काेराेनामाथि विजय प्राप्त गर्न herd immunity बढाऔं, लकडाउन घटाऔं

दिलिप कुमार बिश्वकर्मा
काठमाडौं

आज विश्व कोरोनाको महामारीले आक्रान्त भएको छ तर आखिर कहिले लकडाउन खुल्ला त भनेर सोच्दै गर्दा लकडाउन खोल्दा के होला ? सधै यस्तै त हुदैन? तर के गर्ने आखिर लकडाउन बाट त बाहिर आउनै पर्छ आज या भोलि भनेर सोच्दा सोच्दै आफु चिकित्सक पेसाको नभए पनि यसै सम्बन्धीका डाटाहरु खोजबिन गरि केहि लेख्ने प्रयास गरेको छु ।

सबभन्दा पहिले सुरु गरौ, यो भनाइबाट “we have counted the viral spread across the people now we need to count it within the people” यो कुरा को उल्लेख द नेउ योर्कर म्यागजिन मा सिद्धार्थ मुखर्जीले ( अमेरिकन-इन्डियन फिजिसियन तथा बायोलोजिस्ट) उल्लेख गर्नु भएको छ |वहाको अनुसार मानीसलाई यदि थोरै मात्रामा भाइरसको सम्पर्कमा ल्याउने हो भने यसले धेरै मात्राको भाइरस सम्पर्कसँग लड्ने रोग प्रतिरोधात्मक क्षमताको विकास गराउन मदत पुग्छ तेसैले अब मनिसमा कोरोना भाइरसको मात्रा कति छ र कति भयो भने यसले सकारात्मक परिणाम दिन्छ भन्ने गणना गर्नु महत्वपूर्ण हुन्छ । सुरुवाती चरणमा स्मलपक्स (बिफर) को उपचारको लागि पनि थोरै उभरेको भाग निकालेर मानिसको सरिरमा काटेर रगडी दिने गरिन्थ्यो र यसलाई टिका भन्ने गरिन्थ्यो । भाइरसको उपचारको एउटा तरिका मानिस स्वंम त्यो भाइरसको थोरै सम्पर्कमा जाने र धेरैसँग लड्ने क्षमताको विकास गर्ने पनि हो |
अर्को रोचक कुरा के छ भने मानिसमा कुल जनसंख्याको प्रयाप्त अनुपातको जनसंख्यामा (सामान्यतया ५०-९० % ) भ्याक्सिनको कारणले होस या स्वंम त्यो भाइरसको कारणले प्राकृतिक रुपमै रोग प्रतिरोधात्मक छमताको विकास हुने हो भने बाँकी प्रतिशतमा रोग प्रतिरोधात्मक क्षमता नभएपनि आफै सुरछित हुन्छन यसलाई herd Immunity वा community Immunity भनिन्छ किनकि यो अवस्थामा रोगलाई समाजमा फैलने मौका कम प्राप्त हुन्छ यो कुरा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(CDC), अमेरिकाले उल्लेख गरेको छ । यसरी के थाहा हुन्छ भने भाइरसको सम्पर्कबाटै केहि प्रतिशत स्वस्थ मानिसमा इम्युनिटी विकास भयो भने बाँकीलाई herd immunity को कारणले immunity नभएपनि बचाउन सकिन्छ|

