क्यान्सर के हाे कसरी थाहा पाउने र उपचार गर्ने ?

मूलखबर संवाददाता
काठमाडौं

क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानलाई ‘अंकाेलाेजी’ भनिन्छ भने नेपालीमा क्यान्सरलाई अर्बुदरोग भनिन्छ । समयमै पहिचान हुनसकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ । क्यान्सरको उपचारका लागि विकिरणहरु प्रयोग गरि क्यान्सर भएको ठाउँमा सेक्ने गरिन्छ । यस्तो पद्धतीलाई ‘केमोथेरापी’ भनिन्छ र केमो गर्दा विरामीहरुको अधिकांश कपाल झर्ने भएकाले आज संसारभरिका मान्छेहरुले आफ्नो कपाल काटेर क्यान्सर पिडितलाई पूर्नप्रयोगका लागि दान दिने र सामाजिक सञ्जालमा पनि कपाल विनाको तस्वीर राखेर क्यान्सर विरुद्धको एैक्यवद्धता जनाउने चलन छ । हामी नेपालीहरू समय समयमा स्वास्थोपचारकालागि निरोधात्मक शैलीका जाँच नगराउने गरेकाले पनि क्यान्सरको जोखिममा धेरै छौं । विरामी भएर मात्र उपचारमा जाने बानीलाई त्याग गर्दै समय समयमा उपचार गर्न जरुरी छ ।

अध्यनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने पाईन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित ब्यायामको कमीले हुने रोग र सक्रंमणका कारणले हुने क्यान्सरले हुनेरहेछ । बाँकी क्यान्सरका कारणहरुमा विकिरणहरु अनि अन्य संक्रमणहरु रहेका छन् । विकासोन्मुख देशहरुमा भने हेपाटाईटीस बि, सि अनि “ह्यूमन प्यापीलोमा” भाईरसहरुका कारणले पनि क्यान्सर भएको पाईन्छ । केही क्यान्सरहरुभने पुस्तैनीरुपमै जिनमा आउने हुन्छ, कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रुपमा आउने आनुवांशिक क्यान्सर पर्दछन् ।

नेपालमा क्यान्सर राेगकाे पहिचानका लागि सर्वशुलभ सेवा र उपकरण समेत नहुँदा हरेक वर्ष क्यान्सरका विरामी बढ्ने गरेका छन् । ग्रामिण इलाकामा सामान्य स्वास्थ्य चाैकी छन् । तिनमा सामान्य सिटामाेल समेत नपाइरहेकाे अवस्था छ । सरकारले ती क्षेत्रमा क्यान्सर राेग पहिचानका लागि आवश्यक जनशक्ति र उपकरण पठाउन नसकेपनि जिल्ला अस्पतालहरूमा पुर्‍याए क्यान्सरकाे उपचार र राेकथाममा सहजता आउँथ्याे ।

सुर्तिजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारि खाने बानी गरेर अनि घामवाट बचेर क्यान्सरको जोखिम न्यूनिकरण गर्न सकिन्छ ।

कुनै पनि प्रकारको क्यान्सरको खतरा सुर्ति खाने तथा चुरोट पिउने व्यक्तिहरुमा अत्यधिक हुन्छ । त्यसैले क्यान्सर जस्तो गम्भीर रोगबाट बच्नु छ भने सुर्तिजन्य पदार्थको प्रयोग तुरुन्तै बन्द गर्नुपर्छ ।

चुरोट पिउँदा फोक्सोको क्यान्सर, किड्नीको क्यान्सर ब्ल्याडरको क्यान्सर र गर्भाशयको क्यान्सर हुन सक्छ । सुर्ति र गुट्खा खाँदा मुख र पाचन ग्रन्थिमा क्यान्सर हुन सक्छ । क्यान्सरमा ९० प्रतिशत घटनामा यसको सबैभन्दा ठूलो कारण चुरोट वा सुर्ति नै रहेको पाइएको छ ।

