सरकार र निजी मेडिकल कलेजबीच यस्तो भयाे सहमति, विद्यार्थी अान्दोलन स्थगित हाेला त ?

मूलखबर संवाददाता
काठमाडौं

मेडिकल कलेज सञ्चालकले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोेजन गर्ने भएका छन ।

मंगलबार राती अबेर सम्म शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र निजी मेडिकल कलेज सञ्चालकबीच भएको छलफलमा अतिरिक्त शुल्क समायोेजन गर्ने सहमति भएको हो ।

बिभिन्न ५ बँुदामा सहमति गरेका मेडिकल कलेज सञ्चालकहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोजन गर्ने प्रकृया बुधबारदेखि नै थाल्नेछन् ।

सहमति पत्रमा शैक्षिक सत्र २०७४/७५ र २०७५/०७६ मा सरकारले गरेको निर्णयअनुसार नै शुल्क समायोजन हुने उल्लेख छ । यस्तै दोस्रो बुँदाको २०७२/०७३ र २०७३/०७४ को हकमा विश्वविद्यालयहरुको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन आयोगसमक्ष आग्रह गर्ने उल्लेख छ ।

यस्तै चालु शैक्षिक सत्र २०७६/७७ को हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिई विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया सुचारु गर्ने सहमति भएको छ ।

यस्तै दोस्रो बुँदाको अन्तिम सहमतिअनुसार आउँदो शैक्षिक सत्र र त्यसपछिका लागि वैज्ञानिक ढंगले शुल्क निर्धारणका लागि चिकित्सा शिक्षा अयोागबाट काम अघि बढाइनेछ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, शिक्षा सचिव महेश दाहाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी, त्रिभुवन विश्वविद्यालयका उपकूलपति धर्मकान्त बाँस्कोटा र निजी मेडिकल कलेज सञ्चालकहरुको सहभागिता थियो ।

सरकार र निजी मेडिकल कलेजबीच सहमति भएसँगै महिनौदेखि चलिरहेको विद्यार्थीको आन्दोलन पनि स्थगित हुने अपेच्छा संचालकहरुले लिएका छन् ।