यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
अब अन्य रोग भएका मानिसको मृत्युलाई कोरोनामा गणना नगरिने. सरकारले अब अन्य रोग लागेका मानिसलाई कोरोना संक्रमण देखिएर मृत्यु भएमा कोरोनाकै कारण मृत्यु भएको नमान्ने भएको छ ।. यस अघि कोरोना पोजिटिभ देखिँदा वित्तिकै अन्य रोगले ग्रस्त भएका बीरामीलाई पनि कोरोनाकै कारण मृत्यु भएको भनि सार्वजनीक गरिँदै आइएकोको थियो ।. कोरोना भाइरसको संक्रमणबाट बिहीबारसम्म नेपालमा मृत्यु हुनेको संख्या १० पुगेको छ । अब भने मृत्यु भएको व्यक्तिमा कोरोनाको जीवाणु फेला परे पनि त्यसको कारण यकिन गरिने भएको छ । स्वास्थ्यमा अन्य कुनै समस्या नभएको र मृत्यु हुँदा कोरोना पुष्टि भए मात्रै कोरोनाको कारणले मृत्यु भएको उल्लेख गरिने भएको हो ।. चिकित्सकहरूका अनुसार बाजुराकी बालिका झाडापखाला, सिन्धुपाल्चोककी महिला सुत्केरीसँग सम्बन्धित समस्या, टिचिङमा बुधबार मृत्यु भएका व्यक्ति ब्रेनह्यामरेजका कारण मृत्यु भएको थियो । तर, उनीहरूमा संक्रमण देखिएपछि सरकारले कोरोनाबाटै मृत्यु भएको स्पष्ट पारेको थियो । आगामी दिनमा यस्ता केसहरूको थप अध्ययनपछि मात्रै मृत्युको कारण उल्लेख गरिने भएको छ ।. स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुगेको छ । अहिलेसम्म कोरोनाबाट १० जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए । अहिलेसम्म संक्रमण देखिएका सबैजसो व्यक्तिमा कोरोनाका लक्षण देखिएका छैनन् । लक्षणविना नै संक्रमितको कोरोनाकै कारण मृत्यु हुन नसक्ने भन्दै आवाज उठ्न थालेपछि सरकारले मृत्युको कारण यकिन गरेर मात्रै सार्वजनिक गर्ने भएको हो ।. अहिलेसम्म कोरोनाबाट मृत्यु भएका व्यक्तिहरूमा अन्य गम्भीर स्वास्थ्य समस्या रहेको अस्पतालको नियमित रिपोर्टमा उल्लेख भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, मन्त्रालयले मृत्युको कारण यकिन गर्नुको सट्टा कोरोनाले नै भएको बताउँदै आएको थियो । अब त्यसको यकिन गर्न ‘शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६’लाई संशोधन गरेको छ । संशोधित कार्यविधिमा मृतक व्यक्तिमा कोरोनाको जीवाणु फेला परे पनि अन्य रोगका कारण संक्रमितको मृत्यु भएको स्पष्ट भएमा त्यसलाई कोरोना भाइरसबाट मृत्यु भएको मान्न नमिल्ने व्यवस्था गरिएको छ ।. कोरोनाबाट मृत्यु भन्नाले कुनै अन्य स्पष्ट र कोरोनासँग सम्बन्धित नहुने (जस्तैः गम्भीर चोटपटक) र क्लिनिकल चिह्न, लक्षणहरू र निदानका आधारमा सम्भावित वा पुष्टि भएका केसहरूलाई बुझ्नुपर्ने उल्लेख गरेको छ । त्यस्तै, कोरोना संक्रमण भएदेखि मृत्यु हुँदासम्मको अवधिमा पूर्णतः निको नभएको हुनुपर्ने उल्लेख गरिएको छ ।.
अब अन्य रोग भएका मानिसको मृत्युलाई कोरोनामा गणना नगरिने
मूलखबर संवाददाता
काठमाडौं, २३ जेठ ।
सरकारले अब अन्य रोग लागेका मानिसलाई कोरोना संक्रमण देखिएर मृत्यु भएमा कोरोनाकै कारण मृत्यु भएको नमान्ने भएको छ ।
यस अघि कोरोना पोजिटिभ देखिँदा वित्तिकै अन्य रोगले ग्रस्त भएका बीरामीलाई पनि कोरोनाकै कारण मृत्यु भएको भनि सार्वजनीक गरिँदै आइएकोको थियो ।
कोरोना भाइरसको संक्रमणबाट बिहीबारसम्म नेपालमा मृत्यु हुनेको संख्या १० पुगेको छ । अब भने मृत्यु भएको व्यक्तिमा कोरोनाको जीवाणु फेला परे पनि त्यसको कारण यकिन गरिने भएको छ । स्वास्थ्यमा अन्य कुनै समस्या नभएको र मृत्यु हुँदा कोरोना पुष्टि भए मात्रै कोरोनाको कारणले मृत्यु भएको उल्लेख गरिने भएको हो ।
चिकित्सकहरूका अनुसार बाजुराकी बालिका झाडापखाला, सिन्धुपाल्चोककी महिला सुत्केरीसँग सम्बन्धित समस्या, टिचिङमा बुधबार मृत्यु भएका व्यक्ति ब्रेनह्यामरेजका कारण मृत्यु भएको थियो । तर, उनीहरूमा संक्रमण देखिएपछि सरकारले कोरोनाबाटै मृत्यु भएको स्पष्ट पारेको थियो । आगामी दिनमा यस्ता केसहरूको थप अध्ययनपछि मात्रै मृत्युको कारण उल्लेख गरिने भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुगेको छ । अहिलेसम्म कोरोनाबाट १० जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए । अहिलेसम्म संक्रमण देखिएका सबैजसो व्यक्तिमा कोरोनाका लक्षण देखिएका छैनन् । लक्षणविना नै संक्रमितको कोरोनाकै कारण मृत्यु हुन नसक्ने भन्दै आवाज उठ्न थालेपछि सरकारले मृत्युको कारण यकिन गरेर मात्रै सार्वजनिक गर्ने भएको हो ।
अहिलेसम्म कोरोनाबाट मृत्यु भएका व्यक्तिहरूमा अन्य गम्भीर स्वास्थ्य समस्या रहेको अस्पतालको नियमित रिपोर्टमा उल्लेख भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, मन्त्रालयले मृत्युको कारण यकिन गर्नुको सट्टा कोरोनाले नै भएको बताउँदै आएको थियो । अब त्यसको यकिन गर्न ‘शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६’लाई संशोधन गरेको छ । संशोधित कार्यविधिमा मृतक व्यक्तिमा कोरोनाको जीवाणु फेला परे पनि अन्य रोगका कारण संक्रमितको मृत्यु भएको स्पष्ट भएमा त्यसलाई कोरोना भाइरसबाट मृत्यु भएको मान्न नमिल्ने व्यवस्था गरिएको छ ।
कोरोनाबाट मृत्यु भन्नाले कुनै अन्य स्पष्ट र कोरोनासँग सम्बन्धित नहुने (जस्तैः गम्भीर चोटपटक) र क्लिनिकल चिह्न, लक्षणहरू र निदानका आधारमा सम्भावित वा पुष्टि भएका केसहरूलाई बुझ्नुपर्ने उल्लेख गरेको छ । त्यस्तै, कोरोना संक्रमण भएदेखि मृत्यु हुँदासम्मको अवधिमा पूर्णतः निको नभएको हुनुपर्ने उल्लेख गरिएको छ ।