बिंडी वा चुरोट पिउँदा शरीरमा क्यान्सर उत्पादक तत्व प्रवेश गर्छन् । यी तत्वले स्वस्थ कोशिकाहरुलाई रोगी कोशिकाहरुमा बदलिदिन्छन् र यही कोशिकाहरु क्यान्सरमा परिणत हुन्छन् ।

चुरोट वा बिँडी सेवन नगर्ने तर अरुले फालेको धुवाँको सम्पर्कमा निरन्तर बसिन्छ भने पनि खतरा त्यत्तिकै हुन्छ जति पिउने व्यक्तिलाई ।

शरीरको वजन अनियन्त्रितरुपमा बढ्नु पनि क्यान्सर र यस्ता कैयन गम्भीर रोगको कारण हुन सक्छ । वजनलाई नियन्त्रणमा राख्नका लागि तपाईंले हरेक दिन शारीरिक परिश्रम गर्नु आवश्यक छ ।

दिनभरी एकै ठाउँमा बसेर काम गरिन्छ भने बिहान वा बेलुका समय निकालेर आधा घन्टा ब्यायाम गर्ने गरौं । शरीरको फिटनेसकालागि यो आवश्यक छ कि जति क्यालोरी खानामा लिइन्छ, त्यसको प्रयोग हुनुपर्छ, अन्यथा शरीरमा बोसो जम्न थाल्छ र मोटोपना बढ्न थाल्छ । मोटोपनाको कारणले मूत्राशयको क्यान्सर, स्तन क्यान्सर, गर्भाशयको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर आदिको खतरा बढेर जान्छ ।

मोटोपना, व्यायमको कमी, धूमपानको सेवन आदिका कारण २० देखि ५० प्रतिशत क्यान्सर बढाउने गरेको छ, भने ७ देखि १० प्रतिशत क्यान्सर बंशाणुगत कारणले देखिने गरेको छ । लक्षण भनेको आवाजमा परिवर्तन, काखीमुनि गाठागुढी आउने र कोषिकाको रगंमा परिवर्तन हुने आदि हुन् ।

त्यस्तै, कमजोरी महसुस हुनु र तौल घट्नु, शरीरका कुनै पनि अङ्गमा गिर्खा वा गाँठा आउँनु, छालामा नयाँ कोठी पलाउनु वा भएका कोठी ठूलो हुँदै जानु, मुख वा जिब्रोमा लामो समयदेखि घाउ हुनु, खाना निल्दा दुख्नु र स्वर फेरिनु, लामो समयदेखि ग्यास्ट्रिक, पेट पोल्ने वा वान्ता हुनु जस्ता अवस्था क्यान्सरका लक्षण हुन् ।

शरीरका लागि आवश्यकताभन्दा बडि अल्कोहल खतरानक हुन्छ र यसले क्यान्सरको पनि खतरा उत्पन्न गर्छ । अल्कोहल बढि मात्रामा लामो समयसम्म सेवन गर्दा फोक्सोको क्यान्सर, स्तन क्यान्सर र गुदा क्यान्सर हुने सम्भावना बढ्छ । त्यसैले अल्कोहलको सेवन आजैबाट त्यागौं ।

बालबालिकामा हुने क्यान्सरको बारेमा जनचेतनाको कमीका कारण ढिलो अस्पताल आइपुग्ने गरेका छन् । क्यान्सर समयमा उपचार गरेमा निको हुन्छ, तर बालबालिकाहरूमा पनि क्यान्सर हुन्छ भन्ने थाहा नहुँदा उपचारका लागि ढिलो ल्याइने गरेको  देखिन्छ । विकसित देशहरूमा ८० प्रतिशतसम्म क्यान्सर निको हुन्छ, अविकसित अफ्रिका जस्ता देशमा २० प्रतिशत क्यान्सर निको हुन्छ ।

विभिन्न अध्ययन हेर्दा नेपालमा १५ सयदेखि २ हजार नयाँ बालबालिकामा क्यान्सर देखिन्छ तर ३ देखि ४ सय मात्र उपचारका लागि आउने गरेको छ भने अझै पनि ७५ प्रतिशत बालबालिका हराइरहेका छन् ।