विश्व स्वास्थ्य संगठन (WHO) का बुलेटिन अनुशार जाम्बियामा ७०% भन्दा कम हिब भ्याक्सिन हिब रोग लाई निर्मुल पार्न सफल भएको थियो साथै मिजेल्स महामारीमा समेत अमेरिकि बच्चाहरुलाई बचाउन herd immunity ले पनि काम गरेको उदाहरण प्रस्तुत छ र कति जनसंख्या मा इम्युनिटी भयो भने herd immunity हुन्छ भन्ने कुरा बेसिक रेप्रोडक्सन नम्बर (R0) मा भर पर्छ, R0 ले औसत रुपमा १ जना संक्रमितले कति जनालाई संक्रमण गर्न सक्छ भनि जनाउछ जुन रोगको R0 थोरै हुन्छ त्यसको लागि थोरैमा इम्युनिटी भए पनि herd immunity प्राप्त हुन्छ भने R0 धेरै भयो भने धेरै जनामा इम्युनिटी आउनुपर्ने हुन्छ|कुनै रोग घट्दै गएर समाप्त हुन R0<१ हुनु पर्ने हुन्छ| WHO को जुलाई २०१९ को रिपोर्ट अनुसार संक्रमितलाई सुरुमै आइसोलेसन गर्नु र सुरुमै गरिने रोकथाम तथा नियन्त्रणका उपायहरुले महामारीहरुको R0 लाई १ भन्दा कम गर्न सकिन्छ र विश्वको धेरै ठाउँमा सामाजिक दुरी र लकडाउन लाई प्राथमिकता दिनुको उदेश्य पनि त्यहि हो । WHO को अनुसार कोरोना भाइरसको Ro मान २ – २.५ छ ।  रिपोर्ट अनुसार उहानमा यो ५.७ सम्म पुगेको थियो भन्ने कुरा Morgan McFall-Johnse ( साइन्स रिपोर्टर, बिजनेस इनसाइडर)ले उल्लेख गर्नु भएको छ ।
हो यहाँ विचार गर्नु पर्ने यहि कुरा छ कि लकडाउनले सामाजिक दुरीको लागि मदत पुर्याउछ र R0 को भ्यालु लाई घटाउन मदत गर्छ तर यो दिर्घकाल समाधान हुन सक्दैन अमेरिकातिर लकडाउनको बिरुद्धमा केहि जनसंख्या लागेको सुनिन्छ ।

मान्छे रोगले भन्दा भोकले मर्न थाले पछी वा आफन्त र आफै कोरोना ले भन्दा अरु रोगले मर्न थालेपछि यसलाई टिकाउन गाह्रो हुन्छ र देश को अर्थ तन्त्र ले पनि यसलाई धान्न सक्दैन । वास्तबमा लकडाउन आफैमा कुनै उपचार होइन यो केवल R0 अर्थात् संक्रमण को दर घटाउने एउटा उपाय हो अर्को कुरा यसलाइ R0 भ्यालु वा भनौ संक्रमणको दरलाई घटाउन वा सुरुमै गरिने रोकथाम तथा नियन्त्रणको उपायको लागि तयारी म्यादको रुपमा प्रयोग गर्नु पर्छ । वास्तबमा लकडाउनले लकडाउन हटाउन राम्रो प्लान बनाउने समय पनि दिएको छ र रोकथामको उपाय जस्तै मस्क लगाउनु पर्छ , हात धुनु पर्छ, सामाजिक दुरीमा बस्नु पर्छ आदि पनि सिकाएको पनि छ । समग्रमा यसले जनचेतना बढेको छ|

हार्वर्डको अनुसन्धान कर्ताहरुको एक समुह अनुसार अन -एण्ड-अफ सामाजिक दुरी सन् २०२२ सम्म चाहिन सक्छ (अप्रिल१६,२०२०, बिजिनेस इनसाइडर) त्यसैले मुलभूत रुपमा लकडाउन हटाएर कसरी संक्रमको दरलाई घटाउन सकिन्छ र herd immunity मा कुन उमेर समुह सहयोगी हुन सक्छ यी दुइ कुराको समेत विस्लेसन गरि योजना बनाऊनुपर्ने हुन्छ | भारतमा युवाहरु धेरै छन् यी रोगसंग लड्ने छमता बढी भएको समुहलाई काममा पठाएर प्रकृति रुपमै इम्युन गराएर बाकी बढी उमेरका लाई herd immunity र सामाजिक चेतना जगाएर बचाउने र लकडाउन खोल्ने योजनामा भारतले काम गरि रहेको जिकिर इला पटनाईक(प्रोफेसर, नेसनल इन्सटिच्युट अफ पब्लिक फाइनान्स एण्ड पोलेसी ,भारत) ले समेत theprint संगको अप्रिल १६,२०२० को संतार्वारतामा भन्नु भएको छ किनकि भ्याक्सिन द्वारा immune हुने भनेको भ्याक्सिन आएपछि हो जुन अहिले तत्काल सम्भव छैन र तेतिन्जेल लकडाउन गरेर राख्ने भन्ने पनि सम्भब छैन| यस अर्थमा नेपालमापनि युवा बढी भएको ले यो योजना महत्वपूर्ण हुन सक्छ| यसको लागि मुख्य रुपमा २ ओटा योजना बनाउनु पर्गे हुन्छ|
१) तयारी,सचेतना तथा जनचेतना:-

