बेल्जियममा कोरोना अपडेट : २२५७ संक्रमित, ३७ काे मृत्युु , २०४ काे सफल उपचार

मूलखबर संवाददाता
काठमाडौं

बेल्जियममा गत २४ घन्टामा ४६२ जनालाई कोरोना भाईरस लागेको बताईएको छ। जसमा ३०२ (६५%) Vlaanderen, ९० (२०%) Wallonië, ४३ (९%) Brussel र ठेगाना थाहा नभएको २७ (६%) छन्।

गैरअावासिय नेपाली संघका सह काेषाध्यक्ष लाेक दाहालका अनुसार आजसम्म बेल्जियममा २२५७ जना कोरोना भाईरसबाट संक्रमित छन्। अहिले सम्म बेल्जियममा कोरोना भाईरसको संक्रमणबाट ३७ जनाले आफ्नो ज्यान गुमाउनु परेको छ। गत २४ घन्टामा २१४ जना भाईरस संक्रमितहरुलाई अस्पताल भर्ना गरिएको छ। ४८ जना उपचार पछी घर फर्किएका छन्।

मार्च १३ देखी १९ सम्म ८२७ जनालाई अस्पतालमा भर्ना गरिएकोमा २०४ जना उपचार पछी घर फर्केका छन्।