यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
गणतन्त्रका बाह्र बर्ष र मुर्छित सपनाहरु. गणतन्त्रका बाह्र बर्ष र मुर्छित सपनाहरु. क्षितिजको एक कुना रातो थियो । त्यही क्षितिजले दिएको उज्यालोले पृथ्वीमा नयाँ हलचल शुरु हुँदै थियो । वातावरण रातो तातोमा पनि परिणत हुँदै थियो । अहिले सम्झँदा लाग्छ, त्यो समय जता हे¥यो उतै रातो, जता टेक्यो त्यतै तातो । सामान्य घरधन्दाको जीवनयापनभन्दा युद्धभित्रको प्रत्येक सिपाहीले जिउने जीवन अवश्य पनि कठिन र चुनौतीपूर्ण हुन्छ । त्यो स्वाभाविकै हो ।. राप र तापको बीचमा खोजिएका खुशीहरू पनि असाध्यै प्यारो लाग्छ आजकाल । अनकन्टार दूरदराजका बस्तीमा पुग्दा भेटिने आमा बाबाहरूले दिएको आशीर्वादका शब्दले अहिले पनि मन मस्तिष्कमा बेस्मारी ठोकिरहेको छ । त्यही आमा बाबाहरूले खाने गाँस काटेर दिएको खानाले पालिएका जनमुक्ति सेना हामी । एक रात भए पनि तातो ओछ्यानमा सुत भनेर ओछ्यान छाडिदिएकाहरूको साक्षी म । तमाम तमाम बाबा आमाहरूको सपना हो तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी र जनमुक्ति सेना ।. १२ वर्षपहिले आजकै दिन निकै खुसी उल्लासको दिन म त्यो दिन सम्झन्छु । भित्र कता–कता छुट्टै तरिकाले मन पोलेको पनि आभाष थियो । कारण त्यो दिन घोषणा गर्नका लागि वा लोकतान्त्रिक गणतन्त्र ल्याउन युद्धमा होमिएका परिवारका हामी ३ जनामध्ये म जीवित छु । जनयुद्ध लडेको सिपाही आफ्नो प्रिय र हजारौं सहयोद्धाको कुर्वानीले ल्याएको गणतन्त्र ।. म अस्थायी शिविर चितवनमा थिएँ । मेरा कमाण्डरहरूले मलाई गणतन्त्रबारे जसरी प्रशिक्षित गराए, एउटा गणको नाइके हुनुको हैसियतले मैले पनि मेरा सदस्यहरूलाई त्यसैगरी प्रशिक्षित गरेँ, सदस्यहरूको अगाडि उभिएर गणतन्त्र नेपाल जिन्दावाद भनेँ, उनीहरूलाई पनि भन्न लगाएँ ।. अहो! अब त मेरा प्रियजन र सहयात्रीहरूको आत्माले पनि शान्ति पाएको होलाजस्तो आभास पनि गरेँ । आफ्नै आँखाले नदेखे पनि कहीँ–कतैबाट तिनका आत्माले देखिरहेको होलाजस्तो अनुभूत भयो । रुन्चे मुख लगाएर कोठामा गएँ, मेरा प्रियजनहरूको रगतले लत्पतिएको शरीर खाडलमा पुरिँदै गरेका फोटोहरू हेरेँ, मूर्छित पीडामा पनि खुशीको अनुभूति गरेँ ।. म अस्थायी शिविर चितवनमा थिएँ । मेरा कमाण्डरहरूले मलाई गणतन्त्रबारे जसरी प्रशिक्षित गराए, एउटा गणको नाइके हुनुको हैसियतले मैले पनि मेरा सदस्यहरूलाई त्यसैगरी प्रशिक्षित गरेँ, सदस्यहरूको अगाडि उभिएर गणतन्त्र नेपाल जिन्दावाद भनेँ, उनीहरूलाई पनि भन्न लगाएँ ।. त्यो बेला गणतन्त्रको नारा लगाउने मेरा कतिपय कमाण्डरहरू पनि मजस्तै अहिले अर्काको देशमा श्रम–पसिना बेच्न बाध्य छन् । जोसँग व्यक्तिगत स्वार्थ थिएन । थियो त केवल वर्गीय स्वार्थः ‘जिते सिंगो संसार, हारे एउटै जीवन’ वर्ग मुक्तिको खातिर ।. हामीले हजारौंको बलिदान, त्याग, रगत, पसिना बगाएर ल्याएको गणतन्त्रले नेपालका आमनेपालीको जनजीवनमा परिवर्तन आउनेछ । स्वास्थ्य, शिक्षा, रोजगारीको ग्यारेन्टी हुनेछ । कोही नेपाली भोक, शोक र रोगले मर्न पर्दैन । हो, यही र यस्तै सपना थिए गणतन्त्र घोषणा भएका दिन मेरा मनभरि ।. सिन्धुपाल्चोकको चौतारा अन्तिम मोर्चापछि जनमुक्ति सेनालाई ७ वटा मुख्य शिविर र २८ सहायक शिविरमा थन्काइयो । त्यो पछि शाही सेना र जनमुक्ति सेनाहरू