाजवादमुखी भएर समाजवादमा जाने कि नजाने भन्ने सैद्धान्तिक हिसावले हाम्रो बहस अन्ततः योसँग जोडिएको छ ।

अहिले यो बहस प्रवृत्तिगत संघर्षका रुपमा रुपमा तीनवटा रुपमा देखा परेको छ ।

एउटा- पार्टी र सरकार विचार र नीतिका आधारमा चल्ने कि नचल्ने रु चल्या छ कि छैन भन्दा चल्या छैन । पार्टीको राजनीतिक दस्तावेज पार्टीलाई मतलब छैन छैन । र, पार्टीको समग्र अभिमुखीकरण कता लैजाने भन्दाखेरि नेतृत्वको कारणले गर्दाखेरि पार्टीको राजनीतिक दस्तावेजले निर्दिष्ट गरेका राजनीतिक कार्यदिशा बेबारिसे भएका छन् ।

सरकारले पार्टीको सैद्धान्तिक राजनीतिक लाइन र कार्यनीतिको कुरा छोड्नुस्, घोषणापत्रलाई पनि वास्ता गर्‍या छैन । विचार र नीतिका आधारमा सरकार चल्यो कि चलेन त भन्दा चलेन । प्रवृत्ति त्यहाँनेर छ ।

अर्को- पार्टी विधि र पद्दतिमा संस्थागत ढङ्गले चल्यो कि चलेन भन्दाखेरि चलिराखेको छैन । चरम व्यक्तिवाद छ । व्यक्तिवादी अराजकतावाद छ । सर सरकार के भएको छ त भन्दाखेरि पार्टीको मार्गनिर्देशनमा सरकार चल्नुपर्ने हो ।

आधारभूत नीतिहरुमा र राष्ट्रिय महत्वका निर्णयहरुमा पार्टीले सरकार चलाउने हो भन्ने मान्यतामा गयो कि गएन त भन्दाखेरि गएन । त्यसकारण पार्टी र सरकार दुइटै विधि र पद्दति अन्तर्गत संस्थागत ढंगले चलेनन् ।

तेस्रो( सरकार पनि आचरणको हिसावले, कार्यशैलीको हिसावले र पार्टीका नेता कार्यकर्ताको पनि आचरण, कार्यशैली र संस्कृतिको हिसावले कम्युनिस्ट पार्टी र कम्युनिस्ट सरकारले यो गर्न हुने र यो गर्न नहुने भन्ने मान्यतै रहेन । पूरै भ्रष्टीकरणको दिशातिर जान थाल्यो ।

यसो हो भने फेर्ने कसरी त भन्ने बहस अहिले भइराखेको छ । फेर्ने दुईटा बाहेक तेस्रो बाटो छैन ।

एउटा बाटो- नकारात्मक प्रवृत्तिका पात्रहरुलाई आत्मालोचना गर्न लगाएर, महसुस गर्‍यो भने सच्याएर रुपान्तरण गर्ने । यही बाटोमा नै लाग्नु उचित हुन्छ भनेर लगातार प्रयत्न भयो । मंसिर ४ र बैशाख २० सम्म आइपुग्दा आलोचना, आत्माओचना, रुपान्तरणको बाटोमै जाऔँ भन्ने भयो । मंसिर ४ र बैशाख २० गतेले सम्बोधन गर्न खोजेको लाइन हो( प्रवृत्तिमा रुपान्तरण गरेर, सच्याएरै जाऔं भन्ने हो । तर, मंसिर ४ को पालना भएन । बैशाख २० को पनि पालना भएन । भनेपछि के गर्ने त भन्ने प्रश्न उब्जिएपछि यसले विश्वासको संकट पैदा गरेको छ ।

मंसिर ४ भनेको पहिलाको सम्झौता पनि छाडेर अध्यक्ष ९प्रचण्ड० कमरेडले अब त्यतातिर नजाऔं, भूमिकामा फेरबदल नगरौं तर प्रवृत्तिलाई सच्याएर जाऔं भनेर आफूले आधार समय प्रधानमन्त्री पद सञ्चालन गर्ने पनि छाडिदिएर प्रवृत्तिलाई करेक्सन गरेर जाऔं भन्नुभयो । मंसिर ४ को कदम त्यो थियो ।