यस अन्तर्गत बिज्ञहरुको राय लिएर कृषि,पूर्वाधार निर्माण, मानसिक,अर्थतन्त्र,सामाजिक र स्वास्थ्य आदिमा पर्न जाने नकारात्मन प्रभावको बारे सचेत गराउने र जनचेतनामुलक कार्य जस्तै योग गर्ने,अपन एयर ट्रीटमेन्ट , खान पान,लिफ्टको प्रयोग गर्नु हुदैन ,मन्दिरमा नजाने, सामाजिक दुरी कायम गर्ने,साबुन पानीले हात धुने, फेस मास्क लगाउने , जथाभाबी नथुकने, स्यानीटाइजरको प्रयोग, अंगमाल नगर्ने, धुम्रपान, मध्यपान तथा सुर्ती जन्य कुरा निषेध तथा प्रतिबन्ध गर्ने जस्ता जनचेतना मुलक कामको सूचना प्रवाह गर्ने र यसकोलागि लकडाउन पछीको लागि प्रोटोकल बनाउने, निगरानीको लागि सूचना प्रबिधिको अथिकतम प्रयोग गर्ने, अस्पतालहरु लाई पूर्ण रुपले तयारी पार्ने, र उपलब्थ सुक्ष्म निगरानी तथा अन्य प्रविधिको समेत तयारी गर्ने ।

2) Herd immunity को लागि व्यवस्थापन:-

यस अन्तर्गत कुन उमेरको मानिसलाई काममा पठाउने भनि उमेरसमूह पहिचान र बुढाबुढी तथा बच्चाहरु र दिर्घ रोगिलाई स्वस्थ उमेरका पुरै इम्युन (immune) नभए सम्म अरु लाई कसरी सुरक्षित राख्ने भन्ने योजना तयारी तथा प्रोटोकोल बिज्ञ समुह को सलाह बाट गर्नु पर्ने हुन्छ|
कुन उमेर समुहले बाहिर काममा पठाउदा herd immunity हुनसक्छ ?

किन सजिलो छ नेपाल मा ? को CDC को रिपोर्टलाई आधार मान्दा ५०-६४ बर्ष उमेरसमुहमा १००,००० जनामा अस्पताल भर्नाहुने ३२ जना छ भने यो संख्या ६४ बर्ष भन्दा माथि बढी छ अझ भनौ ५० बर्ष भन्दा मुनिमा यो १० जना छ अर्थात् ५५ बर्ष उमेर भन्दा कम उमेरका मानिस १००,००० मा १५ जना को हाराहारी मा हुन्छ| साथै के पनि देखिएको छ भने अस्पताल भर्ना हुने वयस्कहरु मध्य ९०% मा पहिले देखि नै मुटुरोग, मदुमेह जस्ता दिर्घ रोग थियो यसबाट के देखिन्छ भने ५०-५५ बर्ष भन्दा कम उमेरको मानिसलाई अस्पताल भर्ना समेत कमै हुनुपर्ने हुन्छ|