आमने–सामने भएर अहो! भन्ने लडाइँ भएन । १२ बुँदे बृहत् शान्ति सम्झौतापछि देशमा शासन व्यवस्था फेरियो । राजतन्त्रको ठाउँमा लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भयो । व्यक्ति वा संस्थामा निहित अधिकार जनताको तहसम्म पुग्छ भनियो । जनतामा पनि आशा थियो, विभिन्न कालखण्मा भएका आन्दोलनले उपलब्धि हासिल गर्न नसकेको अवस्थामा यो पटक केही उपलब्धि हुन्छ भनेर ।. देखिने खालका धेरै उपलब्धि भए । देशले संविधान पायो । स्थानीय निकायले जनप्रतिनिधि पाए, देशमा संघीय शासन पद्धति लागू भयो । गाउँ गाउँमा सिंहदरबार पु¥याउने नारा पनि गज्जबले घन्कियो । तर, अहिले जनताले अनुभूत गर्ने कुराचाहिँ शून्य! गणतन्त्र घोषणा भएपछि नेपाल सरकारले १२ वर्षमा गरेको देखिने काम भनेको गणतान्त्रिक देश नेपालका शासकद्वारा भारतले अतिक्रमण गरेको भूमिलाई नक्सामा उतारेर नक्सा सार्वजनिक गर्नु । यसको परिणाम के हुन्छ त्यो हेर्न बाँकी नै छ । १२ वर्षमा यही काम देखाएर यो वा त्यो बहानामा सत्ताको वरिपरि रमाइरहेका मस्त निद्रामा परेका शासकहरू हुन् नेपालका ।. म पनि आज आमनेपालीले जस्तै १२औं गणतन्त्र दिवस मनाउने तरखरमा छु । मनभित्र उल्लास जागेको छ । आफैंले लडेर ल्याएको गणतान्त्रिक देश नेपालभन्दा निकै पर पराइ देशमा आप्रवासी भएर दिनरात कटाउँदै गर्दा सम्झिन्छु के मैले लडेको लडाइँ यसरी नै परदेशमा भासिनलाई थियो? देशले गणतन्त्रको दीपावली मनाउँदा मलाई पनि त रहर छ आफ्नै देशमा सन्तोषसाथ गणतन्त्रको दियोमा तेल थप्न । भनिन्छ, सन्तोषम् परम् सुखम्’ मान्छे पराइ घरमा सन्तोष मान्न सक्दैन म पराइ देशमा छु । देशलाई दुख्दा मलाई पनि दुख्छ । देशलाई घोच्दा मलाई पनि त चसक्क हुन्छ ।. देश अहिले पनि बेस्सरी दुखिरहेछ जसरी वर्षौंदेखि दुखिरहेको छ । आधारातमा देशका सपनाले घोच्छन् मलाई पनि र औडाहा बनाउँछन् । साँच्ची १२ वर्षअघिको त्यो गणतन्त्र कसका लागि । आफैं लडेर ल्याएको गणतन्त्र । तर, कसलाई सोधु निर्धक्कसँग कसका लागि आएको हो? भनेर ।. गणतन्त्रको घेराभित्र उभिँदै गर्दा मैले आफैंलाई निकै पटक दुखाएकी छु । हिजो कसका लागि भनिएको थियो गणतन्त्र र आज कसका लागि मात्रै भयो? सत्ताको बिलासितामा रमाइरहेकालाई मैले यो प्रश्न सोध्न पाउने कि नपाउने? सोधेर पनि जवाफ पाइएला? कसले देला जवाफ, तिनले जसले गणतन्त्र प्राप्तिका लागि भनेर आन्दोलनको नेतृत्व गर्दै आन्दोलनकै रापमा हिँडाएर स्वार्थ पूरा गरेपछि वर्ग फेरे? या तिनले देलान् जसले यो वा त्यो बहानामा क्रान्तिकारी आफ्नै सहयोद्धा पंक्ति र जनतामाथि गद्दार गरिरहेका छन् । उनीहरू म र मजस्तै जनताका प्रश्नले न कहिल्यै पोलेको थियो र न कहिल्यै पोल्नेछ । खैर, म मेरा प्रश्नको जवाफको अपेक्षा राख्दिनँ अहिले ।. पिँढीको डिलमा बसेर छोराछोरीको वियोगमा रोइरहेका वृद्ध आमा बाबा, युद्ध मोर्चामा सँगै लड्दा लड्दै सहादत प्राप्त गरेको जीवनसाथीहरूको अन्तिम चित्कार, मनमुटुभरि असीम पीडाको भारी बोकेर तिम्रो अपुरो सपना म पूरा गर्नेछु भनेर सिन्दूर पुछिएका मजस्तै विधुवा चेलीको चित्कारको मात्रै प्रतिनिधित्व गरेको हुँ । यदि, यही दिन देख्नु थियो भने किन राज्य या विद्रोही पक्षको नाममा अनाहक मारियो हजारौं निर्दोष नागरिक? के अहिलेको यही व्यवस्थाका लागि त्यो युद्ध, त्यो विद्रोह, त्यो