असार पन्ध्र (कविता)
आषाढ पन्ध्र, सबको विशेष
वर्षात ऋतु, नभमा निषेश ।
किसान मात्रै किन पो हँुदा हुन्,
हुरुक्क हुन्छन्, अलिकै निमेश ।।१।।
छन् कोहि ज्यामी, अरुकै जमिन ।
जोत्छन ति गोरु, जहिल्यै असार,
के पुग्छ खाना, अनि भोक मार्न,
पोषिन्छ अर्कै, तिनकै वहार ।।२।।
आकाश झर्दा, भरिएर खोला,
आऊँछ पैह्रो, अनि वग्छ खेत,
वर्षिन्छ आँसु, कति दुक्ख होला,
के जोत्नु खेती, सब हुन्छ रे त ।।३।।
विपत्ती कैले, नपरेर पानी,
आकाश हेरेर, किसान सारा ।
सुकेर विउ, जव मर्न थान्छ,
यो मास भै दिन्छ, किसान मारा ।।४।।
यो भाग्य तिन्को, बलियो भएमा,
वर्षेर पानी, मूल ती फुटेमा ।
किसान हाँस्छन्, खुशिले रमेर,
यो भाग्यवादी, ऋतु हो भनेर ।।५।।
यो धर्तिमा, केहि नितान्त नौलो,
आडम्वरी ताल, गरेर मिथ्या ।
छोएर गोरु, अनि खेल्न हिलो,
खिचेर फोटो, रमिता सजिलो ।।६।।
जोतिन्छ खेती, श्रमले सिचेर,
उम्रिन्छ वाली, दुखले जितेर ।
यो भाग्य हाम्रो, कृषिमा वसेको,
पाल्छन् तिनैले, दुनियाँ चलेको ।।७।।
च्युरा र केरा, मुछि खानलाई,
खाएर मिठो, खुब प्युनलाई ।
जुग् जुग एकछिन्, पसिना वगाई,
खिचेर सेल्फि, रमिता वनाइृ ।।९।।
जन्मि भूमीमै, भूमीपुत्र सारा,
खोस्रेर नग्रा, बन्छन् पियारा ।
साच्चै दुखिको सुख देख्नलाई,
सिक्नुछ साथी, दुख वुझ्नलाई ।।१०।।
वाच्नेछ यो धर्ति, किसान वाँचे
किसान बाँच्नेछ , विश्वास साँचे ।
विश्वास तिनको, सबले जगाउँ,
किसान निम्ति, सम्पूर्ण आउँ ।।८।।
सोचौँ सवैले, सरीभै किसान,
किसान नै हो, सबमा महान ।
बोलेर मात्रै, कहिले हुने हो,
साँच्चै गरेरै, हुनु हो महान ।। ११।।
किसान हाम्रो, सबको महान,
सम्मान तिन्को, अरुको समान ।
ती दिन सोचौ, तिनको महत्व
उद्धात हाम्रो, जुगको निमित्त ।।१२।।
दोर्दी १, लमजुङ
असार १५, २०७७