पछि वैशाख २० को पहल पनि के थियो भने प्रवृत्तिमा करेक्सन हुन्छ भने करेक्सन गर्ने बाटोमा नै जाऔं भनेर बैशाख २० गते पनि निश्कर्ष निकालियो । त्यसकारण मंसिर ४ र बैशाख २० गतेले सम्वोधन गर्न खोजेको के हो भने प्रवृत्तिमा करेक्सन र रुपान्तरण हुनुपर्‍यो । तर, मंसिर ४ को पनि कार्यान्वयन भएन, वैशाख २० को पनि कार्यान्वयन भएन । अब के गर्ने त भन्ने प्रश्न उब्जिएपछि यसले विश्वासको संकट पैदा गरेको छ । अब यसले भएन भने दोस्रो बाटोमा जानुपर्ने हुन्छ । दोस्रो बाटो भनेको के हो त रु

दोस्रो बाटो- नकारात्मक पात्रहरुको भूमिका नै फेरबदल गरेर भए पनि सापेक्षरुपमा सकारात्मक प्रवृत्ति भएका पात्रहरुलाई अगाडि सारेर उहाँहरुको नेतृत्वमा भए पनि अगाडि बढ्नुपर्छ ।

त्यसकारण, पहिलो प्रयत्नले समस्या समाधान नगरेपछि भूमिकामा फेरबदल गरेर भए पनि यो सच्याउन त पर्‍यो । पार्टीलाई चाहिँ अर्कमण्यता र विसर्जनको दिशामा जान दिने र सरकारचाहिँ असफल हुने र चुनावमा जान नसक्ने स्थिति हुने र कम्युनिस्ट आन्दोलन उठ्नै नसक्ने स्थिति त बनाउन भएन ।

त्यसैले राष्ट्रको अहिलेको आवश्यकतालाई सम्वोधन गर्न र पार्टीलाई क्रान्तिकारी दिशातिर अगाडि बढाउन हामीले भूमिकामा परिवर्तन गर्नुपर्ने भए पनि गर्नुपर्छ भनेर भूमिकामा फेरबदलसहित सकारात्मक दिशातिर अगाडि बढौं भन्ने अहिलेको बहस छ ।

समस्या के भयो भने पहिलो आवश्यकता र निष्कर्ष निकाल्ने ठाउँ भनेको पार्टीको बैठक हो । तर, पार्टीको बैठकै हुँदैन । बैठक बस्न दिइँदैन । बैठक बसिसकेपछि पो निश्कर्ष निकाल्ने हो । त्यसकारण हाम्रो अहिलेको प्रयत्न पार्टीको बैठक बस्नुपर्छ, बैठकमा सबै उपस्थित हुनुपर्छ, बैठकबाटै छलफल गरेर निश्कर्ष निकाल्नुपर्छ । त्यो निष्कर्षले नै पार्टी एकताको पनि रक्षा गर्न सकोस् । त्यो निश्कर्षले अहिलेको यथास्थितिमा गुणात्मक परिवर्तन गर्न सकोस् । र, पार्टी एकताको संक्रमणकाल सम्पन्न भएर उपयुक्त समयमा महाधिवेशनमा जान सकोस् ।

महाधिवशेनको कुरा गर्दा बैचारिक कार्यभार पूरा नगरी महाधिवेशन हुँदैन । सांगठानिक आवश्यक तयारी पूरा नगरी पनि महाधिवेशन सम्भव छैन । त्यसकारण हतार(हतार गरेर आउने मंसिरमा महाधिवेशन त सम्भव छैन । केन्द्रीय समितिले चैतमा महाधिवेशन गर्ने भनेकै छ । त्यसकारण वैचारिक कार्यदिशलाई केन्द्रविन्दुमा राखेर त्यसलाई संश्लेषण र विकास गर्ने गरी महाधिवेशन गर्ने आवश्यक न्यूनतम सांगठानिक तयारी गर्ने । अहिले सांगठनिक एकीकरण पनि पूरा भएको छैन । पार्टी सदस्य कोको हुन् पनि थाहा छैन । अनि दुई महिनामा महाधिवेशन गर्ने भनेको नहुने महाधिवेशनको चर्चा चलाइदिने हो ।

त्यसैले सांगठानिक एकीकरणको संक्रमणकाललाई अन्त्य गर्ने गरी महाधिवेशनमा हामी जानुपर्छ । त्यसका निम्ति वैचारिक कार्यदिशलाई संश्लेषण र विकास गर्ने गरी र आवश्यक सांगठानिक कार्यभार पनि पूरा गर्ने गरी महाधिवेशनमा जानुपर्छ भन्नेमा हामी छौं ।

अब क्रान्तिको मुख्य ध्येय हामीले समाजवादउन्मुख जनताको जनवादको कार्यक्रम लागू गर्दै समाजवादको आधार तयार पारेर समाजवाद निर्माण गर्नुपर्छ ।- अनलाइनखबरबाट