पर्यटन प्रवर्दनको गतिलो उदाहरण : गोवा
पर्यटन प्रवद्र्धन र विकासका लागि ठुला ठुला काम नै गर्नुपर्छ भन्ने छैन । आफुसँग भएका पुराना धरोहरको संरक्षण र तिनिहरुको नविनतम प्रस्तुति गर्न सक्ने हो भने पर्यटन विकासले तिब्र गति लिन्छ भन्ने गतिलो उदाहरण हो दक्षिण भारतको गोवा शहर लाई हेरे पुग्छ ।
समुन्द्री तटमा अवस्थित गोवा शहर लामो समय पोर्चुगलको उपनिवेश खेपेर पनि जिवित छ । भारतीय अर्थतन्त्रमा पर्यटनको माध्यमबाट महत्वपुर्ण योगदान पनि दिदै आएको छ । अझ यसले उपनिवेशकालिन पुराना संरचनाहरुलाई संरक्षण गर्दै पर्यटनका लागि सजाएर राखेको छ ।
मनोरम दृश्य हेर्नका लागि बर्षेनी लाखौ विदेशी पर्यटक गोवा पुग्ने गर्दछन् । युरोपमा जस्तै गरि समुद्रको वरपर बनाईएका संरचना, क्रुज, क्रुज भित्र नै बनाईएको डान्स, बार, क्यासिनो सहित को अध्याधुनिक शैली र व्यवस्थापनले अवलोकनकर्तालाई भरपुर मनोरञ्जन दिईरहेको हुन्छ ।
अहिले दृष्यमा देखिएको पानीको छाल हेर्न र त्यसमा रमाउन संसारभरबाट पर्यटकहरु आउने गर्दछन् । हिमाल क्षेत्रका हामीलाई समुद्रको स्वाद अतुलनीय छ । यसमा गोवा नगरले गरेको व्यवस्थापनको काम मात्रै हो । नेपालले भ्रमण बष २०२० मनाईरहँदा गोवा शहरबाट सिक्ने भनेको व्यवस्थापन हो ।
यो अर्को दृश्य दक्षिण एशियाको पुरानो चर्चहरु मध्येको एक हो । तात्कालिन समयमा हिन्दुबहुल गोवालाई इशाई धर्मबलम्बीहरुको शहर बनाएपनि अहिले गोवा नगरले यी गिर्जाघरलाई पर्यटकहरुका लागि आकर्षणको केन्द्रको रुपमा सजायर राखेको । यस क्षेत्रमा मात्रै बर्षेनी ३० लाख बढी ईसायी धर्मावलम्बि आउने गर्दछन् । गोवाको मुख्य आकर्षण सेन्ट क्याथरीनको गिरजाघर र समुन्द्रि तट नै हो । गिर्जाघर निकै पुरानो हो । गिर्जाघरमा १७ औ सताब्दीको बास्तुकला सौन्र्दय कोरिएको छ ।
समुन्द्र शयर तथा समुन्द्रको किनारा मनोरञ्जन लिने दृष्टिकोणबाट विश्व प्रसिद्ध भएका गोवा पहिलो गोवामाथि झण्डै ४ सय ५० बर्षसम्म पार्चुगलीहरुले शासन गरे । सन् १९६१ देखि मात्रै यो क्षेत्र भारतको नियन्त्रणमा आएको हो ।