लमजुङ उद्योग बाणिज्य सँघद्वारा नयाँ सुरक्षा प्रमूखहरुको स्वागत

मूलखबर संवाददाता
काठमाडौं

बेसीशहर, २४ असार ।

लमजुङ उद्योग बाणिज्य सँघले जिल्लामा नयाँ जिम्मेवारीसहित आउनुभएका नव आगन्तुक सुरक्षा प्रमुखहरुलाई औपचारिक स्वागत गरेको छ । सँघले एक अकौपचारिक कार्यक्रमका बीच बुधबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, नेपाली सेना, श्रीजङ गणका गणपती जयराम थापा र जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरिक्षक गंगाबहादुर थापालाई स्वागत गरेको हो ।

औपचारिक कार्यक्रममा स्वागत ग्रहण पश्चात बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले कोरोना भाईरस संक्रमणसँगै अहिले देशका अधिकाँश पेशा व्यवसाय प्रभावित भएको भन्दै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न सबै व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
लमजुङ उद्योग बाणिज्य सँघका अध्यक्ष राजेश थापाले स्वागत मन्तव्य राख्दै पछिल्लो समय कोरोना भाईरस रोकथाम र नियन्त्रणका विषयमा सम्पुर्ण व्यवसायीको तर्फबाट सक्दो सहयोग र सहकार्य गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा सहभागी व्यवसायीहरुले अहिले जिल्लामा कोरोना संक्रमण जोखिमसँगै जारी लकडाउन केहि खुकुलो भएपनि प्रशासनका तर्फबाट पसल सञ्चालनको निम्ती तोकिएको समय अनुकुल नभएको बताएका थिए ।

कार्यक्रममा धन्यबाद मन्तव्य राख्दै लमजुङ उद्योग बाणिज्य सँघका द्धित्तिय उपाध्यक्ष गुणराज सिलवालले लकडाउनको प्रभावकारी कार्यन्वयनका लागि प्रहरी प्रशासनबाट जारी गरिएका आग्रह र बजार व्यवस्थापनका पक्षमा संघको तर्फबाट सकारात्मक सहयोग हुँदै आएको बताउनुभयो ।

जिल्लाका व्यववसायीहरुको छाता संगठन सँघले जिल्लामा आएका प्रशासन एवं सरोकारवाला कार्यालयका प्रमुखहरुलाई स्वागत गर्ने नियमित कार्यक्रम अन्तर्गत औपचारिक स्वागत गरेको हो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष धर्मराज श्रेष्ठ, निवर्तमान अध्यक्ष रामकुमार श्रेष्ठ लगायत पदाधिकारी, जिल्ला सदस्य, विषयगत समितिका प्रमूख एवं पदाधिकारी, इकाई संयोजक एवं जिल्लाका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।