क्रान्ति आवश्यक थियो? अनाहकमा ज्यान गुमाएका १७ हजार जनताको बलिदान केका लागि थियो? जुन वर्गका लागि आउनुपर्ने थियो गणतन्त्र त्यो वर्गका लागि आएको हो त? मलाई थाहा छ यी असरल्ल प्रश्न अनुत्तरित छन् । अनुत्तरित नै रहनेछन् ।. युद्धको मोर्चा सम्हालेको सिपाहीलाई दुश्मनको क्याम्पमा धावा बोलेर विजय हासिल गर्नुभन्दा अर्को खुशीको आभास कमै हुन्छ सायद । त्यो दिन र आजको दिन सम्झन्छु, हिजो उन्माद उल्लास मनाउने म किन आज त्यो खुशी मनाउँदा उल्लास छैन? मेरो रातो र तातो इतिहासमा मलाई कुन कुराको कमी भयो? मैले नजिकबाटै मेरो प्यारो इतिहासको कुन चिज चुम्न सकिनँ? अप्ठ्यारा दिनमा हामीसँग हिँड्न तयार मान्छे थोरै हुन्थे तर आज बाटो निकै फराकिलो र पिच भइसकेको छ त्यही पनि मलाई हिँड्न सहज अनुभूति छैन । अझ भनौं म त्यो बाटोमा हिँड्न सकेकै छैन । मजस्तै कैयौँ सर्वसाधारणले अनुभूति नगरेको बाटोमा म के नयाँ अनुभूति गरौँ र? नेताले ठूलो सभाहलमा गणतन्त्रबारे बोलिरहँदा मलाई पनि उनीहरूलाई जस्तै उद्वेलना पैदा हुन्छ । अनि मुठी कसेर ‘जिन्दावाद’ भन्न मन लाग्छ । म चिच्चाएर कराउन खोज्छु ‘गणतन्त्र जिन्दावाद’ । अनि फेरि सम्झन्छु हुम्ला, जुम्लाका जनताले सिटामोल खान नपाएर मरेका । कोरोनाको कहरमा क्वारेन्टाइनमा रहेको युवा उपचार नपाएर मरेको । भर्खर अंकुराउँदै गरेको प्रेमलाई कथित जातको नाममा मारिएका युवा नवराज विकको हत्याको समाचारले भक्कानो फुट्छ मनमा । गणतान्त्रिक सरकार जय! कथित विभेदकारी समाज सिर्जना गर्न बोकेका तिम्रा सपनालाई पनि जय! जय! जय! गणतन्त्र घोषणा भएपछि पनि साठी लाख युवालाई बेचेर तिनको रगत–पसिना बगाएर भित्रिएको रेमिट्यान्सले बेप्रवाह रमाउने शासकहरू तिमीहरूको राष्ट्रवाद ‘जिन्दावाद’ राष्ट्रवाद धेरै महँगो कुरा हो जुन दुई÷चार जना चौतारीमा जम्मा गरेर कुर्सीमा बसेर गरिने भाषण होइन ।. शैलुङ र महाभारतका माइली, साइलीहरूको गुन्यु फेर्न रहर पूरा नभएको गणतन्त्रमा म के रमाउनु? जुठे र कालेहरूले आङमा च्यातिएको टालो नफेरिएको व्यवस्थामा म के खुशी हुनु? सत्तामा आसीन र तिनका आसपासलाई मात्रै भएको अथाह खुशीमा मजस्तै श्रम गर्ने वर्ग पर्दैनन् । अनि म कहाँ उज्येलित हुन सक्छु र मुस्कुराउने कोशिश गर्नु? म त्यतिबेला खुशी हुनेछु जतिबेला श्रमजीवी वर्ग खुशी हुनेछन् अर्थात् भोकले छट्पटाउँदा छट्पटाउँदै छातीमा नाम्लो तेस्र्याएर मर्ने सूर्यबहादुरहरू जस्तैले फेरि पेटमा अन्न नपरेर मर्नु पर्दैन । भोकले अर्को सूर्यबहादुर तामाङलाई शहीद नबनाउने दिन आओस् अनि उस्तै जोश उस्तै लाभासहित उही जनमुक्ति सेनाकै ऊर्जासँगै म बोल्नेछु मुठ्ठी कसेर ‘गणतन्त्र नेपाल जिन्दावाद!’. अँ १२ वर्षे गणतन्त्रको उल्लासको कुरा गर्दै थिएँ । मलाई पनि रमाउन त मन छ नि! भोकभोकै सूर्यबहादुर तामाङहरू मर्दा मलाई केको हर्षबढाइँ हुनु? मैले बोकेको वर्गीय मुक्ति र जातीय मुक्तिको नारा नारामै रुमल्लिएर मेरै युद्धको गर्भमा जातकै कारण नवराजहरू लखेटी–लखेटी मारिँदा मलाई केको उल्लास हुनु? ठ्याक्कै यतिखेर भोको पेटमा अन्न र नांगो आङमा टालो भन्दै जनयुद्धमा होमिँदा देखेका मेरा जम्मै सपना मूर्छित छन् । अँ, चेतनाका विगुल फुक्ने कति नारा र वर्गीय दुस्मनलाई ध्वस्त पारेका राइफलका निशाना अर्धचेत छन् । ती सबै सपना पनि