लिम्पियाधुरासँगै सुस्ताको समस्या पनि समाधान गर्ने हो : सञ्चारमन्त्री
सूचना प्रविधि तथा संचार मन्त्रि गोकुल बास्कोटाले नेपालले भारतसँगको सीमा विवाद भएका लिम्पियाधुरा सँगै सुस्ताको समस्या पनि समाधान गर्न चाहेको बताउनु भएको छ ।
बिहिबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा संचार मन्त्रि बास्कोटाले नेपाल सरकारले भारत सरकारलाई बिबादित लिम्पियाधुराको विषयमा कुटनीतिक नोट पठाएको जानकारी दिनु भयो ।
साथै मन्त्री बास्कोटाले लिम्पियाधुरासँगै सुस्ताको सिमा समस्याको पनि कुटनीतिक र राजनीतिक रुपमा समाधान गर्न पहल गर्ने बताउनु भयो । नेपालले कालापानी तथा लिम्पियाधुरा सम्बन्धि नेपाल पक्षका एतिहासिक दस्तावेज कागज पत्र प्रमाण जुटाएर तथ्यगत आधारमा बार्ता गरिने पनि बताउनु भयो ।
पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सीमा समस्याबारे अध्ययन गर्न गठित समितिले तीन महिनाभित्र आफ्नो प्रतिवेदन दिने पनि बताउनु भयो ।