अर्को तर्फ worldometer को डाटा लाई आधार मान्दा संक्रमित मध्य ५०-५९ बर्षउमेर समुहको मृत्यु दर १.३% छ भने ४०-४९ बर्ष समुह को 0.४ % यस हिसाबले ५५ बर्ष भन्दा कम उमेर समुहको मृत्यु दर २ % (in all cases) भन्दा कम छ यसबाट के देखिन्छ भने ५५ बर्ष हाराहारी भन्दा कम उमेर समुह को मान्छेमा कोरोना संग लड्ने रोग प्रतिरोधात्मन क्षमता बढी छ अझ यो उमेर समुह मा ५०% लाई त सामान्य रुघा खोकी सरह ठिक हुन्छ भने अस्पताल भर्नाह भएकामा मध्य CDC कै अर्को रिपोर्ट ( फेब्रअरी १२-मार्च १६,२०२०) अनुसार आइ.सि.यु. मा राखेर उपचार गर्नु पर्ने (0-१९),(२०-४४),(४५-५४),(५५-६४),(६५-७४),(७५-८४) र ८५ बर्ष उमेर समुह को क्रमसः ०, २, ५.४, ४.७,८.१,१०.५,१०.४ प्रतिशत रहेको छ यो रिपोर्टमा समेत ५४ बर्ष भन्दा माथि उमेरको मृत्यु दर बढी छ ।

यी तथ्यांक लाई केलाउदा ५५ बर्ष भन्दा कम उमेरका मानिसहरुको मृत्युदर २% भन्दा कम , औसत २० जना ( प्रति १००००० मा) अस्पतालमा भर्ना हुने भन्दा कम( १५ जना) अस्पताल भर्ना हुने गरेको छ । यो जनसख्याबाट यदि दिर्घ रोगिको संख्या हटाउने हो भने यो झनै कम भएर जान्छ अर्थात यो जनसंख्या नै कोरोना संग लडेर herd immunity विकासगर्न उपयुक्त देखिन्छ । हाल भारतमा कोरोना संक्रमणको अवस्था हेर्दा मृत्यु हुने ५२२ जनामा (०-४५), (४५-६०),(६०-७५) र ७५ बर्ष माथि उमेरसमूहको क्रमसः१४.४, १०.३, ३३.१ र ४२.२ प्रतिशत छ जस अनुसार जम्मा संक्रमित १५६६७ मा ६० बर्ष मुनिको ०.७५ प्रतिशत हुन्छ(द हिन्दु,अपडेट,अप्रिल १९,२०२०) र यो ५०-५५ बर्ष उमेर समुह हिसाबमा ०.५ प्रतिसत हाराहारी हुन आउछ यसले समेत (५०-५५) बर्ष समुह उपयुक्त देखिन्छ र नेपालमा हाल सम्म ३१ जना मध्य एक जनाको पनि मृत्यु नहुनु र आइ.सि.यु. मा राखेर समेत उपचार गर्नु नपर्नुले पनि यसलाई बल पुर्याउछ । हार्वर्ड विश्वविस्वबिद्यालयका इपिडोमियोलोजिस्ट Marc Lipsitch का अनुसार herd immunity विकास गर्न ५० प्रतिशतमा जनसंख्यामा भाइरसकै कारण प्रकृतिक रुपमै संक्रमण भै वा vaccine को कारण( जुन तुरुन्तैसम्भव छैन) ले immunity आउन पर्छ (अप्रिल१६,२०२०, बिजिनेस इनसाइडर) जसले यो महामारीको अन्त्य गर्न सक्छ र बाकी immunity नभएको लाई बचाउन सकिन्छ । भारतका प्रसिद्ध इपिडोमियोलोजिस्ट डा. जयप्रकास मुलिलले भन्नुभएकोछ “युवाहरुलाई बाहिर जान दिनुस जसकारणले भारतीयहरुमा भाइरसलाई समाप्त पार्ने herd immunity बननेछ” यो रणनीतिलाई इजराइल र स्वीडेनले पहिले प्रयोग गरि सकेका छन् । मानिसहरु सोच्छन् ब्रिटेन यो एप्रोचमा फेल भयो तर यो गलत हो (अप्रिल १५ २०२०, द प्रिन्ट)  । वहाँ मात्र नभएर यो कुरामा भारतका प्रसिद्ध इकोनोमिस्ट तथा भारत सरकारकी पुर्व प्रमुख आर्थिक सल्लाहकार इला पटनाईक जस्ता बिज्ञहरु पनि सहमत छन्(अन्तरवार्ता,अप्रिल १६,२०२०, द प्रिन्ट) ।