उराठिलो मरुभूमिको किनारमा विलिन छन् अहिले । कस्तो बिडम्वना, मेरो वर्गीय मुक्तिका सपना जो मलाई निदाउन दिँदैनथे ती अहिले उराठिलो बगरको किनारमा मूर्छित छन् ।. घनघोरको सपना थियो मेरो पनि गणतान्त्रिक नेपालमै बसेर समाज र देशका लागि थप योगदान दिने । रगत बगेको माटोलाई चुम्दै बाँकी रहेको परिवर्तनको अपूरा काम पूरा गर्ने । विडम्बना, कैयौँपटक बम गोलीले थिलिएको शरीर फेरि आफैंले लडेर ल्याएको गणतन्त्रमा अन्तिमपटक आफ्नै पार्टीका नेतावाट नराम्रोसँग हुत्याइएपछि म गणतन्त्रको नाम मात्र जपेर बस्न सकिनँ ।. मेरो युद्धले जन्माएको गणतन्त्र हुर्कंदै थियो । मलाई हरियो पासपोर्ट प्यारो पटक्कै थिएन । तर, ५ वर्ष पुग्दा नपुग्दै मलाई त्यही गणतन्त्रले लखेटेको हो ।. काठको फलैंचामा बस्दै गर्दा याद गरेका हरफ अहिले पनि स्मृतिमा छन् । त्यो दुःख कष्टको समय थियो मेरा लागि । सुख क्षणभरमै बिर्सिन्छ मान्छे दुःख जुनीभर सम्झन्छ । दुःख थियो र त ताजै छन् ती सबै दृश्य । गजबको कठघरा छ तिम्रो गणतन्त्रमा वादी, प्रतिवादी, दोषी र आरोपी सबै मै हुँ ।. गणतन्त्र घोषणा भएको १२ वर्षमा ११ जना प्रधानमन्त्रीले शासन सत्ता सम्हाले । बाह्र वर्षमा ११ पटक मन्त्रिमण्डल विघटन भए । तर, माफपाऊँ, कुनै एक जना नेताले पनि देश र जनताबारे गरेको राम्रो कामको लिस्ट उतार्न सकिनँ मैले । यो मेरा लागि घनघोर पीडा हो । देशका आम शोषित पीडित नागरिकको विडम्बना हो । के देश दुख्दा नेताहरूलाई कहिल्यै दुखेन? किन? जनता दुःखमा हुँदा नेता र तिनका आसेपासे खुशी नै भइरहे । जनता दुःखमा हुँदा नेतालाई लाभ हुन्छ हो? हुँदैन भने जनताको दुःखलाई किन नेताले दलाल भ्रष्टाचारी तस्करीसँग होली वाइनको चुस्कीमा साटे? जनताको दुःखमा विजयोत्सव मनाउने नेताको शरीरमा कुन रगत बग्छ होला? अप्ठ्याराहरूमा जिम्मेवारीपूर्वक अभिभावकीय भूमिका निभाउनुपर्ने गणतन्त्र नेपालका शासक निर्धक्क लास गनेर राजनीति गरिरहेका छन् । झण्डै आधा वर्ष पहिला छिमेकमा आतंक मच्चाएको कोरोना संक्रमणविरुद्ध रोकथाममा लाग्नुपर्ने बेला सत्ता र शक्ति हत्याउने चुतिया खेलमा मस्त छन् । कसैको आयु बढाइयो, कसैलाई युद्धमा हारेपछिको सिपाहीजस्तो रुझेको बिरालो बनाएर लास गन्न लगाइयो ।. नाम मात्रको गणतन्त्रले जनताका संकट नसुन्दोरहेछ । नाम मात्रको गणतन्त्रले जनताको क्रोध रोदन पीडा र अभाव महसुस नगर्दो रहेछ । हामीले लडेर ल्याएको गणतन्त्र आलंकारिक परेछ । जसले नेतालाई महसुस गरिरह्यो जनतालाई कहिल्यै गरेन । गणतन्त्र ज्युँदो त छ तर लासझैं । हुकुमी शैलीको गणतन्त्रको १२ वर्ष हो यो ।. सरकार तिम्रो भाषण र घोषणालाई हेर त त्यो गरिबको मृत्युले कति गिज्याएको छ । तिम्रो गणतन्त्रलाई हेर त त्यो दलितले लासले कति खिल्ली उडाएको छ । तिम्रो शासनलाई हेर त त्यो रोगले कसरी गिजोल्दै छ । म र मजस्तै लामबद्ध योद्धाको उम्लँदो रगतको बलमा तिमीले बोलेका थुप्रै आश्वासन मात्र व्यवहारमा ल्याइदेउ न । मैले भनेकी हैन सरकार, आफंैले भनेका कुरा पूरा गरेनौ भने सयौँ सूर्यबहादुर तामाङका लासले तिमीलाई नंग्याइदिनेछन् । किन थाहा छ? किनभने जब भोको पेटले विद्रोह गर्छ नि अनि आगो ओकल्न सक्छ ।. आउँदो वर्ष १३ वर्षे गणतन्त्रलाई जिन्दावाद भन्न पाऊँ । आफंैले लडेर ल्याएको प्रिय गणतन्त्र नेपाल तिमीलाई शुभकामना!
