जनयुद्ध र सहिद सम्झँदै सभामुख सापकोटा स्तव्ध, विश्वासघात नगर्ने प्रतिवद्वता
सभामुख भएपछि पहिलो पटक आफ्नो गृह गाउँ सिन्धुपाल्चोकको कुभिण्डे आएका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा मञ्चमा बोल्दै गर्दा विगतको घटना सम्झेर पटक–पटक भक्कानिए । माओवादी जनयुद्धको उद्गम थलोको रुपमा लिने गरिएको कुभिण्डेमा सभामुख भएपछि सापकोटा पहिलो पटक औपचारिक कार्यक्रममा सहभागी हुन आएका थिए ।
सापकोटाको आफ्नै गाउँमा रहेको सेतीदेवी माध्यमिक विद्यालयको ४३ औ बार्षिकोत्सव कार्यक्रममा भाग लिन आएका सापकोटाको सम्बोधनका क्रममा १० वर्षै युद्धमा मृत्युवरण गरेका र बेपत्ता भएकाहरुका बारेमा बौल्दै गर्दा भक्कानिएका समाचार राजधानीमा छ ।
सम्बोधन गर्दै गर्दा सपाकोटाको गला अवरुद्ध भएको थियो भने उनका आँखाबाट आसु झरेको थियो । १० वर्षे युद्धका क्रममा कुभिण्डेबाट मात्रै २२ जनाको मृत्यु भएको थियो भने सेतीदेवी पञ्चकन्या माविबाट अध्ययन गरेका २४ जनाको युद्धमा मृत्यु भएको थियो । सापकोटाको परिवारबाट मात्रै १० वर्षे युद्धमा सात जनाको मृत्यु भएको थियो । यति सानो गाउँबाट मात्रै २२ जनाले शहादत गरे….. यति भन्दै गर्दा सापकोटा भक्कानिएका थिए । गला अवरुद्ध भएपछि उनी झण्डै एक मिनेटसम्म बोल्नै सकेका थिएनन् ।
२०५२ माघ १८ गते तत्कालीन राज्यले कुभिण्डेबाट सबैलाई धरपकड गरेर यातना दिएको सम्झदै गर्दा सापकोटा भक्कानिएका थिए । ‘तपाईंहरु सबैको मायाले गर्दा आज म यो स्थानमा आइपुगेको छु, तपाईंहरुको भावनालाई म मर्न दिन्न’, भावुक हुँदै सभामुख सापकोटाले भने । धेरैको बलिदान र त्यागबाट गणतन्त्र प्राप्त भएकाले आफु कहिल्यै पनि नराम्रो नगर्ने प्रतिबद्धता पनि सापकोटाले गरेका थिए । आफु खुला किताब जस्तै भएकाले आफ्नो लागि भन्दा पनि जनाताको लागि काम गर्ने सभामुख सापकोटाले बताए ।
नेकपाले सभामुख बनाएपनि आफुले पार्टीको सबै जिम्मेवारी छाडेको बताउँदै सापकोटाले अब पार्टी भन्दामाथि उठेर देश र जनाताको लागि काम गर्ने बताए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले जनयुद्धको उद्गम थलो कुभिण्डेलाई विकासको मोडल गाउँ बनाउने र त्यसको अभियान सुरुवात भइसकेको बताए । जनयुद्धको उदुगम थलो भएकाले १० वर्षे युद्धको झल्को दिने गरी संग्रालय निर्माणको तयारी कुभिण्डेमा सुरु भएको सापकोटाले बताए ।