कास्की २ मा नेकपा कांग्रेसभन्दा दोब्बर मतले अगाडि, यस्तो छ स्थिति

मूलखबर संवाददाता
पोखरा, १५ मंसिर ।

पुर्व मन्त्री तथा कास्की प्रतिनिधि सभा २ का सदस्य रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रित्तm रहेको स्थानमा मंसिर १४ मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।
पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपाकी उम्मेदवार तथा रविन्द्र पत्नी विद्या भट्टराई अधिकारी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल भन्दा दोब्बर मतले अगाडि छिन् ।

उक्त क्षेत्रको वडा नं ३३, २१, २०, १७, १६ को मत गणना गरिसक्दा नेकपाकी उम्मेदवार विद्या भट्टराई अधिकारीले १५५०८ मत ल्याउनुभएको छ भने कांग्रेस उम्मेदवार खेमराज पौडेलले ७८०७ मत ल्याउनुभएको छ । विद्याले खेमराजलाई ८हजार मतान्तरले पछाडि पार्नुभएको छ ।

प्राप्त पछिल्लो गणनाअनुसार सूर्यमा १५५०८ मत खसेको छ भने रुखमा ७८०७ मत खसेको देखिएको छ । यसैगरी सो क्षेत्रमा राप्रपाको गाईमा ३६०, हत्केलामा ९०२, तराजु ३६८ तथा भालेमा ८५ मत देखिएको छ ।
यस अघि स्व. अधिकारीले ८५४३ मतको अन्त्रले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्नुभएको थियो ।