गणतन्त्रका बाह्र बर्ष र मुर्छित सपनाहरु
जानुका धमला
काठमाडौं
क्षितिजको एक कुना रातो थियो । त्यही क्षितिजले दिएको उज्यालोले पृथ्वीमा नयाँ हलचल शुरु हुँदै थियो । वातावरण रातो तातोमा पनि परिणत हुँदै थियो । अहिले सम्झँदा लाग्छ, त्यो समय जता हे¥यो उतै रातो, जता टेक्यो त्यतै तातो । सामान्य घरधन्दाको जीवनयापनभन्दा युद्धभित्रको प्रत्येक सिपाहीले जिउने जीवन अवश्य पनि कठिन र चुनौतीपूर्ण हुन्छ । त्यो स्वाभाविकै हो ।
राप र तापको बीचमा खोजिएका खुशीहरू पनि असाध्यै प्यारो लाग्छ आजकाल । अनकन्टार दूरदराजका बस्तीमा पुग्दा भेटिने आमा बाबाहरूले दिएको आशीर्वादका शब्दले अहिले पनि मन मस्तिष्कमा बेस्मारी ठोकिरहेको छ । त्यही आमा बाबाहरूले खाने गाँस काटेर दिएको खानाले पालिएका जनमुक्ति सेना हामी । एक रात भए पनि तातो ओछ्यानमा सुत भनेर ओछ्यान छाडिदिएकाहरूको साक्षी म । तमाम तमाम बाबा आमाहरूको सपना हो तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी र जनमुक्ति सेना ।
१२ वर्षपहिले आजकै दिन निकै खुसी उल्लासको दिन म त्यो दिन सम्झन्छु । भित्र कता–कता छुट्टै तरिकाले मन पोलेको पनि आभाष थियो । कारण त्यो दिन घोषणा गर्नका लागि वा लोकतान्त्रिक गणतन्त्र ल्याउन युद्धमा होमिएका परिवारका हामी ३ जनामध्ये म जीवित छु । जनयुद्ध लडेको सिपाही आफ्नो प्रिय र हजारौं सहयोद्धाको कुर्वानीले ल्याएको गणतन्त्र ।
म अस्थायी शिविर चितवनमा थिएँ । मेरा कमाण्डरहरूले मलाई गणतन्त्रबारे जसरी प्रशिक्षित गराए, एउटा गणको नाइके हुनुको हैसियतले मैले पनि मेरा सदस्यहरूलाई त्यसैगरी प्रशिक्षित गरेँ, सदस्यहरूको अगाडि उभिएर गणतन्त्र नेपाल जिन्दावाद भनेँ, उनीहरूलाई पनि भन्न लगाएँ ।
अहो ! अब त मेरा प्रियजन र सहयात्रीहरूको आत्माले पनि शान्ति पाएको होलाजस्तो आभास पनि गरेँ । आफ्नै आँखाले नदेखे पनि कहीँ–कतैबाट तिनका आत्माले देखिरहेको होलाजस्तो अनुभूत भयो । रुन्चे मुख लगाएर कोठामा गएँ, मेरा प्रियजनहरूको रगतले लत्पतिएको शरीर खाडलमा पुरिँदै गरेका फोटोहरू हेरेँ, मूर्छित पीडामा पनि खुशीको अनुभूति गरेँ ।
म अस्थायी शिविर चितवनमा थिएँ । मेरा कमाण्डरहरूले मलाई गणतन्त्रबारे जसरी प्रशिक्षित गराए, एउटा गणको नाइके हुनुको हैसियतले मैले पनि मेरा सदस्यहरूलाई त्यसैगरी प्रशिक्षित गरेँ, सदस्यहरूको अगाडि उभिएर गणतन्त्र नेपाल जिन्दावाद भनेँ, उनीहरूलाई पनि भन्न लगाएँ ।
त्यो बेला गणतन्त्रको नारा लगाउने मेरा कतिपय कमाण्डरहरू पनि मजस्तै अहिले अर्काको देशमा श्रम–पसिना बेच्न बाध्य छन् । जोसँग व्यक्तिगत स्वार्थ थिएन । थियो त केवल वर्गीय स्वार्थः ‘जिते सिंगो संसार, हारे एउटै जीवन’ वर्ग मुक्तिको खातिर ।
हामीले हजारौंको बलिदान, त्याग, रगत, पसिना बगाएर ल्याएको गणतन्त्रले नेपालका आमनेपालीको जनजीवनमा परिवर्तन आउनेछ । स्वास्थ्य, शिक्षा, रोजगारीको ग्यारेन्टी हुनेछ । कोही नेपाली भोक, शोक र रोगले मर्न पर्दैन । हो, यही र यस्तै सपना थिए गणतन्त्र घोषणा भएका दिन मेरा मनभरि ।
सिन्धुपाल्चोकको चौतारा अन्तिम मोर्चापछि जनमुक्ति सेनालाई ७ वटा मुख्य शिविर र २८ सहायक शिविरमा थन्काइयो । त्यो पछि शाही सेना र जनमुक्ति सेनाहरू आमने–सामने भएर अहो ! भन्ने लडाइँ भएन । १२ बुँदे बृहत् शान्ति सम्झौतापछि देशमा शासन व्यवस्था फेरियो । राजतन्त्रको ठाउँमा लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भयो । व्यक्ति वा संस्थामा निहित अधिकार जनताको तहसम्म पुग्छ भनियो । जनतामा पनि आशा थियो, विभिन्न कालखण्मा भएका आन्दोलनले उपलब्धि हासिल गर्न नसकेको अवस्थामा यो पटक केही उपलब्धि हुन्छ भनेर ।
देखिने खालका धेरै उपलब्धि भए । देशले संविधान पायो । स्थानीय निकायले जनप्रतिनिधि पाए, देशमा संघीय शासन पद्धति लागू भयो । गाउँ गाउँमा सिंहदरबार पु¥याउने नारा पनि गज्जबले घन्कियो । तर, अहिले जनताले अनुभूत गर्ने कुराचाहिँ शून्य !