अब लकडाउन खोल्न माथि उल्लेखित तयारी गरेर ५५ बर्ष मुनिका स्वस्थ मानिस क्रमसः काममा फर्किनु पर्छ र त्यो भन्दा माथि उमेरकाहरु घरमा बस्नु पर्छ साथै युवाहरुले बुढाबुढीसंग सामाजिक दुरीमा बस्नु पर्छ । यसको लागि ५५ बर्ष मुनि र माथिको लागि छुट्टा छुटै प्रोटोकोल बनाएर सोहि अनुसार अगाडी बढ्न सकिन्छ । हामि कहाँ धेरै सहरमा बस्नेको गाउँमा पनि घर भएकोले यसलाई व्यवस्थापन गर्न त्यति गारो हुदैन । संक्रमित भएको नगर वा जिल्लालाई पूर्ण लकडाउन गर्ने र अरु बाँकिको लागि खोलेर क्रमसः सबै खोल्ने योजना समेत बनाउँदा राम्रो हुन्छ । युरोप अमेरिकामा बढी मान्छे मर्नुको कारण त्यहाँको जनसंख्या पनि हो किन कि सरदर ३०% हाराहारी जनसंख्या त्यहाँ ५५ बर्ष माथिको छ । इटलीमा यो महामारीको कारणले मर्ने १००० जना भन्दा बढी मा ९० % त ७० बर्ष माथिका थिए ( Kent Sepkowitz द्वारा दिइएको राय सि.एन.एन.,मार्च १७ , २०२०) । नेपालमा सन् २०१६ सम्मको अनुमानित जनसंख्या हेर्दा (०-१४),(१५-२४),(२५-५४),(५५-६४) र ६५ बर्ष भन्दा माथि उमेर समुहको जनसख्या क्रमसः ३०.९३, २१.८६, ३५.९९, ६.२२ र ५.०२ प्रतिशत छ (विकिपीडिया,२०१६ इस्ट.) यस अनुसार ५५ बर्ष भन्दा तल को जनसंख्या ८८ प्रतिशत भन्दा बढीछ १५ -५५ बर्षका मात्र पनि ५७ प्रतिशत बढी छ । ८८ प्रतिशत बाट ५ बर्ष मुनिका बच्चाहरु र दिर्घ रोगि हटाउने हो भनेपनि herd immunity को लागि चाहिने ५० प्रतिशत भन्दा धेरै नै बढी हुन्छ र यो जनसंख्या बाट अस्पताल र आइ.सि.यु. मा भर्ना हुने समेत एकदम थोरै हुने भएकोले अस्पतालमा उपचार गर्न समेत सजिलो र प्रभाबकारी हुन्छ| तर्सर्थ लकडाउन खोलेर सम्पूर्ण रुपले महामारीलाई परास्त पार्न र राष्ट्रलाइ दिर्घकालरुपले सामाजिक, आर्थिक र बिकाश लगाएतका लाई बचाउनु पर्छ ।

निस्कर्षमा:-
सम्पूर्ण नागरिकहरु एकढिक्का भएर माथि उल्लेखित विचारलाई समेत आधार मानी बिभिन्न क्षेत्रका विज्ञहरुसंग बृहत अन्तरक्रिया गरी निश्चित समयसम्म लकडाउन गरे पनि लकडाउन रहुन्जेल सम्पूर्ण योजना बनाएर जसरि युद्धमा सेना लड्छन र अरु जनतालाई सुरक्षा गर्छ त्यसरी नै निर्धारित उमेर सम्मका मानिसहरु सेना सरह निर्धारित गाइडलाइनको आधारमा सम्पुर्ण उपाय अपनाउदै कोरोना बिरुद्ध उपचार पत्ता नलागुन्जेल कोरोना बिरुद्धको प्राकृतिक जीवनसैली अपनाएर यो संगको महायुद्धमा होमिनु पर्छ र क्रमसः लकडाउन खोल्दै herd immunity विकास गरि देशका सम्पूर्ण क्षेत्र लाई पुनर्जीवन दिनु पर्छ र सबै लाई बचाउनुपर्छ ।

(लेखक नेपाल इन्जिनियर्स एसोसिएसनका केन्द्रीय कार्यकारिणी सदस्य हुन् )
सुझाबको लागि : bishwkarma.dilip@gmail.com