उपचारमा गएका पनि २५-३० प्रतिशतले पूरा उपचारमा गएको देखिँदैन । लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले, कोही उपचारका क्रममा अलिअलि तन्दुरुस्त देखिन थालेपछि ठीक भयो भनेर लैजाने र नआउने, कोही अब निको हुन्न भनेर किन खर्च गर्नु भन्दै घरमै मृत्यु कुरेर बस्ने कारणले सबैजना उपचारको समायवधिसम्म अस्पताल धाउँदैनन् ।

अस्पतालमा आएका बिरामी मध्ये आधाले मात्र पूर्ण रुपमा उपचार गरेर फर्कने गरेको तथ्याँक छ । त्यसमध्ये ८० प्रतिशत बाँचेका छन् अर्थात वीपी क्यान्सर अस्पतालले मात्र वर्षमा १ सय २० जना जति बच्चा बचाउन सकिएको छ ।

यसरी हेर्ने हो भने वर्षमा १५ सय जनाको उपचार गरेर १२-१३ सय बचाउन सक्नुपर्ने तर देशभरबाट अहिले करीब २५० जना जति बालबालिका मात्र बचाउन सकिएको छ ।

ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीहरूलाई नै क्यान्सर लक्षणका बारेमा जानकारी र तालिम दिनुपर्ने देखिन्छ भने ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीलाई तालिम दिएमा समयमा नै उनीहरूले क्यान्सरको उपचार हुने अस्पतालमा रिफर गर्नसक्थे ।

बालबालिकाहरूमा सबैभन्दा बढी रक्तक्यान्सर देखिने गरेको छ । त्यसैगरी, विश्वमा नै महिला र पुरुषमा फोक्सोको क्यान्सर बढी देखिने गरेको पाइएको छ । नेपालमा महिला र पुरुषमा पहिलो नम्बरमा फोक्सोको क्यान्सर रहेको छ । पछिल्लो समय विश्वमा नै क्यान्सर भयावह रूपमा बढेको छ ।

नेपालमा करिब २६ हजारको हाराहारीमा क्यान्सर देखिने गरेको छ । जसमा १९ हजारको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले १० लाख मानिस बराबर एक रेडियोथेरापी मेसिन आवश्यक पर्छ, जुन नेपालमा २९ वटा रेडियोथेरापी मेसिन हुनुपर्छ, तर नेपालमा हाल जम्मा नेपालमा ९ वटा मात्र रहेका छन् ।

सरकारले क्यान्सरका बिरामीलाई रु १ लाखसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा दिने गरेकाे छ । आर्थिक वर्ष २०७५-०७६ मा ५३ हजार ३ सय ३० जनाले सेवा लिएकाे पाइन्छ ।

त्यस्तै, विश्व स्वास्थ्य संगठनको सन् २०१८ मा नसर्ने रोगबाट ९६ लाख मानिसमा देखिएको थियो । जसमा ७० प्रतिशत कम आए भएका देशहरू रहेका छन् । भने २० प्रतिशत मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट भएको बताइएको छ ।

ब्लड क्यान्सर, फोक्सोको क्यान्सर, पित्त थैलीको क्यान्सर, प्याङ्क्रियाजको क्यान्सर मुख्यतः जटिल क्यान्सर हुन् । त्यस वाहेक अन्य शरीरमा पनि क्यान्सर हुन्छन् ।

पछिल्लाे समय क्यान्सरकाे केहि हदसम्म उपचार हुन थालेकाे छ । लामाे समय देखि क्यान्सर भइरहेकाे छभने, त्यसलाइ निर्मुल पार्न नसकिए पनि कतिपय क्यान्सर बढ्न नदिने उपचार छ । मनोवलले पनि धेरै हदसम्म काम गर्छ । उपचारमा सहजता आउँछ । बिरामीको मनोवल बढाए केही हदसम्म क्यान्सरसँग लड्न सकिन्छ ।