गणतन्त्र घोषणा भएपछि नेपाल सरकारले १२ वर्षमा गरेको देखिने काम भनेको गणतान्त्रिक देश नेपालका शासकद्वारा भारतले अतिक्रमण गरेको भूमिलाई नक्सामा उतारेर नक्सा सार्वजनिक गर्नु । यसको परिणाम के हुन्छ त्यो हेर्न बाँकी नै छ । १२ वर्षमा यही काम देखाएर यो वा त्यो बहानामा सत्ताको वरिपरि रमाइरहेका मस्त निद्रामा परेका शासकहरू हुन् नेपालका ।
म पनि आज आमनेपालीले जस्तै १२औं गणतन्त्र दिवस मनाउने तरखरमा छु । मनभित्र उल्लास जागेको छ । आफैंले लडेर ल्याएको गणतान्त्रिक देश नेपालभन्दा निकै पर पराइ देशमा आप्रवासी भएर दिनरात कटाउँदै गर्दा सम्झिन्छु के मैले लडेको लडाइँ यसरी नै परदेशमा भासिनलाई थियो ?
देशले गणतन्त्रको दीपावली मनाउँदा मलाई पनि त रहर छ आफ्नै देशमा सन्तोषसाथ गणतन्त्रको दियोमा तेल थप्न । भनिन्छ, सन्तोषम् परम् सुखम्’ मान्छे पराइ घरमा सन्तोष मान्न सक्दैन म पराइ देशमा छु । देशलाई दुख्दा मलाई पनि दुख्छ । देशलाई घोच्दा मलाई पनि त चसक्क हुन्छ ।
देश अहिले पनि बेस्सरी दुखिरहेछ जसरी वर्षौंदेखि दुखिरहेको छ । आधारातमा देशका सपनाले घोच्छन् मलाई पनि र औडाहा बनाउँछन् ।
साँच्ची १२ वर्षअघिको त्यो गणतन्त्र कसका लागि । आफैं लडेर ल्याएको गणतन्त्र । तर, कसलाई सोधु निर्धक्कसँग कसका लागि आएको हो ? भनेर ।
गणतन्त्रको घेराभित्र उभिँदै गर्दा मैले आफैंलाई निकै पटक दुखाएकी छु । हिजो कसका लागि भनिएको थियो गणतन्त्र र आज कसका लागि मात्रै भयो ? सत्ताको बिलासितामा रमाइरहेकालाई मैले यो प्रश्न सोध्न पाउने कि नपाउने ? सोधेर पनि जवाफ पाइएला ? कसले देला जवाफ, तिनले जसले गणतन्त्र प्राप्तिका लागि भनेर आन्दोलनको नेतृत्व गर्दै आन्दोलनकै रापमा हिँडाएर स्वार्थ पूरा गरेपछि वर्ग फेरे ? या तिनले देलान् जसले यो वा त्यो बहानामा क्रान्तिकारी आफ्नै सहयोद्धा पंक्ति र जनतामाथि गद्दार गरिरहेका छन् । उनीहरू म र मजस्तै जनताका प्रश्नले न कहिल्यै पोलेको थियो र न कहिल्यै पोल्नेछ । खैर, म मेरा प्रश्नको जवाफको अपेक्षा राख्दिनँ अहिले ।
पिँढीको डिलमा बसेर छोराछोरीको वियोगमा रोइरहेका वृद्ध आमा बाबा, युद्ध मोर्चामा सँगै लड्दा लड्दै सहादत प्राप्त गरेको जीवनसाथीहरूको अन्तिम चित्कार, मनमुटुभरि असीम पीडाको भारी बोकेर तिम्रो अपुरो सपना म पूरा गर्नेछु भनेर सिन्दूर पुछिएका मजस्तै विधुवा चेलीको चित्कारको मात्रै प्रतिनिधित्व गरेको हुँ । यदि, यही दिन देख्नु थियो भने किन राज्य या विद्रोही पक्षको नाममा अनाहक मारियो हजारौं निर्दोष नागरिक ? के अहिलेको यही व्यवस्थाका लागि त्यो युद्ध, त्यो विद्रोह, त्यो क्रान्ति आवश्यक थियो ? अनाहकमा ज्यान गुमाएका १७ हजार जनताको बलिदान केका लागि थियो ? जुन वर्गका लागि आउनुपर्ने थियो गणतन्त्र त्यो वर्गका लागि आएको हो त ? मलाई थाहा छ यी असरल्ल प्रश्न अनुत्तरित छन् । अनुत्तरित नै रहनेछन् ।
युद्धको मोर्चा सम्हालेको सिपाहीलाई दुश्मनको क्याम्पमा धावा बोलेर विजय हासिल गर्नुभन्दा अर्को खुशीको आभास कमै हुन्छ सायद । त्यो दिन र आजको दिन सम्झन्छु, हिजो उन्माद उल्लास मनाउने म किन आज त्यो खुशी मनाउँदा उल्लास छैन ? मेरो रातो र तातो इतिहासमा मलाई कुन कुराको कमी भयो ? मैले नजिकबाटै मेरो प्यारो इतिहासको कुन चिज चुम्न सकिनँ ?
अप्ठ्यारा दिनमा हामीसँग हिँड्न तयार मान्छे थोरै हुन्थे तर आज बाटो निकै फराकिलो र पिच भइसकेको छ त्यही पनि मलाई हिँड्न सहज अनुभूति छैन । अझ भनौं म त्यो बाटोमा हिँड्न सकेकै छैन । मजस्तै कैयौँ सर्वसाधारणले अनुभूति नगरेको बाटोमा म के नयाँ अनुभूति गरौँ र ?
नेताले ठूलो सभाहलमा गणतन्त्रबारे बोलिरहँदा मलाई पनि उनीहरूलाई जस्तै उद्वेलना पैदा हुन्छ । अनि मुठी कसेर ‘जिन्दावाद’ भन्न मन लाग्छ । म चिच्चाएर कराउन खोज्छु ‘गणतन्त्र जिन्दावाद’ । अनि फेरि सम्झन्छु हुम्ला, जुम्लाका जनताले सिटामोल खान नपाएर मरेका । कोरोनाको कहरमा क्वारेन्टाइनमा रहेको युवा उपचार नपाएर मरेको । भर्खर अंकुराउँदै गरेको प्रेमलाई कथित जातको नाममा मारिएका युवा नवराज विकको हत्याको समाचारले भक्कानो फुट्छ मनमा । गणतान्त्रिक सरकार जय ! कथित विभेदकारी समाज सिर्जना गर्न बोकेका तिम्रा सपनालाई पनि जय ! जय ! जय !
गणतन्त्र घोषणा भएपछि पनि साठी लाख युवालाई बेचेर तिनको रगत–पसिना बगाएर भित्रिएको रेमिट्यान्सले बेप्रवाह रमाउने शासकहरू तिमीहरूको राष्ट्रवाद ‘जिन्दावाद’ राष्ट्रवाद धेरै महँगो कुरा हो जुन दुई÷चार जना चौतारीमा जम्मा गरेर कुर्सीमा बसेर गरिने भाषण होइन ।
शैलुङ र महाभारतका माइली, साइलीहरूको गुन्यु फेर्न रहर पूरा नभएको गणतन्त्रमा म के रमाउनु ? जुठे र कालेहरूले आङमा च्यातिएको टालो नफेरिएको व्यवस्थामा म के खुशी हुनु ? सत्तामा आसीन र तिनका आसपासलाई मात्रै भएको अथाह खुशीमा मजस्तै श्रम गर्ने वर्ग पर्दैनन् । अनि म कहाँ उज्येलित हुन सक्छु र मुस्कुराउने कोशिश गर्नु ?
म त्यतिबेला खुशी हुनेछु जतिबेला श्रमजीवी वर्ग खुशी हुनेछन् अर्थात् भोकले छट्पटाउँदा छट्पटाउँदै छातीमा नाम्लो तेस्र्याएर मर्ने सूर्यबहादुरहरू जस्तैले फेरि पेटमा अन्न नपरेर मर्नु पर्दैन । भोकले अर्को सूर्यबहादुर तामाङलाई शहीद नबनाउने दिन आओस् अनि उस्तै जोश उस्तै लाभासहित उही जनमुक्ति सेनाकै ऊर्जासँगै म बोल्नेछु मुठ्ठी कसेर ‘गणतन्त्र नेपाल जिन्दावाद !’
अँ १२ वर्षे गणतन्त्रको उल्लासको कुरा गर्दै थिएँ । मलाई पनि रमाउन त मन छ नि ! भोकभोकै सूर्यबहादुर तामाङहरू मर्दा मलाई केको हर्षबढाइँ हुनु ? मैले बोकेको वर्गीय मुक्ति र जातीय मुक्तिको नारा नारामै रुमल्लिएर मेरै युद्धको गर्भमा जातकै कारण नवराजहरू लखेटी–लखेटी मारिँदा मलाई केको उल्लास हुनु ?
ठ्याक्कै यतिखेर भोको पेटमा अन्न र नांगो आङमा टालो भन्दै जनयुद्धमा होमिँदा देखेका मेरा जम्मै सपना मूर्छित छन् । अँ, चेतनाका विगुल फुक्ने कति नारा र वर्गीय दुस्मनलाई ध्वस्त पारेका राइफलका निशाना अर्धचेत छन् । ती सबै सपना पनि उराठिलो मरुभूमिको किनारमा विलिन छन् अहिले । कस्तो बिडम्वना, मेरो वर्गीय मुक्तिका सपना जो मलाई निदाउन दिँदैनथे ती अहिले उराठिलो बगरको किनारमा मूर्छित छन् ।
घनघोरको सपना थियो मेरो पनि गणतान्त्रिक नेपालमै बसेर समाज र देशका लागि थप योगदान दिने । रगत बगेको माटोलाई चुम्दै बाँकी रहेको परिवर्तनको अपूरा काम पूरा गर्ने । विडम्बना, कैयौँपटक बम गोलीले थिलिएको शरीर फेरि आफैंले लडेर ल्याएको गणतन्त्रमा अन्तिमपटक आफ्नै पार्टीका नेतावाट नराम्रोसँग हुत्याइएपछि म गणतन्त्रको नाम मात्र जपेर बस्न सकिनँ ।
मेरो युद्धले जन्माएको गणतन्त्र हुर्कंदै थियो । मलाई हरियो पासपोर्ट प्यारो पटक्कै थिएन । तर, ५ वर्ष पुग्दा नपुग्दै मलाई त्यही गणतन्त्रले लखेटेको हो ।
काठको फलैंचामा बस्दै गर्दा याद गरेका हरफ अहिले पनि स्मृतिमा छन् । त्यो दुःख कष्टको समय थियो मेरा लागि । सुख क्षणभरमै बिर्सिन्छ मान्छे दुःख जुनीभर सम्झन्छ । दुःख थियो र त ताजै छन् ती सबै दृश्य । गजबको कठघरा छ तिम्रो गणतन्त्रमा वादी, प्रतिवादी, दोषी र आरोपी सबै मै हुँ ।
गणतन्त्र घोषणा भएको १२ वर्षमा ११ जना प्रधानमन्त्रीले शासन सत्ता सम्हाले । बाह्र वर्षमा ११ पटक मन्त्रिमण्डल विघटन भए । तर, माफपाऊँ, कुनै एक जना नेताले पनि देश र जनताबारे गरेको राम्रो कामको लिस्ट उतार्न सकिनँ मैले । यो मेरा लागि घनघोर पीडा हो । देशका आम शोषित पीडित नागरिकको विडम्बना हो । के देश दुख्दा नेताहरूलाई कहिल्यै दुखेन ? किन ? जनता दुःखमा हुँदा नेता र तिनका आसेपासे खुशी नै भइरहे । जनता दुःखमा हुँदा नेतालाई लाभ हुन्छ हो ? हुँदैन भने जनताको दुःखलाई किन नेताले दलाल भ्रष्टाचारी तस्करीसँग होली वाइनको चुस्कीमा साटे ? जनताको दुःखमा विजयोत्सव मनाउने नेताको शरीरमा कुन रगत बग्छ होला ?
अप्ठ्याराहरूमा जिम्मेवारीपूर्वक अभिभावकीय भूमिका निभाउनुपर्ने गणतन्त्र नेपालका शासक निर्धक्क लास गनेर राजनीति गरिरहेका छन् । झण्डै आधा वर्ष पहिला छिमेकमा आतंक मच्चाएको कोरोना संक्रमणविरुद्ध रोकथाममा लाग्नुपर्ने बेला सत्ता र शक्ति हत्याउने चुतिया खेलमा मस्त छन् । कसैको आयु बढाइयो, कसैलाई युद्धमा हारेपछिको सिपाहीजस्तो रुझेको बिरालो बनाएर लास गन्न लगाइयो ।
नाम मात्रको गणतन्त्रले जनताका संकट नसुन्दोरहेछ । नाम मात्रको गणतन्त्रले जनताको क्रोध रोदन पीडा र अभाव महसुस नगर्दो रहेछ । हामीले लडेर ल्याएको गणतन्त्र आलंकारिक परेछ । जसले नेतालाई महसुस गरिरह्यो जनतालाई कहिल्यै गरेन । गणतन्त्र ज्युँदो त छ तर लासझैं । हुकुमी शैलीको गणतन्त्रको १२ वर्ष हो यो ।
सरकार तिम्रो भाषण र घोषणालाई हेर त त्यो गरिबको मृत्युले कति गिज्याएको छ । तिम्रो गणतन्त्रलाई हेर त त्यो दलितले लासले कति खिल्ली उडाएको छ । तिम्रो शासनलाई हेर त त्यो रोगले कसरी गिजोल्दै छ । म र मजस्तै लामबद्ध योद्धाको उम्लँदो रगतको बलमा तिमीले बोलेका थुप्रै आश्वासन मात्र व्यवहारमा ल्याइदेउ न । मैले भनेकी हैन सरकार, आफंैले भनेका कुरा पूरा गरेनौ भने सयौँ सूर्यबहादुर तामाङका लासले तिमीलाई नंग्याइदिनेछन् । किन थाहा छ ? किनभने जब भोको पेटले विद्रोह गर्छ नि अनि आगो ओकल्न सक्छ ।
आउँदो वर्ष १३ वर्षे गणतन्त्रलाई जिन्दावाद भन्न पाऊँ । आफंैले लडेर ल्याएको प्रिय गणतन्त्र नेपाल तिमीलाई शुभकामना !